रोजगारीको नयाँ बाटो
नेपालको कृषिमा उत्पादकत्व वढाउन र माटोको सुधार गर्नको लागी प्रांगारिक मलको आवश्यकता पर्दछ । तर यहि प्रांगारिक मलको देशभरी नै अभाव छ । वातावरणसंग सचेत केहि व्यक्तिहरु र प्राङ्गारिक मल उत्पादकमा साःगा प्रविधिबाट देशको विभिन्न ठाउँमा प्राङ्गारिक मल उत्पादन गरीरहेको अर्गानिक लाईफले खेरगईरहेका जैविक पदार्यहरुलाई साःगा प्रविधिबाट प्राङ्गारिक मल उत्पादन गर्न म्याग्दीको रघुगंगा गाउँपालीका वडा नं ०७ मा मंसिर ०७ देखि ११ गते सम्म ५ दिनको प्रयोगात्मक तथा परिणाममुखी नमूना कार्यक्रम संचालन भयो ।
उक्त कार्यक्रम वडा नं ७ का वडा अध्यक्ष ठक वहादुर पाईजाको सकृयतामा भएको थियो । कार्यक्रम विगत १० वर्षदेखि खेर गईरहेका जैविक पदार्थहरुलाई प्रांगारिक मल वनाई फोहरको किनवेच गरिनु पर्छ भनि यसैमा विभिन्न बहस र ओकालद गर्दै आईरहेको अर्गानिक लाईफले दिइएको थियो ।
यस संस्थाले हालसम्म नगरपालीका, गाउँपालीका तथा विभिन्न वडा लगायत नगर स्तरिय महिला समूहसंग काम गर्दै आएका छ । नेपालभरीका ३३ वटा विभिन्न नगरपालिका र गाँउपालीकाहरुमा सानो तथा ठुलो स्तरमा काम गरिरहेको छ । यस संस्थाले साःगाः प्रविधिबाट जैविक फोहरलाई गलाएर मल वनाउने काम गर्दछ । साःगाः नेवारी शब्द हो ।
काठमाण्डौ उपत्यकाका रैथाने नेवारी जातिहरुले घरायसी वातावरणबाट तथा भान्छाबाट निस्कने जैविक फोहर र कृषिजन्य अवशेषहरुबाट निस्कने फोहरहरुको उचित व्यवस्थापन गरी उत्कृष्ट मल बनाउने परम्परागत शैली हो । नेवारी भाषामा साः को अर्थ मल र गाः को अर्थ खाडल भन्ने बुझिन्छ । भक्तपुरी लवजमा सःगल भनिन्छ । साःगालाई अर्गानिक लाईफले साःगा प्रांगारिक मल उत्पादन कार्यमा व्यापक बनाउने काम गरिरहेको छ ।
जैविक फोहर गलाई मल बनाउनका लागि नेवारीहरुको लोपोन्मुख रैथाने प्रविधि साःगा अत्यन्त प्रभावकारी र आवश्यक छ । फोहर व्यवस्थापनमा हालसम्म चलेको कार्यक्रमहरु मध्ये यो साःगाः प्रविधि सस्तो, सजिलो र छिटो मल वन्नुका साथै यो प्रविधि अत्यन्त प्रभावकारी पनि छ । यो संस्थाले म्याग्दी जिल्लाको धौलागिरी हिमालको काखमा रहेको रमणीय रघुगंगा गाउँपालिकाको वडा नं ७ चिमखोलामा मंसिर ७ गते देखि ११ गतेसम्म प्रांगरिक मल वनाउने परिणाममुखि तालीम सम्पन्न गरेको थियो ।
उक्त कार्यक्रमको उद्घाटन वडा नं ०७ चिमखोलाका अध्यक्ष ठक वहादुर (रिम) पाइजाले गर्नु भएको थियो । अर्गानिक लाईफका प्रशिक्षक द्धय दीपक लोहनी र बिमला देवकोटाले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा वडा नं ०७ का अध्यक्ष श्री ठक वहादुर पाईजाले कार्यक्रम अवधिभर आफ्नो सकृय सहभागिता जनाउनु भएको थियो । यो कार्यक्रम उहाँकै पहल कदमीमा भएको थियो । कार्यक्रममा १८ जना सहभागिहरु थिए । सहभागिहरुमा छुट्टै किसिमको जोस जाँगर र उत्साह थियो । कार्यक्रमा सहभागिहरु मध्ये ५६ वर्षका ध्रुर्व कुमार पाईजाको जोस जाँगरले तालीममा थप उर्जा मिलेको थियो । उहाँले तालीमको समापनमा सहभागीहरुको तर्फबाट मन्तव्य राख्ने क्रममा मल उत्पादन गरेर राम्रो आय आर्जनगर्न सकिने वताउनु भयो । उहाँले तालीममा सहभागी यूवापुस्तालाई ईकित गर्दै “गरे के हुदैन यहाँ” भन्ने श्लोगन सहित उत्पेरणा दिनु भएको थियो । उहाँको सहभागीता उल्लेखनिय रहेको थियो ।
