
पुष्कर अर्याल
कौरब र पाण्डब बिच मेल भएन। धृतराष्ट्रले नाग (सर्पै सर्प ) भएको खाण्डवप्रस्त भन्ने काम नलाग्ने भू-भाग पाण्डवलाई दिए। अग्नीलाई अजीर्ण भएकोले पाण्डवले खाण्डव प्रस्त भन्ने जुन जङ्गलै,जङ्गल थियो । अग्नीलाई भक्षण गर्न दिए। अग्नीले सो वन डडाएर भस्म पारे र खुशी भई अर्जुनलाई रथ र कहिले वाण खाली नहुने,वाण राख्ने अक्षय ठोक्रो दिए।
खाण्डव वन जलाउदा आफ्नो परिवालाई सुरक्षा दिएकोले, मयदानवले पाण्डवलाई अति राम्रो सभा भवन वनाईदिए। पाण्डवले त्यही खाण्डव क्षेत्रलाई हराभरा गरि बस्ती वसाली ईन्द्रप्रस्थ भन्ने शहरर बनाए र उनी शासन गर्न लागे।
मय दानवले वनाईदिएको सभा भवन अद्भूत थियो। मार्वल र रंग यसरी मिलाएर वनाईएको थियो की ? जल,थल छुट्याउनै नसकिने। जल भनेर टेक्यो थल हुने, थल भनेर टेक्यो जल हुने। एक पटक दुर्योधनादी कौरव त्यो सभा भवनमा आएका थिए। फर्कन लाग्दा, दुर्योधनले थल भनेर टेकेका जलमा झ्वामल्याङ्ङ परे। त्यो देखेर भीमसेनले अट्टहांश लगाए,द्रौपदीले अन्धा छोरो अन्धै भनिन। किनकी धृतराष्ट्र जन्मान्ध थिए । यो व्यङ्गले तिलमिलाएका दुर्योधनको मनमा प्रतिशोधको ज्वालामुखी नै फुट्यो र अन्तमा महांभारत यूद्ध हुनगई कौरव र पाण्डव तर्फका असंख्य मानिस मरे र केवल विधवा स्त्रीहरु मात्र रहन गए ।
दुर्योधन द्रौपदीका,जेठाजु र देवर दुवै थिए।त्यसैले मानिसले वोल्दा विचार गरेर वोल्नु पर्दछ,जथाभावी वोल्दा त्यसले विनाश निमत्याउनुको साथै वोल्नेको व्यक्तित्वनै वामपुड्के बनाउंदछ । महाभारतको युद्ध १७ दिन सम्म भिषण युद्ध भएर ,महांभारत युद्ध सकिएको थियो ।
यो युद्धले भारत वर्षको १७ अक्षौहिणी महिलाको सिउंदोको सिंदुर पुछिदिएको थियो। धेरै अनाथ भएका थिए। अर्जुनको सारथि रहेका वाशुदेव कृष्णले अर्जुनलाई,भगदत्तको वैष्णवाश्त्र, अश्वस्थामाको नारायणाश्त्र र वाणको टुप्पोमा शर्प रहेको कर्णको अमोघ वाणवाट रक्षा गरेका थिए । यूद्ध सकियो अर्जुजले कृष्णलाई ल अब हजुर पहिला रथवाट ओर्लनु हवस,म पछि ओर्लन्छु भने। कृष्णले हे पार्थ! तिमी पहिला ओर्ल भने , जब कृष्ण,अर्जुन रथवाट ओर्ले,ध्वजामा रहेका हनुमान र शेषनाग पनि ओर्लेर अन्तरध्यान भए, अकस्मात अग्नीले दिएका त्यो दिव्य रथमा आफै आगो लाग्यो र क्षणभरमै रथ खरानी भयो। त्यो देखेर अर्जुनले श्री कृष्णलाई भने ,वाशुदेव! किन यो रथ आफै जलेर खरानी भयो? कृष्ण वोले ,हे अर्जुन! भीष्म पितामह,गुरु द्रोणाचार्य र कर्णका अमोघ अश्त्र लागेर यो रथ जली सकेको थियो,यो मेरो र ध्वजामा वसेका रामभक्त अष्ठ चीरञ्जीवी हनुमानका प्रतापले जोगिएको थियो,अब यूद्ध सकियो,हनुमान पनि ध्वजावाट वर्लेर अन्तरध्यान भए,मैले पनि रथ छोडे,यो रथ जल्यो ,रहेन।