छिन्नलता गीत पुरस्कार विभिन्न श्रष्टालाई अर्पण

काठमाडौँ– छिन्नलता गीत पुरस्कार गुठीले गीत संगीतका विभिन्न सर्जकहरूलाई छिन्नलता गीत पुरस्कार प्रदान गरेको थियो ।

वरिष्ठ गीतकार रमोलादेवी शाह छिन्नलताको १०३ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीत संगीतका विभिन्न सर्जकहरूलाई ४३ औँ छिन्नलता पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रममा सभामुख देवराज घिमिरेले गीत रचनातर्फ गीतकार राजेन्द्र रिजाल, संगीततर्फ आभास (अच्युत प्रसाद फुयाँल) तथा गायनतर्फ इतु जोजिजू र रामभक्त जोजिजूलाई छिन्नलता गीत पुरस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा सभामुख घिमिरेले गीत संगीतका माध्यमबाट नेपाली समाजलाई एकतावद्ध गर्न मद्त पुगेको बताउनु भयौ । त्यस्तै सर्जकहरुले गीत संगीतका माध्यमबाट राष्ट्र निर्माणमा गरेको योगदान महत्वपूर्ण रहेको बताउनु भयौ । 

त्यसैगरी युवा प्रतिभा पुरस्कार एस. डी. योगीलाई प्रदान गरिएको थियो भने छिन्नलता गीत पुरस्कारको राशि एक लाख रुपैयाँ तथा युवा प्रतिभा पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

गुठीका सचिव कवि दिनेश अधिकारीद्वारा प्रेषित विज्ञप्तिअनुसार गीत रचनातर्फ गीतकार राजेन्द्र रिजाल, संगीततर्फ आभास (अच्युत प्रसाद फुयाँल) तथा गायनतर्फ इतु जोजिजू र रामभक्त जोजिजूलाई प्रदान गर्ने निर्णय गरिएको थियो ।

गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा भएको साधारणसभाले गीत रचनातर्फ राजेन्द्र रिजाल, सङ्गीततर्फ आभास (अच्युत फुयाँल) तथा गायनका लागि इतु जोजिजु र रामभक्त जोजिजुलाई प्रदान गर्ने निर्णय गरेको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिनुभएको थियो ।

उक्त पुरस्कारको राशि एक लाख नगद र प्रमाणपत्र रहेको छ । त्यस्तै, गुठीले ‘युवा प्रतिभा पुरस्कार’ एस.डी. योगीलाई लोकप्रिय गीत ‘रुकुम मैकोट’ को सङ्गीत र स्वरका निम्ति प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त पुरस्कारको राशि रु ५० हजार नगद र प्रमाणपत्र छ । गुठीका संस्थापक तथा गीतकार रमोलादेवी शाहको जन्मजयन्तीका अवसरमा असार २२ गते हरिबोधनी एकादशीका दिन उक्त पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कृतहरूलाई पुरस्कारकासाथ नगद राशि एक–एक लाख प्रदान गरियो भने युवा प्रतिभालाई नगद राशि ५० हजार रुपैयाँ प्रदान गरियो । गायनतर्फको पुरस्कार संयुक्त रूपमा प्रदान गरिएको हो ।

असार २२ गते आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गर्दै गीतकार छिन्नलता (रमोलादेवी शाह)ले गीत संगीतका क्षेत्रमा स्थापना गरेको गुठी र पुरस्कारको विशिष्ट महत्त्व रहेको बताए ।

उनले गुठीले नेपाली कला गीत संगीतका क्षेत्रमा दिएको योगदान प्रशंसनीय र ऐतिहासिक भएको उल्लेख गर्दै गीतकार छिन्नलताको कर्मशीलताको प्रशंसा गरे ।

गीतकार छिन्नलताको १०३ औँ जन्मजयन्तीको अवसर पारेर सम्पन्न कार्यक्रममा अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीले गुठी नेपाली गीत संगीतको आराधनामा समर्पित रहेको बताए ।

