ढोरपाटन सतत शिकार र सांस्कृतिक संवर्धन सन्तुलन

सामुदायिक सहभागिता, आर्थिक फाइदा र जैवविक विविधताको संरक्षणले यसलाई आदर्श आरक्षण क्षेत्र बनाएको छ

बिमला देवकोटा

२०८२ असार

ढोरपाटन शिकार आरक्षण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र गण्डकी प्रदेश अन्र्तगत बागलुङ्ग जिल्लामा रहेका १० स्थानीय निकाय र चारवटा नगरपालिकाहरु मध्ये एक नगरपालिका हो । ढोरपाटन नगरपालिकाको घोषणा २७ फागुन २०७३ मा भएको हो । नगरपालिका घोषणा गर्दा साविकका बुर्तिवाङ, खुंगा,अ धिकारीचौर र बोबाङ गाविसहरु यसमा गाभिएका थिए । यस क्षेत्रले रुकुम, बाग्लुङ्ग र म्याग्दी जिल्लाको केही भाग ओगटेको छ । ढोरपाटन शिकार आरक्षण पश्चिम नेपालको धौलागिरि हिमश्रृंखलाका रुकुम पूर्व, म्याग्दी र बागलुङ जिल्लामा अवस्थित छ । यसको क्षेत्रफल १३२५ वर्ग मिटर र उचाई २,८५०–५,५०० मिटरसम्म यो शिकार आरक्ष फैलिएको छ । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई बि सं २०४४ सालमा (सन् १९८७) शिकार आरक्ष बनाइएको हो । यो नेपालको एक मात्र शिकार आरक्षणका साथै त्यस क्षेत्रको वैभव पनि हो । यो क्षेत्र नेपालको एक प्राकृतिक सुन्दरताको धरोहर पनि हो । यहाँ जानका लागी बुर्तिवाङबाट ३२ किलोमिटर कच्चीबाटो जानु पर्दछ पैदल गए १ दिनको हिडाई र जीपबाट गए ४ घण्टा  मा पुगिन्छ ।

यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावरहरु पाइन्छन् । प्रमुख जनावरहरुमा नाउर, झारल, थाहार र हिमाली भालु हुन् । यहाँ पाइने जनावरहरूको सूचीमा मुख्य शिकारका लागि योग्य निलो भेडा हिमालयन थाहार अन्य सानातिना चितुवा, घोराल सेरो हिमालयन कालो भालु, छर्रा, बन सूअर लंगुर, माकाक, मुसो खर संरक्षित र संकटापन्न प्रजातिहरू मुस्कदियर बाघ गुराँस रातो पाण्डा कुक्लस, चियर र डाँफे जस्ता टिटर पंक्षी, जनावर तथा पंछिहरु पाईन्छ ।

यहाँ दुर्लभ एवं संरक्षित पंछीको सूचीमा परेका डाँफे, मुनाल, चिर लगभग १३७ प्रजातिका पंक्षीहरू लगायत चराहरू पनि पाइन्छन् । जसमध्ये टिटर्स, पुच्छस्तार पंक्षीहरू उल्लेखनीय  छन् ।

यस आरक्षणलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको मात्र शिकार गर्न पाइन्छ  । 

ढोरपाटन राष्ट्रिय निकुञ्ज १,३२५ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको र यस आरक्षमा व्यवस्थित शिकारको व्यवस्था मिलाइएका कारण राष्ट्रले राम्रै विदेशी मुद्रा आर्जन गर्न पाएको देखिन्छ । भने आन्तरीक पर्यटनको विकास पनि राम्रो भएको पाईन्छ । यो आरक्ष पेशेवर विदेशी शिकारीहरूका लागि एक प्रमुख गन्तव्यकै रूपमा रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गरेको पाईन्छ । यसरी शिकार गर्ने अनुमति दिदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था भने रहँदैन । साथै जनावरको संख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पु¥याउने वा स्थानीय बालीनालीलाई अत्याधिक क्षति पु¥याउने परिस्थिति पनि उत्पन्न हुँदैन । यसरी पर्यावरणीय सन्तुलनका लागी यस क्षेत्रमा शिकारको कोटा निर्धारण गरीन्छ ।

