
नेपाली शिक्षा परिषद्ले २०८२ सालको ‘गोपाल पाँडे असीम पुरस्कार’ साहित्यकार लक्ष्मी उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको खबर छ । उहाँलाई सो पुरस्कार कृति लेखन तथा विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको हुनाले प्रदान गर्न लागिएको हो।
परिषद्की अध्यक्ष रमा शर्माको सभापतित्वमा हालै बसेको प्रबन्ध समितिको बैठकबाट उक्त निर्णय गरिएको हो । घोषित पुरस्कार यही साउन ३१ गते प्रदान गरिने परिषद्ले जनाएको छ ।