गुठीका सचिव दिनेश अधिकारीले पहिले गीत संगीतका एक जनालाई मात्रै पुरस्कृत गरिँदै आएकोमा २०४६ सालदेखि गीत रचना, संगीत र गायनमा सक्रिय सर्जक गरी तीनैजनालाई पुरस्कृत गरिँदै आएको उल्लेख गरे ।

यस पछि गुठीले युवा प्रतिभाहरूलाई पनि पुरस्कृत गर्ने मनसायले युवा प्रतिभा पुरस्कारको स्थापना गरेको उनले बताए ।

पुरस्कृत सर्जकहरूको तर्फबाट बोल्दै गीतकार राजेन्द्र रिजालले छिन्नलता पुरस्कार प्राप्त गर्दा आफूहरू गौरवान्वित भएको बताए । उनले आफ्नो गीति यात्राका बारेमा जानकारी गराउँदै केही गीतको चर्चा गरे ।

गुठीले हालसम्म १९० जनालाई पुरस्कृत गरिसकेको छ । यसअघि छिन्नलता गीत पुरस्कारबाट किरण खरेल, रत्नशमशेर थापा, रत्नदास प्रकाश, नारायणगोपाल, शिवशंकर मानन्धर, नातिकाजी, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, अरुणा लामा, गोपाल योञ्जन, यादव खरेल, चेतन कार्कीलगायत पुरस्कृत भइसकेका छन् ।

हालसम्मको तथ्याङ्कलाई हेर्दा गीतको रचनामा पुरस्कृत हुने ३९ जना, संगीतमा पुरस्कृत हुने ३८ जना,  गायनमा पुरस्कृत हुने ४० जना, छिन्नलता युवा प्रतिभाबाट पुरस्कृत हुने ४० जना,  विशेष सम्मानबाट सम्मेलित हुने १९ जना, छिन्नलता सम्मानबाट पुरस्कृत हुने १८ जना,  छिन्नलता संगीत संयोजन पुरस्कारबाट सम्मानित हुने १ जना, गरी जम्मा १९० जनालाई पुरस्कृत गरी सकेको छ ।

छिन्नलता गीत पुरस्कार गुठी

वरिष्ठ गीतकार श्रीमती रमोलादेवी शाह छिन्नलता को १०३ ओैं जन्मजयन्ती  तथा ४३ ओै छिन्नलता गीत पुरस्कार समर्पण समारोह (२०८२ यस कार्यक्रममा प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरे हुनुहुन्थ्यो भने कार्यक्रमको प्रमुख अतिथि प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीले अध्यक्षता ग्रहण गर्नुभएको थियो । त्यसैगरी दिनेश अधिकारीज्यूले स्वागत मन्तव्य दिनुभएको थियो । गुठीको संरक्षक ज्योति राज्यलक्ष्मी शाहसिंहले पुरस्कृतहरूलाई नगद पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रम प्रस्तोता भने नरेश भट्टराई हुनुहुन्थ्यो । भट्टराईले मिठो आवाज सहित छोटो मिठो कार्यक्रम संचालन गरी निर्धारित समयमा नै समापन गर्नुभएको थियो ।

छिन्नलता गीत पुरस्कार गुठीको स्थापना २०३९ सालमा भएको हो। छिन्नलताको १०३ ओैं जन्मजयन्ती तथा ४३ औँ छिन्नलता गीति पुरस्कार समर्पण समारोह २०८२ मा आज एक भव्य समारोहका बीच सम्पन्न भयो । गीतकार राजेन्द्र रिजाल सम्मानपत्र सहित नगद रु. १ लाख संगीतकार आभास (अचुत प्रसाद फुयाल) सम्मानपत्र सहित नगद रु १ लाख गायनतर्फ ईतु जोजीज्यू रामभक्त जोजीज्यू संयुक्त गायनमा ५०र ५० हजार नगद पुरस्कार र सम्मानपत्र सहित सम्मानित हुनुभएको थियो । त्यसैगरी युवाप्रतिभामा एस.डी. योगी सर्वाधिक युवाहरुले रुचाइएको गीत रुकुममाईकोट बाट सम्मानित भएका थिए उनलाई सम्मानपत्रसहित नगद रु ५० हजार बाट सम्मानित गरिएको थियो ।