होमस्टे र बसाईसार

ढोरपाटन क्षेत्रमा ३७ वटा सामुदायिक होमस्टे र केही होटलहरु छन् जसको लगभग ३०० जना पर्यटकलाई आथित्यता पुर्याउने क्षमता रहेको छ । जहाँ स्थानीय खानपानका साथै राम्रो आतिथ्य, बसाइ सुविधा पाउन सकिन्छ । यहाँ सामुदायिक होमस्टे र केही होटलहरु सञ्चालनमा रहेका छन्, यहाँका होमस्टेहरु स्थानीय बासिन्दाले चलाउने धरोहर र अतिथि सत्कारको उत्कृष्ट नमुना पनि हुन् । यहाँको भौतिक संरचनामा अत्याधुनिक सुविधा हुँदैन तर स्थानीयपनको आभास भने राम्रै पाईन्छ । होमस्टेहरू साधारण स्तरका हुन्छन्, जहाँ स्थानीय परिकार र संस्कृतिको अनुभव गर्न सकिन्छ । उक्त क्षेत्र आसपासका बर्खे गाउँहरू (जस्तै बुट्टिबाङ, लुलाङ) मा पनि केही होमस्टे सुविधा पाइन्छ ।

शिकार अनुमति र नियम

सिजन र वन्यजन्तु

शिकार खेल्नका लागि चैत–वैशाख (वसन्त) र शरद (साउनपछि) सेप्टेम्बर–नोभेम्बरमा मात्र अनुमति दिईन्छ । शिकारका लागी अनुमति जनावरहरूः निलो भेडा प्रमुख शिकार लक्ष्य, २२०२ संख्या अनुमान हिमालयन थार दोस्रो प्राथमिकता, ३८८ अनुमानित आंकडा अनुशार अनुमति दिईन्छ । तर घोराल, बन सूअरः कोटा र ब्लक अनुसार सीमित शिकारीलाई मात्र अनुमति दिइन्छ भने ब्लुशील्ल र थार दुबै ब्लकहरूमा सन्तुलित कोटा अनुसार अनुमति दिईन्छ भने अन्य जस्तै धर, घोराल, स्रो, आदि सुरक्षीत राखिन्छ ।

यस क्षेत्रमा जनावरहरूको विस्तृत सूची तयार पारी जनावरहरुलाई बर्गिकृत गरीएको छ जस्तै शिकार योग्य (लाइसेन्ससहित) र अवलोकनका लागीमात्र भनि संरक्षित गरीएका जनावरहरुः हिमचितुवा जस्ता दुर्लभ शिकारी र हिमालयन कालो भालु, मुस्कदियर (अल्पाइन मस्क डियर), रातो पाण्डा, भेडार, धेरै संकटाजन्य स्थिति परेका—मसलियतको लागि संरक्षित गरीएको छ । यसरी यी विभिन्न चीयर पंक्षीहरुको क्लास, इम्पियान पंक्षी, हिमालयन मोनाल सहित १३७–१६४ पक्षी प्रजातिहरु रहेको यस क्षेत्रलाई वन्यजन्तु विविधता वा जैविक विविधताको क्षेत्र पनि भनिन्छ ।

मुख्य शिकार साध्य (नीलो भेडा, थाहार) र अन्य जंगली जनावरहरू (चितुवा, घोराल, आदि) संकटापन्न प्रजातिहरू (रातो पाण्डा, मुस्कदियर, आदि) पक्षी प्रजातिहरू मोटामोटी १३७ का प्रजातिहरु खण्ड र कोटा प्रणाली निर्धारण गरीन्छ ।

गाइडको अनिवार्य र आवश्यक, नियम–निषेध गरिएको क्षेत्र एकीन गरीमात्र शिकार गरीन्छ ।  यहाँ एथिकल शूटिंग र फेयर–चेज नीति संरक्षण र स्थानीय सहभागीता राजस्व पुनःलगानी (समुदाय विकास, स्थानीय रोजगारी र परम्परागत ज्ञानको प्रयोग भएको पाईन्छ ।

