शम्भु श्रेष्ठ
हरेक उत्सवलाई हामी उत्साहपूर्वक मनाउने गर्छौ।प्राकृतिक छटा पनि सौन्दर्यले उज्यालिएको छ।यसै उमङ्गमा इन्द्रेनीले घुम्टो उघारेकी छिन्।जुन निकै मोहक एवं शोभनीय देखिन्छ।
अत:हनुमानढोकाको नौं तले दरबार श्री ५पृथ्वीनारायण शाहले
वि.सं.१८२६मा बनाएका हुन्।सोही दरबारको दक्षिणपट्टि दुर्गा भवानी मूर्तिसहित एउटा अभिलेख राखिएको छ।सो अभिलेखमा `…राजामा सिंहजस्ता(पृथ्वीनारायण शाह)ले फागुको उत्सव गरीकन किसिम- किसिमका झ्यालले सिँगारिएको विलासमन्दिर खुसीसाथ बनाउनु भयो´भनी त्यहाँ उल्लेख गरेको छ।
हनुमानढोका क्षेत्रमा गाडिएको सो चीरमा विभिन्न ध्वजापताका सिँगारिएका छन्।जसले हाम्रो जिन्दगीको नवरसलाई प्रतिनिधित्व गर्नुको साथै यो दुनियाँ रङ्गीन भएको यथार्थतासमेत बताइरहेको छ। यसै बीच मित्र देवेन्द्र अर्याल,रवीन्द्र लामा र गगनदीप सदा सर्वदा सदाबहार हुने चिरञ्जीवीको कामना गर्दै थिए।