डा. बिष्णु प्रसाद देवकाेटा
नारीदिवस या महिलादिवसकाे सन्दर्भ चलिरहेकाे छ ।त्यसका पात्र महिलाहरूलाई शुभकामना छ भूरि भूरि र मूरिमूरि । नर र नारीशब्दकाे मूल नृनये पाणिनिकाे धातु हाे ।सन्मार्गगमनमा नरले नारीलाई र नारीले नरलाई सहयाेग गर्ने अर्थमा नरशब्द बन्दछ र त्यसैशब्दबाट नारीशब्द बन्ने हुँदा नारी पुरुषलाई सन्मार्गमा लगाएर समाजाेन्नयनमा सहयाेग गर्दछिन् । यस कारण र दश महिना संम गर्भमा धारण गरेर कष्टका साथ सन्तान जन्माउने एवं रातदिन नभनी पालन पाेषण गर्ने भएकीले नारी माताकाे रूपमा पूजनीय र श्रद्धेय छिन् ।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ यसै कारण भनिएकाे हाे ।पाणिनीय व्याकरणमा कात्यायनले ‘अभ्यर्हितञ्’च वार्तिक बनाएर मातृजातिलाई अगाडि राखेर मातापितराै सीतारामाै राधाकृष्णाै उमामहेश्वराै आदि शब्दरूपहरू बनाए । यस्ता पूजनीय मातृजातिकाे स्वतन्त्रतादिवसकाे सन्दर्भमा उनका विशेषता बताउने केही सदुक्तिहरू उपस्थापित गर्न चाहान्छु-महाभारतमा भनिएकाेछ-पूजनीया महाभागा:पुण्याश्च गृहदी प्तय: ।स्त्रिय:श्रियाे गृहस्याेक्तास्तस्माद्रक्ष्या विशेषत: घरमा नारीहरू पूजनीया,महान् भाग्यका दाता,पुण्यदात्री,घरका प्रकाशस्वरूपा,लक्ष्मीस्वरूपा हुने भएका कारण विशेषरूपमा तिनकाे रक्षण र समादर हुनुपर्दछ ।यथार्थकथन हाे याे । यसकाे पात्रता नारीहरूमा निरन्तरित चाहिँ हुनुपर्दछ । दुर्गासप्त शतीमा पनि भनिएकाेछ -‘स्त्रिय: समस्ता सकला जगत्सु’ । यहाँ सकला: शब्दकाे अर्थ हाे कलाले सहित भएका । महाकालीका कला नारीहरूमा हुन्छन् भनिएकाे हाे ।
कला भनेकाेअंश वा शक्ति हाे । नारीहरू दुर्गाका अंश वा तेज हुन् । यस कारण उनीहरूकाे आदर सम्मान र सहभागिता समाज र देशकाे उत्थानमा आवश्यक हुन्छ भन्ने तथ्य प्रतिपादन यसकाे तात्पर्य हाे । सँस्कृतका नीतिग्रन्थहरूमा अन्य एक श्लाेक पनि छ-व्यालग्राही यथा सर्पं बिलादुद्धरते बलात् ।तद्वदुद्धृत्य सा नारी सदा तेनैव मादते । अर्थात् जसरी सपेराले सर्पलाई प्वालबाट तानेर त्यसलाई सन्मार्ग प्रदान गर्दछ वा सही काममा लगाउँदछ, त्यसरी नै नारीले आफ्नाे नर वा पतिलाई बाटामा लगाएर त्यसैसंग समाजाेन्नयनकाे काममा लागेर खुशी हुन्छे । याे हाे सँस्कृतवाङ्मयले चाहेकाे नारीकाे स्वरूप । यस्ताे हुनलाई यस वाङ्मयकाे अध्ययन पनि आवश्यक छ ।