समाजसेवामा जुट्दै सशस्त्र प्रहरी परिवार महिला संघ

सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल भारत महिला मैत्री समाजकाे संयुक्त आयाेजनामा तारकेश्वर नगरपालीकाे वडा नं ५ काे अर्यालटारमा रहेकाे निर्माणाधिन रंगशालामा नि:शूल्क स्वास्थ्य शिवीर संचालन भयाे ।




उक्त स्वास्थ्य शिविर मा महिला २०८ र पुरूष ३८८ गरि जम्मा ५९६ ले स्वास्थ परिक्षण गराउनु भएकाे थियाे ।
स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, नाक, कान, घाँटी स्त्री राेग, वालराेग, आँखा, हाडजाेर्नी लगाएत अल्ट्रा साउण्डकाे समेत सेवा प्रवाह गरिएकाे थियाे ।


शिविरमा विरामीहरूलाई नि:शूल्क ओेंषधि पनि बितरण गरिएकाे थियाे ।
तानपा भित्र रहेका अार्थिक अवस्था कमजाेर भएका विरामीहरू जसलाई व्हिल चियरकाे अत्यावश्यक थियाे उहाँहरूलाई ब्हिल चियर बितरण गरिएकाे थियाे ।

कार्यक्रमकाे प्रमुख अथिती, माननिय सांसद चन्दा चाैधरी, विशेष अथितीहरू नेपाल भारत महिला मैत्री समाजका प्रतिनिधिहरू, ता.न.पाकाे उप मेयर श्री सृजना बुर्लाकाेटी, अर्याल, वडा नं ०५ का अध्यक्ष श्री सम्भु फुयाल लगाएत सशस्त्र परिवार महिला संघका कर्मचारिहरूकाे उपस्थिति थियाे । कार्यक्रमकाे अध्यक्षता सशस्त्र प्रहरी परिवार महिलाकाे अध्यक्ष श्री अनिता लामीछाने अर्यालले गर्नु भएकाे थियाे ।


गुडन्यूज काठमाडौंका संवाददाताले शिविर संचालन भएकाे स्थानमा गएर स्वास्थ्य परिक्षण गराई रहेका स्थानीयहरूसंग केही जिज्ञासा राख्नु भएकाे थियाे ।
यसरी जिज्ञासा राख्दा बिरामीहरू अतिनै खुशि थिए । आफ्नाे गाउँठाउँमा यस्ताे किसिमकाे स्वास्थ्य सेवा ईतिहासमानै पहिलाे पटक हामीले पाएका छाैं । हाम्राे अनुभवमा यति राम्राे व्यवस्थितसंग सबै किसिमकाे सेवा परिक्षण एकैठाँउबाट पाउँदा हामी अायाेजकलाई ह्दय देखिनै धन्यबाद दिन चाहन्छाै । यस्ता कार्यक्रमहरू फेरि फेरि पनि संचालन भएमा हामी आभारि हुने थियाैं भनि स्थानियले वताउनु भयाे ।
याे शिविर साच्चैनै उत्कृष्ठ थियाे ।
यति राम्राे व्यवस्थापन गरि यस्ता धेरै स्वास्थ्य परिक्षणकाे सेवा प्रवाह गर्नु भएकाेमा सशस्त्र परिवार महिला सघलाई हार्दिक धन्यबाद ।