वाल्मीकिमा स्रष्टा सम्मनित

सहिद स्मृति कलेज रत्ननगर चितवन। ११४अ‍ौं महाकवि लक्ष्मीप्रसाद देेवकोटाको जन्मजयन्तीको सन्दर्भमा वाल्मीकि साहित्य सदन रत्ननगर चितवनद्वारा अ‍ायोजित वाल्मीकि साहित्य सम्मान , मानार्थ सदस्यता प्रदान तथा रचना वाचन कार्यक्रममा समालोचक उदय अधिकारी,साहित्यकार मुकुन्द पौडेल र कवयत्रि गीता लामिछानेलाई वाल्मीकि साहित्य सम्मान २०७९ द्वारा सम्मान गरिएको थियो भने वरिष्ठ चिकित्सक एवं साहित्यकार डा कृष्णप्रसाद पौडेललाई मानार्थ सदस्यता प्रदान गरि सम्मान गरिएको थियो ।

निबन्धकार रामबाबु घिमिरेको सभाध्यक्षता,वरिष्ठ समीक्षक एवम् संस्कृतिका गहन अध्येता डि अ‍ार पोखरेलको प्रमुख आतिथ्य तथा हाँस्य व्यंग्य निबम्धकार तिलकराज शर्माको स्वागत मन्तव्य रहेको थियो

राजेन्द्र हमालको रहेको थियो । साहित्यकार इन्द्र रेग्मी र शिक्षाविद् रमाकान्त सापकोटा विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा साहित्यकार केशवराज अ‍ामोदी,कपिल अज्ञात,लक्ष्मणहरि अर्याल र सुरेशचन्द्र अधिकारीबाट सम्मानित स्रष्टाहरु र मानार्थ स्रष्टाको व्यक्तित्व तथा कृत्तित्वको चर्चा गरिएको थियो । कार्यक्रममा सुप्रसिद्ध कवि ईश्वरी अोझा ,धनराज गिरी,पोषराज पौडेल,मोदनाथ मरहट्टा,राजेन्द्र घायल, विदुर अधिकारी, पुष्प अधिकारी अञ्जली,राजेन्द्र घायल, कमल अर्याल,जगन्नाथ पण्डित,लीला दहाल अधिकारी,किसानप्रेमी,गणेश शर्मा पौडेल,चेतराज रेग्मी,यदुनाथ भट्टराई,हरिप्रसाद गजुरेल,रोहिणी लोहनी, गिरिराज डल्लाकोटी,मणिराम नेपाल,रोजिना लोहनी,हरिप्रिया रिजाल,सीता सापकोटा,गिरिधारी घिमिरे विशिष्ट,श्यामजी अतिथि,चिरञ्जीवी दाहाल लगायतका सर्जकहरूले अ‍ाअ‍ाफ्ना रचना तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए.