प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सानोठिमी, भक्तपुरको ३५ औं वार्षिकोत्सव कार्यक्रममा परिषदको आंगिक शिक्षालय कोरिया नेपाल वहुप्राविधिक शिक्षालयका ७५।७८ मा डिप्लोमा एन ईलेक्ट्रिकल अध्ययन गरेका विद्यार्थी सुजन पौडेल उपाध्यायले तयार पारेको स्मार्ट एप्सबाट पानसमा वत्तिवालेर कार्यक्रम उद्घाटन भयो । यसरी नयाँ प्रविधि बिना सलाई लाईटर दियाे बालि कार्यक्रम उद्घाटन गर्दा साच्चैनै प्राविधिक शिक्षाले गरेको प्रविधिको विकास भनेर गर्व गर्न लायकको वातावरण वनेको थियो । यसरी मुलुकको एक मात्र प्राविधिक शिक्षा प्रदान गर्ने सरकारी निकायको कार्यक्रममा प्रविधिको प्रयोग हुनु उल्लेखनिय कार्य हो ।
सिक कमाउ र तिर
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको बताएकी छन् । शुक्रबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को ३५ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा उनले सरकारले बजेटमा प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको र न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको बताएकी हुन् । उनले नेपालको शिक्षा महँगो हुँदै गएको अवस्थामा सरकारले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको भन्दै यसलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखिन् ।
मन्त्री शर्माले सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको र नयाँ शिक्षा ऐन ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिइन् । कार्यक्रममा सिटीइभीटीका उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । कार्यक्रमको बिशेष अथिती माननीय सूचना तथा संचार मन्त्री रेखा थापाज्यूले गर्नु भएको थियो । उहाँले आफ्नो शुभकामना मन्तव्य दिने क्रममा नेपालमा शिक्षा महंगो भएको र यूवा पुस्ता उच्च शिक्षाको लागि वाहिरिने क्रम दिनानु दिन वढ्दै गएको वताउनु भयो ।
यसरी विद्यार्थीहरुलाई प्राविधिक शिक्षा सर्भसुलभ वनाउन सके र सिक कामाउ र तिर भन्ने सार्थकताका साथ अगाडि वढाउन सकेमा साच्चै देशको विकास हुने वताउनु भयो । उक्त कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ सालमा उत्तिर्ण गरेका परिषदबाट संचालित स्वास्थ्य, ईन्जिनियरिङ तथा अन्य कार्यक्रममा उत्कृष्ठ अंक ल्याउने तीनजना छात्र छात्रालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । भने प्रत्येक वर्ष कर्मचारिहरूको उच्च कार्य मूल्याकन गर्दै प्रदान गरिने सर्वोकृष्ठ पुरस्कार एक जनालाई र उत्कृष्ठ पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी २०७८ साल फागुन १३ गते देखि २०७९ साल फागुन ११ गते सम्म सेवा निर्वित्त हुने कर्मचारीहरुलाई कदर पत्र तथा दोसल्ला ओढाई सम्मानित गरिएको थियो। कार्यक्रम विहान ८:०० वजे शुरू भएको कार्यक्रम १२:१५ मा सकिएको थियो ।
उत्पादनमुखी प्राविधिक शिक्षा आजको आवश्यकता
उत्पादनमुखी प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ शुरु भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सानोठिमी, भक्तपुरको ३५ औं वार्षिकोत्सव कार्यक्रममा परिषद्का सदस्य सचिव श्री जीवनारायण काफ्लेले परिषदको वार्षिक कार्य प्रगती र वर्तमानका चुनौतिहरुमा प्रकास पार्नु भएको थियो । मुलुकमा निम्न तथा मध्यम स्तरका प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले बि. सं २०४५ मा स्थापना भएको परिषदको स्थापना कालमा ६ वटा आंगिक शिक्षालय र ९३२ कर्मचारी दरवन्दि थियो । परिषदकाे अहिले ६५ वटा संस्थामा विस्तार भएको छ भने कर्मचारी