मिति २०७८ साल फाल्गुन २७ गते २०४६ सालमा श्री नागार्जुन माध्यामिक विद्यालयबाट बि.सं. २०४६ सालमा प्रवेशिका परीक्षा दिएका बिद्यार्थीहरूबाट शिक्षक सम्मान तथा बिद्यालयकाे रेकर्ड अनुसार शिशु कक्षा देखि १० कक्षासम्मका विद्यार्थी भाई बहिनीहरूलाई शैक्षिक सामग्री बितरण गर्नुका साथै स्वास्थ्य सामग्री बितरण गरि बिद्यालयकाे ऐतिहासमानै भव्य तथा सभ्य कार्यक्रम सम्पन्न गरि कार्यक्रमकाे अन्त्यमा अब उप्रान्त फागुन २७ गतेलाई बिद्यालयकाे बार्षिक कार्यक्रमकाे रूपमा मनाउने घाेषणा अनुरूप पूर्व बिद्यार्थीहरूले आज श्री नागार्जुन माध्यमिक बिद्यालय को ६० औं स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रम पूर्व बिद्यार्थीहरूकाे पलमा सम्पन्न गरियाे ।
यस कार्यक्रममा बिद्यालयकाे स्थापना कालदेखि आफ्नाे सेवा अबधिरहेंसम्म लामाे समय सेवा गर्नु भएका आदरर्णिय गुरूबर पूर्व प्रधानाध्यापक श्री ऋषि प्रसाद आचार्यज्यूकाे गरिमामय उपस्थीति भएकाे थियाे । उहाँकाे उपस्थितीले कार्यक्रमकाे शाेभा बढेकाे थियाे ।
यसैगरि बिद्यालयमा विशेष याेगदान पुर्याउनुहुने स्थानिय बुद्धिजीवी अभिभावक श्री गंगा प्रसाद फुयालज्यू, अभिभावक श्री ठाकुर प्रसाद दुलालज्यू, अभिभावक श्री हरिवावु फुयालज्यू, अभिभावक श्री अर्जुन फुयालज्यू, अभिभावक श्री परशुराम फुयालज्यू, समाजसेवी हरि प्रसाद दाहालज्यूका साथै २०४२ सालमा बिद्यालयबाट पहिलो प्रवेशिका परीक्षा दिने आदरणीय व्यक्तित्व एबं प्राबिधिक शिक्षा व्यावसायिक तालिम परिषद (CTEVT) का उप-निर्देशक श्री श्रीधर नेपालज्यूहरूकाे उपस्थिति थियाे । बार्षिकोत्सव को अवसरमा उहाँहरूलाई टीका तथा फूलमालाले सम्मान गरिएकाे थियाे । उहांहरुले बिद्यालयको बिषयमा महत्वपूर्ण शुभकामना सन्देश तथा सुझाव पनि दिनु भएकाे थियाे ।
६० औं बार्षिकोत्सव कार्यक्रममा पूर्व बिधार्थी श्री केदार फुयालज्यूबाट स्वागत गीत समेत प्रस्तुत गरि अतिथिहरुलाई स्वागत गर्दै छाेटाे स्वागत मन्तव्य राख्नु भएकाे थियाे । मन्तव्यकाे क्रममा उहाँले पूर्व विद्यार्थी भनेका बिद्यालयका महत्वपूर्ण गहना र सम्पत्ति हुन् भन्नु भएकाे थियाे ।
त्यसै गरी पूर्व बिधार्थीहरुको महत्वपूर्ण भूमिकाको बिषयमा पूर्व बिधार्थी श्री रमेश फुयाल र राजेन्द्र अर्यालज्यूले आफ्नो मन्तव्य राख्नु भएकाे थियाे ।
उक्त कार्यक्रम श्री नागार्जुन माध्यमिक बिद्यालय पूर्व बिधार्थी समूहका अध्यक्ष श्री बिमला आचार्य दोबकोटाज्यू को सभापतित्वमा भएको थियो ।
बि.सं. २०१९ सालमा स्थापना भएको यो बिद्यालयले ६० बर्ष व्यतित गरेको छ । यस बिद्यालयबाट बि. सं. २०४२ सालमा पहिलो प्रवेशिका परीक्षा दिएको र हालसम्म यस बिद्यालयबाट ३६ औं पटक प्रवेशिका परीक्षा दिइसकेको छ । यसरी ३६ औं पटक प्रवेशिका परीक्षा दिएका पूर्व विद्यार्थीहरू झण्डै ८५० को हाराहारीमा छन् ।
हाल यस बिद्यालयमा चार सय भन्दा बढी बिद्यार्थीहरू अध्ययन गरी रहेका छन् ।
स्थापना कालदेखि केही बर्ष अगाडिसम्म अब्बल स्थानमा रहेको यो बिद्यालयको शैक्षिकस्तर अहिलेकाे अवस्थामा एकदमै नाजुक भएकाे छ । बिद्यालयको स्तरोन्नति पनि हुन सकेको छैन तसर्थ हामीहरु पूर्व बिद्यार्थीहरुको समूह नै बनाई “श्री नागार्जुन माध्यमिक विद्यालय पूर्व बिधार्थी समूह २०७९ मार्फत यो बिद्यालयको अवस्था र यसलाई आगामी दिनमा कसरी सुधार गर्न सकिन्छ भन्ने हेतुले श्री नागार्जुन माध्यमिक विद्यालयको ६० औं स्थापना दिवस तथा बार्षिकोत्सव समारोह बिद्यालयसंगै रहेको श्री रुद्रेश्वर महादेव मन्दिर को प्रांगणमा केक 🍰 काटेर रमाईलोसंग मनाईयो ।
अन्तमा श्री नागार्जुन माध्यमिक विद्यालय को ६० औं स्थापना दिवस तथा बार्षिकोत्सव समारोह को केक काटेर कार्यक्रम समापन गरियो । उक्त अनौपचारिक कार्यक्रममा पाल्नुहुने सम्पूर्ण अतिथिज्यूहरु, पूर्व बिधार्थीहरु, अभिभावकज्यूहरू समाजसेवीहरू प्रति हार्दिक आभार व्यक्त गर्दछाै ।
श्री नागार्जुन माध्यमिक विद्यालय पूर्व बिधार्थी समूह २०७९