२५४औं श्रध्दाजली अर्पण समारोह ।

२५४ओेें स्मृति सभा परम्पराकाे शुरूवात

२०७९ भाद्र १८ काठमाडौं ।

हनुमान ढाेका दरवार परिसरमा काजी कालू पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले नेपाल एकिकरणकाे अभियानमा वीरगति प्राप्त गर्नु भएका गाेरखाली सेनापति काजी तुलाराम पाँडेकाे २५४ओं स्मृति दिवस मनायाे ।

उक्त कार्यक्रममा सम्माननिय राष्ट्रपति श्रीमती विद्यादेवि भण्डारी प्रमुख अथिति हुनुहुन्थ्याे । साथै नेपाली सेना तथा नेपाल प्रहरीका बिशिष्ट व्यक्तिहरू, भूतपूर्व रथीहरू साथै काठमाडौं महानगर पालिकाकाे उप मेयर श्री सुनिता डंगाेलकाे पनि उपस्थिति थियाे ।

कार्यक्रम संचालन प्रतिष्ठानका महासचिव भक्त प्रल्हाद पाण्डेले गर्नु भएकाे थियाे ।

गणेश पाँडेका सन्तति काजी तुलाराम पाँडेकाे बारेमा डा. कृष्ण कुमार पाँडेले तुलाराम पाँडेकाे ऐतिहासिक पृष्ठभूमि र नेपाल एकिकरणमा उनकाे याेगदान बारे प्रष्ट पार्नु भएकाे थियाे । उक्त कार्यक्रममा कृष्ण कुमार पाँडेद्वारा लिखित तथा बिक्रम पाँडेद्वारा प्रकाशित तुलाराम पाँडेकाे बारेमा लिखित पुस्तक निःशुल्क वितरण गरिएकाे थियाे ।

ईतिहास विद दिनेश राज पन्तले नेपाल एकीकरणकाे क्रममा ईन्द्रजात्राकाे दिन वीरगति प्राप्त गरेका तुलाराम पाँडेकाे बारेमा सूक्ष्म विश्लेषण गर्नुभएकाे थियाे ।

उक्त कार्यक्रम हनुमान ढाेका मुलचाेकअगाडि तलेजु भवानी भगवतिकाे प्राङ्णमा भएकाे थियाे । कार्यक्रमकाे समापन तथा धन्यवाद् ज्ञापन प्रतिष्ठानका अध्यक्ष एवं पुर्व रथी श्री पवन वहादुर पाँडेले गर्नु भएकाे थियाे । कार्यक्रममा उहाँले हामीले हाम्राे ईतिहासलाई भुल्न नहुने । नेपाल एकिकरणकाे क्रममा पूर्वजहरूले पुर्याएकाे याेगदानकाे उच्च कदर गर्नु पर्ने भन्दै उप मेयर समक्ष माईतिघर भद्रकालि सडक खण्डकाे नामाकरण ” काजी दामाेदर पाँडे नामाकरण गरियाेस भनी प्रस्ताव गर्नु भएकाे थियाे ।

उहाँले तुलाराम पाँडे साच्चै छायाँमा परेका एक कुशल याेद्धा रहेकाे कुरा वताउनु भयाे । अबदेखि तिथि अनुसार प्रत्येक वर्ष स्मति दिवस मनाउने घाेषणा गर्नु भयाे ।

बिसं. १८२५ भाद्र चतुर्दशी ईन्द्रजात्राको दिन श्री ५ पृथ्वीनारायण शाहको प्रतिनीधित्व गर्दै कान्तीपुर विजयको सन्देश बोकेर काजी तुराराम पाँडे हनुमानढोका स्थित इष्टदेवी श्रीतलेजु भगवतिमा क्षमा आराधना गर्दै गर्दा वीरगति प्राप्त गरेको ईतिहास हामी सबैमाविविधै छ ।

करिब १५० जनाकाे उपस्थिति रहेकाे कार्यक्रमपछि राष्ट्रपति सहित उपस्थिति सम्पूर्णले तलेजु भवानिकाे दर्शन तथा पूजाआजा गरेका थिए । स्मरण रहाेस तलेजु भवानीकाे मन्दिर बर्षमा एक पटक दशैं नवरात्रकाे नवमीकाे दिन मात्र खुल्छ । भगवती दर्शन पश्चात् कार्यक्रमकाे समापन गरिएकाे थियाे ।