प्रवेश र कोटा प्रणाली

पूर्व अनुमति अनिवार्य—दर्ता प्रवेश अनुमति शिकार अनुमति तथा सिफरिस पत्रहरुको आवश्यक पर्दछ । वार्षिक रूपमा जनावरहरूको प्रजातिजन्य गणना गरेर कोटा निर्धारण हुन्छ । अनुमति क्षेत्रहरू ७ वटा ब्लकहरू जस्तै—सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ भरिनै यो नियम लागू हुन्छ । यहाँ सीमित संख्यामा मात्र शिकार गरीन्छ ।

अन्य नियम

यस क्षेत्रमा एक जनावर घाइते बनाइ छोडेर अर्को जनावरलाई घातक हानेर मार्नु अवैध मानिन्छ । यो नै शिकारीको मुख्य मान्यता वा मानक हो । यहाँ एक्लै शिकार गर्न जानु पनि गैरकानुनी मानिन्छ यहाँ सँगसँगै एउटा जोडी बनाउने बाध्यता पनि छ । यसमा स्थानीय लाइसेन्स प्राप्त गाइड अनिवार्य हुनुपर्छ । यस ईलाकामा प्रवेश गर्न देउराली डाँडामा रहेको सैनीक पोष्टबाट अगाडी बढ्नका लागि तोकिएको प्रवेश शुल्क तिर्नु पर्दछ जसका लागी विदेशीनागरीकहरुले नेपाली रुपयाँ रु.३,००० सार्कराष्ट्रहरुका नागरीकहरुलाई रु.१,५०० र  नेपाली १०० पर्छ भने विदेशीहरुलाई भने अन्य प्रवेश नियमहरु पनि लाग्दछ । ड्रोन वा फिल्मिङ सम्बन्धी अनुमति अलग, शुल्क लाग्छ । उदाहरणका लागी विदेशीको लागि USD १,५०० + २५% थप शुल्क) । यस क्षेत्रमा केहि निश्चित नियमहरु तोकिएको छन् । रातभर पैदल हिड्न नपाइने, क्याम्पिङ तोकिएको क्षेत्रमा मात्र गर्ने फोहोर बोकेर बाहिर लैजाने, बाइक–मोटर साइकल प्रयोग निषेध—सम्पूर्ण पार्क इको–इतिहासात्मक संरक्षित क्षेत्रमा सूचिकृत गरीएको छ । वनक्षेत्रमा अर्बुद, पाइन, ओक, सुगन्धी फर्न, रोधेन्ड्रन आदि; उच्च इलाकामा भूमिशाल घाँसे मैदान (“पाटन”)हरु प्रसस्त पाईन्छ ।

जैविक विविधता र वनस्पति

यस क्षेत्रमा वन संरचना उपोष्ण (३,००० मि) ओक, इनार, फर्न, हुर्मुस, तथा उप–अल्पाइन (३,०००–४,०००  मि) पाइन, फिर्क, जुँपिर, रोधेन्ड्रनका साथै अल्पाइन (श्र ४,५००  मि)ः घाँसे मैदान (पाटन), उच्च हिमाली घास–बिरुवा ठूलो उत्सर्धन ब्याप्तिः ५८ संवेदनशिल प्रजाति र ३६ स्थानीय प्रजातिका फूलहरू पनि छन् । राजस्व र पुनरावेदनका अनुसार वार्षिक २५–३० ल्याइसेन्स वितरण गर्ने र (२० निलो भेडा, १० थाहार), राजस्व संकलन लगभग नेपाली रुपयाँ १०–१५ मिलियन, स्थानीय पुँजीको ३०+ रोजगार सृजना, समुदाय विकासमा पुन विनियोजन गरिएको छ ।

संरक्षण र स्थानीय सामूदाय

स्थानीय सहभागिता शिकार राजस्व समुदायमा रोजगार र विकासका लागि पुनविनियोजन, गाइड÷पोर्टर÷कुक नियुक्ति, सहभागिता आधारित व्यवस्थापन र परिसर समाना सालभर ८०,००० भन्दा बढी पशुपालन—वनस्तरमा दबाव, संरक्षण चुनौतिहरू पनि छन् ।

