पारिवारिक मिलन तथा बनभोज
फाल्गुन ०७, २०७९
बिमला देवकोटा
काठमाडौंको उत्तरी भेग मुड्खुको आचार्य बस्तीका स्व. रेवतीरमण तथा लिलादेवी शर्माको तीन सन्तान दुई छोरा एक छोरी मध्ये जेठा छोरा पं. जगन्नाथ आचार्य (बाबरी पण्डित) का जीवित सन्तान दुई छोरा तीन छोरीगरि जम्मा पाँच सन्तान तिनिहरूका छोरा वुहारि छोरि ज्वाइँ नाति नातीना समेत गरि जम्मा ३२ जना छन्।
कान्छा छोरा केदारनाथ आचार्य ( रामेश्वर) का चार छोरी र तीन छोराका वुहारि तथा नातिनातिना सहित जम्मा सन्तान जना २७ जना छन्।
छोरि सानुमैयाँ भट्टराईका दुई छोरा दुई छोरीका सन्तानहरू जम्मा २२ जना छन्।
रेवतीरमण शर्मा दम्पतिको सन्तान जम्मा ८१ जना रहनु भएकोमा उहाँहरूका सन्तान स्वदेश तथा विदेशमा छरिएका छन् । विदेशमा रहेका १६ सन्तान र नेपालमा रहेका ६५ जना मध्ये पारिवारिक एकता तथा एक आपसमा चिनजानको हेंतुले गएको फागुन ०७ गते काभ्रे जिल्लाको खोपासीमा रहेको लड्केश्वर महादेवको दर्शन तथा वनभोज कार्यक्रमको लागि ४८ जना जम्मा भएर भव्य तथा सभ्य तरिकाले दर्शन पुजाआजा सहित वनभोज कार्यक्रम मनाईयो ।
यस अवसरमा फुपु दाजुभाई दिदिबहिनी भाउजू वुहारिहरू नन्द आमाजुहरू साना केटाकेटिहरूले एक आपसमा रमाईलो साटासाट गर्दै नाचगान तथा आत्मियभाव प्रकट गरेका थिए ।
कार्यक्रममा ८४ पुजा गरि सकेको आमा देखि ४ वर्षको बच्चासम्मको उपस्थिती थियो । यसरी फरक उमेर समूह र आफ्नो परिवारीक जमघट भएको हुनाले यो एकदमै ऐतिहासिक जमघट भएको थियो ।
संचार र प्रबिधिले दिएको सुविधाको सदुपयोग गर्दै पुस १५ गते तमु ल्होसारको दिन हल्का रूपमा कुरा चलाएर यति छिट्टै यो जमघट गर्न सफल भएका थियौ । वनभोज कार्यक्रममा तीनघरका दिदी बहिनी तथा भाउजू वुहारिको महिनामा एक पटक भेला गर्ने तथा केही रकम बचत समेत गर्ने गरि निर्णय गरिएको थियो । यो पारिवारिक मिलन तथा वनभोज कार्यक्रम साच्चै उदाहरणिय कार्य भएको थियो।