विलोम अभ्यास – १ सम्पन

(लघुकथाकार मल्लसंग साक्षतकार)

पहिलो भेटघाट अग्रज लघुकथाकार, कवि एवम् सडक नाटकको सुत्रधार नाट्यकर्मी अशेष मल्लसँग

 लघुकथामा नौलो अभ्यास ‘विलोम’को पहिलो अभ्यास सम्पन्न भएको छ । लघुकथाकार त्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत पहिलो अभ्यास फागुन ३ गते गरिएको हो ।

नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पु¥याउनु यस अभियानको उद्देश्य हो । सोही उद्देश्य अनुरूप पहिलो भेटघाट अग्रज लघुकथाकार, कवि एवम् सडक नाटकको सुत्रधार नाट्यकर्मी अशेष मल्लसँग उहाँकै निवास सनसिटी, कॉडाघारी काठमाण्डौमा गरिएको हो । लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा पहिलो कुराकानी अन्तर्गत श्री मल्लसँग झण्डै दुई घण्टा लघुकथा के हो र कस्तो हुनुपर्छ भन्ने देखि लघुकथा लेखनमा देखा परेका प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध पक्ष बारे र उहाँको लघुकथा लेखनका अनुभूति बारेमा पनि विस्तृत कुराकानी भएको थियो ।

लघुकथाको ऐतिहासिकता उन्खनन एवम् लघुकथाको बढ्दो लोकप्रियतालाई दृष्टिगत गर्दै यसको स्तरीयता कायम राख्नका लागि यस किसिमको अभ्यासबाट सहयोग पुग्ने यसका अभियन्ताहरूको धारणा छ ।