४ असोज, भक्तपुर
वरिष्ठ पत्रकार देवेन्द्र गौतमको नाममा स्थापित देवेन्द्र गौतम पत्रकारिता पुरस्कार -२०८१ (एक लाख नगद सहितको ताम्रपत्र) दृष्टि साप्ताहिकका प्रकाशक तथा सम्पादक वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रा.ली.का अध्यक्ष प्रदीपा गौतमले आज भक्तपुरको होटल भादगाउँमा अर्पण गर्नु भयो। सो अवसरमा पुराना कलाकार गेहेन्द्रमान अमात्य र स्तम्भकार किरण गौतमलाई पनि ५०/५० हजार रुपैया नगद सहित सममान गरियो ।
सो अवसरमा पुरस्कृत सम्पादक शम्भु श्रेष्ठले नेपाल पोष्टको सम्पादक देवेन्द्र गौतमसंगको संगतले आफ्नो पत्रकारिताको सुरुवाती समयमा धेरै नै सहयोग भएको बताउनु भयो ।र पुरसकारवापत प्राप्त नगद रू एक लाख गणतन्त्र साप्ताहिकका मृगौला पिडीत सम्पादक पीपी दियालीको उपचारका लागि सहयोग गर्ने घोषणा पनि पत्रकार शम्भु श्रेष्ठले गर्नु भयो ।
देवेन्द्र गौतमको दोस्रो स्मृति दिवसमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै कलाकार गेहेन्द्रमान अमात्यले सुचना विभागमा रहेर दिनभरि पन्चायतको सेवा र रातभरि बहुदलको सेवा गरेको बताउनु भयो ।त्यसताका लगभग ९५ प्रतिसत पत्रिकाहरुका लागि आफैले जिन्क ब्रक बनाउने काम गरेको र नेपाल पोष्टका सम्पादक देवेन्द्र गौतकमले रामराजा सिंहकोको फोटो खुसुक्क खल्तिमा हालिदिएर ब्लक बनाउन लगाएको कारण उत्पन्न कारवाहीको फेहरिस्त सुनाउँदा दर्शक आश्चर्य र रोमान्चित भएका थिए ।
कार्यक्रमको प्रमुख अतिथिको स्थानबट वरिष्ठ साहित्यिक सम्पदक रोचक घिमिरेले घोचक पाराबाट देवेन्द्र गौतमको कार्य दक्षताका प्रसंगहरु सुनाउनु भयो ।
कार्यक्रमलाई किरण गौतमले पनि सम्वोधन गर्दै देवेन्द्र गौतमको पदमार्गमा आजका पत्रकारहरू हिड्नुपर्ने कुरालाई जोड दिनुभयो ।
कार्यक्रम हरेक वर्ष यसैगरि मनाईने आयोजकले बताउनु भयो ।