उक्त तालीममा सहभागिहरुले मल उत्पादनमा आफ्नो अनुभव सुनाउने क्रममा सहभागि मध्येका नीर वहादुर पुनले आफुले गरेको अभ्यास सुनाउनु भएको थियो । उहाँले गरेको अभ्यास उदाहरणीय लागेको हुनाले सो हेर्नका लागि प्रशिक्षकहरु उहाँको गोठ रहेको स्थानमा जानुभएको थियो । गाई भैसिको गोबरबाट मल बनाउनका लागि दुई खाडलहरु र गोठबाट गहुँत संकलनको लागि सानो वाल्टिन र त्यो वाल्टिनमा संकलन गरिसके पछि त्यसलाई ठुलो ड्रममा राखि तितेपाति लगाएतका मलिलो झारपात राखेर छोपि खेतीपातिमा प्रयोग गर्ने गरेको वताउनु भयो । उहाँको कार्य शैलि र अनुभव उल्लेखनिय थियो ।
कार्यक्रममा सहभागि भएका १८ जना सहभागीहरुको घरमा पालेका घरपालुवा जनावरहरुको सर्वे गर्दा तपसिल बमोजिमको तथ्याङ्घ संकलन भएको थियो । जसमा गाई ४६ वटा भैसी १८ वटा बाख्रा ९५वटा खरायो १९ वटा कुखुरा ९५वटा र हाँस २ वटा थिए । यसरी संकलित तथ्याङ्घको आधारमा रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलालाई मल उत्पादनको हव नै बनाउन सकिने अनुमानित गरिएको थियो । यस वडालाई मल उत्पादनकार्यको लागि एक नमूना कार्य वनाउन सकिन्छ ।
रघुगंगा गाउँपालीका चिमखोलामा प्रांगारिक मल उत्पादन कार्यक्रम २०७९ साल मंसिर महिनामा सम्मपन्न निवार्चनको लगत्तै उक्त गाउँपालीकाको वडा नं ७ का वडा अध्यक्ष श्री ठक बहादुर पाईजाज्यूको सकृयतामा मंसिर ७ गते देखि ११ गतेसम्म साःगा प्रागारिक मल उत्पादनको अभिमुखिकरण तथा परिणाममुखि तालीमको समापन कार्यक्रमकमा प्रमुख अथितीको रुपमा पाल्नु भएका गाउँपालीका अध्यक्ष श्री भव वहादुर भण्डारीले आफ्नो मन्तव्यको क्रममा गाउँपालीकामा रहेका ८ वटा वडा मध्ये वडा नं ७ मा उक्त तालीम सम्पन्न भई सकेको र बाँकि रहेका ७ वटा वडामा प्रति वडाका १० जना सहभागीका दरले सकृय किसानहरुलाई सहभागी गराई प्रागांरिक मल उत्पादन सम्बन्धी अभिमुखिकरण तथा परिणाममुखि कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
यसरी म्याग्दीको रघुगंगा गाउँपालीका चिमखोलामा प्रांगारिक मल उत्पादनको अभिमुखिकरण तथा परिणाममुखि तालीम कार्यक्रम उल्लेखनिय रुपमा समापन भएको थियो । अर्गानिक लाईफले साःगा प्रांगारिक मल उत्पादन कार्यमा व्यापक बनाउने काम गरिरहेको छ । अर्गानिक लाईफ साःगा प्रांगारिक मल उत्पादन गर्ने क्रममा छिट्टै तपाईको वस्ति र गाउमा तपाईहरुलाई पनि प्रांगारिक मल उत्पादन गर्न तालिम दिने र देशमा रहेको मलको हाकारलाई कमि गर्न आउँदै छ ।
यसको लागि तपाईहरुको साथ र सहयोगको खाँचो छ । थप जानकारीको लागि अर्गानिक लाइफ
लाजिम्पाट
९८४१४२४४७२
९८४१३५६३५१