बिमला देवकोटा
आश्विन ०१,
काठमाण्डौं ।
काठमाण्डौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं ०५ मा रहेको श्री नागार्जुन माध्यामिक बिद्यालय बि सं २०१९ मा स्थापना भएको थियो । यो बिद्यालय कुनै बेला उत्तरी भेगमा अब्वल बिद्यालयको रूपमा चिनिएको थियो ।
पछिल्लो समयमा खस्किदै गएको शैक्षिक स्तर र यसलाई कसरी समाधान तिर लैजाने बिषयमा आज मिति २०८१ आश्बिन १ गते मंगलबार बिहान ८:०० बजे बिद्यालयको शैक्षिक गतिविधिका बारेमा बिद्यालय ब्यवस्थापन समिति , सल्लाहाकार, निबर्तमान प्रधान अध्यापकज्यु , शिक्षाप्रेमी , समाजसेवी , बुद्दिजिबी , शिक्षक, कर्मचारी , पूर्व बिद्यार्थिहरुको संयूक्त बैठक बसी बिद्यालयलाई के कसरी अगाडि बढाउने भन्ने विषयमा व्यापक छलफल भयो ।
कार्यक्रम पुर्व महालेखा परिक्षक तथा सल्लाहकार श्री दामोदर अर्यालको संयोजनमा भएको थियो । कार्यक्रममा श्री जगन्नाथ दुलाल, मदन श्रेष्ठ तथा निबर्तमान प्र. अ. श्री प्रभुराम नेपालले बिद्यालयको बर्तमान अवस्थाको बारेमा चिन्ता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा साता अगाडि बिद्यार्थीहरूलाई बितरण गरिएको प्रश्नावलीमा उनीहरूले दिएको फिडव्याकको आधारमा बिषयगत शिक्षकहरूसंग अन्तरकृया चलाईएको थियो ।
Focal Group Discussion (FGD) समूहगत छलफलको आधारमा चलाईएको कार्यक्रम उपलब्धि मूलक भएको निश्कर्ष निकालिएको थियो । बिद्यार्थीहरूको फिडब्याकलाई आधारमा बनाई चलाएको कार्यक्रमको निचोड भने नेतृत्वले भूमिका निर्वाह नगरेको आरोप लगाईएको थियो ।
बिद्यालयको शैक्षिक सुधारमा सबैको एकै किसिमको बिचार थियो । यसै क्रममा गत बर्षको SEE को नतिजालाई आधार मानेर गरिएको छलफलमा कक्षा १० मा अध्यनरत २३ जनाको बिषयमा व्यापक छलफल भयो यसै क्रममा पूर्व विद्यार्थी श्री बिमला देवकोटाले बिद्यालयको Mission Vision सहित Target पूरा गर्न लाग्नु पर्ने र नजिकिदै गरेको SEE लाई मध्यनजर गर्दा बिद्यार्थीहरूका अभिभावक सहित मिटिङ र सानू सानू समूहमा घर घर मा अनुगमन गर्नु पर्ने बताउनु भयो । यसका लागि कार्य योजना बनाएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।
छलफलमा आएका कुरालाई प्रधान अध्यापक श्री राम कुमारी पौडेलले सम्बोधन गर्नु भएको थियो भने बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष तथा ता.न.पा. ५ नं वडाका वडा अध्यक्ष श्री शम्भु प्रसाद फुयालले बिद्यालयको शैक्षिक सुधारका लागि तत्काल गरिने कदमका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम बिहान ८:०० बजे देखि ११:०० बजे सम्म भएको थियो ।