बिमला देबकोटा
भाद्र २९ काठमाण्डौं ।
“बालबालिकामा लगानी :सुनिश्चित भविष्यकाे थालनी ” भन्ने मुल नाराका साथ ६०ओै राष्ट्रिय बालदिवस भव्यताका साथ सफल पार्न आज Kiwanis Nepal District (K69) अन्तर्गत Kiwanis का तीन वटा Club हरूले भाद्र २९ , २०८१ को बालदिवस पृथ्बी नारायण मा. बि. का दृष्टि बिहिन शैक्षिक केन्द्रमा रहेका २५ जना बालबालिकाहरूसंग मनाएको छ ।
हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस धुमधामका साथ मनाइदैँ आइरएको छ । यसै अनुरूप यस वर्ष ” बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मनाउन लागिएको राष्ट्रिय बालदिवस -२०८१, बालबालिकाको लागि लगानी भनेको उनीहरूको पालनपोषण, शिक्षा दीक्षा, संरक्षण एवम् विकासका लागि गरिने लगानी हो ।
सोही अनुरुप हामी Kiwanis Nepal District (K69) अन्तर्गत Kiwanis Club of Kantipur Kathamndu Nepal (K19188) ले बालबालिकाहरूलाई खाध्यान्न बितरण गरेको थियो भने Kiwanis Club of Nagarjun Kathmandu Nepal (K21100) र Kiwanis Club of Bageshwori (k21097) Kathmandu Nepal ले Blind Children’s Education Center, Tarkeshwor -5, Kathmandu मा रहेका २५ जना दृष्टिबिहिन बालबालिकाहरू (Blind Childrens) लाई सरसफाइमा प्रयोग हुने लुगाधुने साबुन, नुहाउने साबुन, स्याम्फु, भाँडा माझ्ने साबुन, स्यानेटरि प्याड, सर्जिकल माक्स तथा मञ्जनहरू बितरण गरि राष्ट्रिय बालदिबस कार्यक्रम सम्पन्न गरेको थियो ।
उक्त कार्यक्रममा Kiwanis Nepal District का Governor Designate Mr. Krishna Prasad Jnawali, Governor Elect Designate Dr-Ram Sharan Thapaliya, Kiwanis Club of Kathmandu Sarathi का President Mr. Gopi Man Shrestha, Kiwanis children’s Fund Nepal Secretary Mr. Dhan Prasad Acharya (Dhurba) Kiwanis Club of Kantipur का President Ms. Nirmala Mishra Subedi, Treasurer Ms. Nisha Sharma, Kiwanis Club of Nagarjun का Charter President Ms. Bimala Devkota, President Elect Mr. Ramesh Phuyal Treasurer Mr. Ramsharan Phuyal Member Mr. Pawan Phuyal को उपस्थिति रहेको थियो ।