शोभाकान्त पाण्डेय
अन्तर्राष्ट्रीय महिला दिवसकाे शुभ अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुमा सुख , शान्ति , समृद्धिकाे लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
अधिकार के हाे ? अधिकार अाफु मात्रै लिने कि अाफु पनि दिने ? अधिकार लिन मात्रै लड्ने कि दिन पनि लड्ने ? अाफ्नाे अधिकारकाे लागि मात्रै लड्ने कि , अरुकाे अधिकार दिलाउन पनि लड्ने ? अधिकार लिन अायातित संस्कार अवलम्बन गर्ने कि , अाफ्नै सनातन संस्कारकाे अनुभुती र रक्षा हुने गरि लड्ने ? म कति दिदैछु र कति लिदैछु ? मेराे कर्मले घर , समाजमा कस्तो प्रभाव पार्न सक्छ ? म कति उदार छु ? के वास्तवमै मैले गरेकाे कर्मले समाजमा सकरात्मकता ल्याउछ त ? अधिकारका लागि भन्दै लहड र वहकाउमै समय खेर फाल्ने कि , अाफु पनि सुधाराेन्मुखतिर लाग्ने ?
कसमाजलाई सकरात्मक साेच सहित अगाडि बढाउन र हाम्रो सनातन धर्म , संस्कृति र संस्कारलाई थप बल पुग्ने गरि अगाडि बढ्न म हार्दिक अनुराेध गर्दछु । अन्यथा नलिनु हाेला । मैले समाजमा देखेकाे कुरा वाेलेकाे हुँ । केही महिलाका कारण समाज धुमिल हुँदैछ । केही महिलाका कारण अाम महिला दिदीबहिनी लज्जित हुनुपरेको छ । यसमा सबै सचेत बनौ । महिला दिवस बर्षमा एक दिन कार्यक्रम गरि मनाउने कार्य नभै ३६५ दिन नै महिला प्रति हेर्ने र गर्ने व्यवहार सकरात्मक हाेस् । महिला लाई हाम्रो समाजले देवीको रुपमा ग्रहण गरेकाे छ । देवी देवि कै रुपमा रहन पनि सक्नुपर्छ । हाम्रो कारण समाज थप धुमिल नहाेस् , हाम्रो कारण समाजलाइ केहि न केहि सकरात्मक सन्देश जावाेस् भन्दै महिला-पुरुष सबैमा विनम्र अनुराेध सहित महिला दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।