सतत शिकार 

सतत शिकार भनेको यस्तो शिकार अभ्यास हो जसले वन्यजन्तुको जनसंख्या वा वातावरणमा दीर्घकालीन असर नपारिकन गरिन्छ, र जहाँ शिकारबाट उठेको राजस्व आरक्षण अर्थात् संरक्षण प्रयोजनमा लगानी गरिन्छ ।

जनसंख्या रक्षा केवल त्यति मात्र जनावर शिकार गर्न दिने, जुन जनसंख्या पुनस्थापना गर्न पर्याप्त हो अथवा हानिकारक स्तरसम्म यहाँ शिकार हुँदैन । यहाँ नियम–सीजन–कोटा वैज्ञानिक आधारमा वन्यजन्तु संरक्षणका लागि विशेष समय, कोटा, प्रजाति चयन गरिन्छ । पर्यावरणीय संरक्षणको हिसावले आवास र पारिस्थिति तन्त्र अविचलित राख्ने उद्देश्यमा शिकार गरिन्छ । मानिसको भूमिका प्राकृतिक प्रणालीसँग सँगसँगै रहने खालको हुन्छ । नैतिक र जिम्मेवार व्यवहार उचित अवस्था–शट लगाउने, सम्पूर्ण जनावर प्रयोग गर्ने (स्टिक–टु–टेवल), र पीडा रहित मार्ने प्रयास गर्ने । संरक्षणमा योगदान अनुमति शुल्क, लाइसेन्स, ट्राफिक एक्सपोर्ट शुल्क आदि आरक्षण कोषमा लगानी गरिन्छ । जसले प्राकृतिक संरचनाको विकासमा सहयोग पु¥याउँछ ।

सांस्कृतिक संवर्धन

ढोरपाटन शिकार आरक्षणरा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा रहेको जनजीवन सामान्य रहेको छ यहाँको प्रमुख आम्दानीको स्रोत पशुपालन, खेतीपाती र पर्यटन रहेको पाईन्छ । मुख्य बालीनाली आलु,फापर,उवा तथा गहुँ र जौ नै रहेको छ । भेषभूसा र लवज भने कर्णली प्रदेशसंग मिल्दो जुल्दो पाईन्छ । यहाँका बासिन्दाले पर्यटनलाई घोडा सवार देखि अन्य सहयोग पनि गर्दछन् । यहाँ घरहरु सवै होचा होचा र छानो भने स्लेटले छाएका  छन् । हिउँ पर्ने भएर नै वातावरण अनुसार बनेको पाईन्छ । यहाँ रहेको म्यूजियमले पर्यटकलाई सूचना प्रवाह, भौगोलिक अवस्थिती तथा जनावरका अवशेषहरुको बारेमा जानकारी दिन्छन् । भने यहाँ अवस्थित प्रसिद्ध “उत्तरगङ्गा ढोरबराह मन्दिर” प्रसिद्ध मन्दिर ढोरबराह महादेव मन्दिर र पोखरीले पनि सांस्कृतिक महत्व राखेको छ । यहाँ पछि सम्म नवोलेका बच्चाहरुलाई छोडीदियो भने बोल्छन् भन्ने किम्वदन्ती पनि छ । यस पाटनमा बगेको उत्तरगंगा नदि अर्को आकर्षणको केन्द्र हो । सफा र स्वच्छ पानीलाई चुम्न पाउनु पनि प्राकृतिक सौन्र्दयता एक प्रारुप हो  ।   

निष्कर्ष

ढोरपाटन राष्ट्रिय निकुञ्ज यस्तो स्थल हो जहाँ दुई विपरीत धारणाहरू—संरक्षण र नियमित शिकार—सन्तुलित रूपमा एकापसमा सँगसँगै अघि बढाएको पाइन्छ । सामुदायिक सहभागिता, आर्थिक फाइदा र जैवविक विविधताको संरक्षणले यसलाई आदर्श आरक्षण क्षेत्र बनाएको छ । यसरी संरक्षित  क्षेत्र तर आर्थिक रूपमा फाइदाजनक ढंगले राखिएको वन्यजन्तु क्षेत्रको उदाहरण, जहाँ सतत शिकार र सांस्कृतिक संवर्धनको सन्तुलन भएको पाइन्छ ।