भेडे पद्दति र भेडा जमातका लागी प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका गएका होइनन् यत्ति चाहि भेडाहरुलाई हेक्का हुनुपर्ने हो ।
प्रधान मन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका हुन र सिंगो देशको प्रतिनिधित्व गर्दै उनले संयुक्त राष्टसंघका महासचिव संगको भेटवार्ताबाट आफ्नो औपचारकि भेटवार्ता सुरु गरेका थिए । संयुक्त राष्ट्र संघमा आबद्ध धेरै एजेन्सीका प्रतिनिधिहरुसंग भेटवार्ता गर्नु भएको थियो ।
अमेरिकी राष्ट्रपति जो बाईडन लगाएत छिमेकी राष्ट्र भुटान, भारत, चीन, प्रधान मन्त्रीहरू लगाएत बङ्गलादेशका सरकार प्रमुखका साथै पाकिस्तान, लाओस, सामोअ, कतार, युएईका प्रधान मन्त्रीहरूसंग पनि भेटबार्ता गर्नु भएको थियो ।
त्यसैगरि प्रधान मन्त्री केपी शर्मा वलिले युरोपेली नर्दिक स्केनडिनेभियन राष्ट्रका प्रमुखहरु लगायत अन्य थुप्रै देशका प्रतिनिधिसंग सिष्टाचार भेट र साइडलाइन बार्ता गरिराख्नु भएको थियो ।
अझै भेट्ने क्रम जारी छ यस अघिका भ्रमणमा अन्य मूलुकका प्रतिनिधिसंग यसरी बिरलै मात्रामा भेट बार्ता हुने गर्थ्यो परराष्टमन्त्री आरजु राणा देउवाको पनी समकक्षीसंग भेटबार्ता गर्न भ्याई नभ्याई हुनुहुन्थ्यौ । उहाँको सफल परराष्ट नीति र कूटनीतिका कारण यो सम्भव भएको हो ।
भ्रमणमा साइडलाइन बार्ता भेट अझै जारी छन् अन्तिमसम्ममा विश्वका सबैजसो महत्वपूर्ण मुलुकहरुसंग हाम्रो देशको प्रतिनिधिको भेटले उक्त मुलुकहरूसंगको सम्बन्धलाई नवीन आयाम दिलाउने नै छ यस अवरमा सिंगो राष्ट नेपालका लागी अवसरको रुपमा सदुपयोग गर्नु पर्छ भन्ने
सुवेच्छा र आसा गर्दछु ।