अमेरिकन साँझमा ‘सपनाको पहाड’

स्रष्टा साँझ अमेरिकाको आयोजनामा , माघ २७ गते आइतबार जुम प्रविधिद्वारा ध्रुवराज थापा पुरुषकृत् सपनाको पहाडमाथि परिचर्चा कार्यक्रम भएको थियो ।

ध्रुव मधिकर्मीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सभापतिलगायत प्रा. डा. गोविन्द मानसिँह कार्की , दीपक लोहनी , शुक्रराज कुँवर , ममता मृदुलले कृतिमाथि परिचर्चा गर्नु भएको थियो ।
परिचर्चाकारहरूले कृतिभित्र समावेश भएका ५८ वटा लघुकथाहरूमा सामाजिक , शैक्षिक , राजनितिक , शैक्षिक , नैतिक , सांस्कृतिक ,बौद्धिक चोरी , नयाँ प्रविधि आदि विविध विषयहरू समेटिएको बताउनु भयो । लघुकथाहरूमा बिम्व , प्रतीक र व्यङ्ग्यलाई भरमार प्रयोग गरेको , कुतुहूलतालाई बचाएको , उठानमा आकर्षकता , विषय र आयाममा लेखक सचेत रहेको बताउनु भयो । अमला खादाको रसिलो र मीठास पाइने , सन्देशमूलक र चेतनावृद्धि गराउन सक्ने लघुकथाहरू सिर्जना गरिएको बताउनु भयो ।

लघुकथाको भिडमा स्रष्टा पुरुषले छुट्टै पहिचान बनाउन सक्ने दाबी गर्दै कलाकार , साहित्यकार , पत्रकार , शिक्षक , सम्पादक र असल मित्रको व्यक्तित्वभित्र स्रष्टालाई खोजिएको थियो । कृति राम्रो हुँदा हुँदै पनि मिथकको प्रयोगमा , काव्यात्मक प्रस्तुति र फरक धार एवम् फरक प्रयोग गर्न स्रष्टा चुकेको बताउनु भयो ।

प्रा. विश्वराज अधिकारीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा अतिथि खेमराज पोखरेलले कृतिकारलाई उपस्थित सबै अतिथिको प्रतिनिधित्व गर्दै शुभकामना दिनु भयो भने सोधिएको प्रश्नमाथि आधारित रहेर श्रीप्रसाद पोखरेलले आजको अवस्थामा राज्यको रुपान्तरणका लागि साहित्यकराहरूको विचारले खासै प्रभाव नपारेको बताउनु भयो ।

कार्यक्रममा कृतिकारले सन्तुष्टि र समाजको लागि आफूले कृति लेख्ने बताउनु भयो । उहाँले परिचर्चाकारहरू र उपस्थिति जनाउने खेमराज पोखरेल , श्रीप्रसाद पोखरेल , महेन्द्र नेउपाने , दीनानाथ , डा. कुसुमाकर शर्मा गौतम , मीरा श्रेष्ठ , नवराज शर्मा , मनोहर पोखरेल , अप्सरा भट्टराई , रमेश सुवेदी सबैलाई धन्यवाद दिनु भयो र कार्यक्रममा आएका सुझावहरूलाई शिरोधार्य गर्ने बताउनु भयो ।

कार्यक्रमको अन्तिममा स्रष्टा साँझ अमेरिकाले गरेको यस्तो परिचर्चा कार्यक्रम अति नै प्रशंसनीय रहेको बताउँदै पुस्तक बिक्री व्यबस्थापन र लेखकले पाउने मूल्यमाथि आफ्ना विचार राखेर सभापति मधिकर्मीले कार्यक्रम समापन गर्नु भयो ।
कार्यक्रमको दौरानमा पठन संस्कृतिको प्रवर्द्धन र प्रकाशित कृतिको बिक्री वितरणमाथि चिन्ता व्यक्त गरिएको थियो । त्यस्का समाधानका लागि साहित्यकारहरू बीच छलफल हुनुपर्ने औचित्यमाथि पनि प्रकाश पारिएको थियो ।