समाजसेवामा जन्मदिन

बिमला देवकोटाले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाउनु भयो । यहि मंसिर २६ गते सोमबारका दिन आफ्नो शुभ–जन्मदिनको अवसरमा समाजसेवी श्री बिमला देबकोटाले बिशेष गरि आफ्नो जन्मदिन मनाउनको लागि काठमाडौंको गंगबुमा अवस्थित “श्री मानव सेवा आश्रम” मा आश्रित ३५ जना असहाय, निमुखा गरिब बृद्ध बृद्धाहरुलाई आबश्यक पर्ने स्वास्थ्य तथा सर सफाईका सामाग्रीहरू एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभयो । “मानव सेवा नै उत्कृष्ट सेवा हो” भनेरनै उहाँलाई यस्तै कार्यमा लाग्न मन लागिरहन्छ । उहाँ आफू पनि मानवीय जीवनमा सक्षम र उत्कृष्ट सेबा र प्रबिधि मार्फत हरेक ठाउँ र बस्तीहरुमा पुगेर प्रशिक्षणको कार्यक्रम गर्दै आइरहनु भएको छ ।

आफ्नो जन्मदिनको अवसरमा उहाँले आश्रममा रहेका आमाहरुलाई अत्यावश्यक पर्ने सरसफाईका सामग्रीहरु वितरण गर्नु भएको थियो । उहाँको साथ जन्मदिन मनाउन उहाँका श्रीमान श्री कृष्ण प्रसाद देवकोटा सहकर्मी श्री दीपक लोहनी र सहपाठी साथी श्री राजन प्रसाद न्यौपाने र सरु न्यौपाने जानु भएकोथियो । यसरी उहाँले आफ्नो करिव करिव आधा शताव्दिको नजिक पुगेको जन्मदिन आश्रमका आमाहरुसंग विताउनु भयो ।

पेशाले प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT)को अधिकृतको रुपमा काम गर्दै आइरहनु भएको र मानविय जिवनमा कसरी उत्कृष्ट जिवन जिउने भनेर तालिम मार्फत ज्ञान र सिपको जनचेतना जगाउने काम गर्दै आइरहनु भएको छ । उहाँ आफ्नो सुखी र खुशी परिवारमा श्रीमान र दुई छोरा को आमा भएर पनि उहाँ आफू बाचुन्जेल केही योगदान गर्नु पर्छ भन्ने सकरात्मक भावना बोकेर हिड्ने एक कर्मशिल महिला हो । श्री बिमला देबकोटा आचार्य सानैदेखि पढ्नमा अब्बल हुनुहुन्थ्यो ।

उहाँको बुवा पनि काठमाडौंको उत्तरी भेगको धुरुन्धर पण्डित हुनु हुन्थ्यो । उहाँको वुवा जगन्नाथ आचार्य (गुरु बाबरी पण्डित)को धर्म संस्कृति र सत्कर्म प्रतिको लगावले सबैले बाबरी गुरुलाई सम्मान र इज्जत गर्दथ्ये । यस्ता बाबा र आचार्यको कुलमा जन्मनु भएकी बिमला देबकोटा आचार्यले तीन बिषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नुभएको छ । आफु काठमाडौं जिल्ला साबिक गोलढुंगा गा.बि.स, वडा नं ०५ मुड्खुको रमाइलो गाउँमा जन्मनु भएको बिमला देवबोटाले नजिकैको बिद्यालय श्री नागार्जुन माध्यमिक विद्यालयबाट बि.सं २०४६ सालमा एस. एल. सी. दिनु भएको थियो । उहाँले उत्कृष्ट नतिजा ल्याई एस. एल. सी. उतिर्ण गर्नु भएको थियो ।

उहाँले हालै आफु पढेको स्कुलको दयनीय अवस्थालाई मध्यनजर गर्दै आफुसंगै एस.एल.सी. दिएका साथिहरुको भेला बोलाई “श्री नागार्जुन माध्यमिक विद्यालय २०४६ एस. एल. सी. व्याच समूह“ समेत गठन गरि आफु त्यसको संयोजक भई बिद्यालयको स्तरबृद्धि र गुणस्तरीय शिक्षाको लागि बिभिन्न कार्यक्रमहरु पनि गरि सक्नु भएको छ ।

श्री बिमला देवकोटाका दुई छोरो इन्फर्मेसन टेक्नोलोजीमा इन्जिनियरीड. पूरागरि हाल दुबै जना फिनल्याण्डमा कार्यरत छन् । उहाँको जेठो छोराको बिबाह पनि भइसकेको छ । उहाँको एक रुपबती नातिनी छिन जसको रुप अनुशारको नाम छ । उहाँको नातिनीको नाम “ईरिस” हो । जुन जस्ती जुनेलीकी हजुर आमा भईसक्नु भएको बिमला देवकोटाको जागर भने अझै उल्लेखनिय छ । उहाँ साहित्य र लेखनमा रुचि राख्ने गर्नु हुन्छ । उहांले आफ्नो नातिनीसंगको अनुभूति (दिनचर्या) अन्तरंग समेटेर एउटा कृति नातिनीसंगको अनुभूति “इरिस जुनेली“ प्रकाशित गर्नु भएको छ ।

सामाजिक कार्यमा दत्तचित्त भएर लाग्ने आदरणीय तथा मृदुभाषी श्री बिमला देबकोटाको सधै यस्तै यस्तै कार्यमा मन लागि रहोस उहाँलाई शुभकामना छ ।