शिव, शिवरात्री र शिवालय पशुपतिनाथ मन्दिर – -षडैश्वर्यसम्पन्न शक्तिमान्लाई भगवान् भन्दछन् शास्त्रहरू ।भगवान् कुनै काम गर्न, नगर्न र अन्यथा गर्न समर्थ हुनुहुन्छ भन्ने विश्वास शास्त्रहरूकेा छ ।नररूप भगवान्हरूमा त्रिदेवहरू प्रसिद्ध छन् -ब्रह्मा विष्णु र महेश या शिव ।हाम्रेा शरीरकेा बनेाटकेा आधारमा भन्नुपर्दा ब्रह्माजी शिर:स्थानीय, विष्णु घाँटी देखि तल कटिभागस्थानीय र शिव कटिभन्दा तलस्था -नीय मानिन्छन् ।यसै कारण शिवजीलाई संसारेात्पादक लिङ्गकेारूपमा पूजा गरिन्छ ।ब्रह्मा सृष्टिकर्ता,विष्णु पालनकर्ता र शिव संहारकर्ताकेा रूपमा मानिन्छन् ।साहित्यलाई सत्य, शिव र सुन्दर मानिएझैं शिव सत्य , शिवस्वरूप वा कल्याणस्वरूप र सुन्दर मानिन्छन् ।सस्कारका विभिन्न पुस्तकहरूमा हाम्रा देवी देवताहरूलाई प्रिय मानिने पूजाप्रकारहरू यी हुन्- -दीपप्रिय:कार्तवीर्येा मार्तण्डेा नतिबल्लभ: ।स्तुतिप्रयेा महा -विष्णुर्गणेशस्तर्पणप्रिय:।।दुर्गार्चनप्रिया नूनमभिषेकप्रिय: शिव: ।तस्मादेतद्विधायैव तत्तदाराधनं भवेत् ।।कार्तवीर्यलाई दीपज्वाला प्रिय हुन्छन्,भगवान् सूर्यलाई उपस्थान प्रिय हुन्छ,भगवान् विष्णुलाई विष्णुसहस्रनाम आदिकेा स्तेात्रपाठ प्रिय हुन्छ ,गणेशलाई लड्डूहरू प्रिय हुन्छन्,दुर्गालाई सृङ्गारपटार सहितकेा पूजा प्रिय हुन्छ र शिवजीलाई जलाभिषेक वा रुद्राभिषेक प्रिय हुन्छ ।शिवरात्रीमा पनि शङ्करजीकेा जलाभिषेक नै मुख्य पूजा हेा र त्येा नै गरिन्छ ।भगवान् शङ्कर शास्त्रज्ञानका पनि दाता मानिएका छन् पूजावाङ्मयमा-आरेाग्यं भास्करादिच्छेत् धनमिच्छेद्धुताशनात् ।ज्ञानञ्च शङ्करादिच्छेन्मुक्तिमिच्छेज्जनार्दनात् ।।भक्त मानिसले नीरेागिता सूर्य भगवान् बाट चाहनुपर्दछ,धनकेा इच्छा हुताशन वा अग्निदेवबाट राख्नुपर्दछ,शास्त्रीय र व्यावहारिक ज्ञान भगवान् शिव वा शङ्करसँग र मुक्ति वा मेाक्षकेा कामना भगवान् जनार्दन वा विष्णुबाट राख्नुपर्दछ । -भगवान् शिव द्वादश ज्येतिर्लिङ्गकेा रूपमा प्रसिद्ध हुनुहुन्छ ।गुजरातकेा सैाराष्ट्रमा सेामनाथकेा रूपमा,आन्ध्रप्रदेशमा मल्लिकार्जुनकेारूपमा,मध्यप्रदेशकेा उज्जैनमा महाकालेश्व रकेा रूपमा मध्यप्रदेशकै इन्दैारमा ओङकारेश्वरकेारूपमा, उत्तराखण्डमा केदारनाथकेारूपमा, महाराष्ट्रमा भीमशङकरकेा रूपमा,काशीमा विश्वनाथकेा रूपमा,महाराष्ट्रमा नै त्र्यम्बके श्वरकेारूपमा,झारखण्डमा वैद्यनाथकेारूपमा,गुजरातकेा द्वारकामा नागेश्वरकेारूपमा,तमिलनाडूकेा रामनाथपुरम्मा रामेश्वरकेारूपमा र महाराष्ट्रमानै धृष्णेश्वर या घुस्मेश्वरकेारूपमा प्रसिद्ध छन् ।हाम्रेा नेपालकेा काष्ठमण्डपमा स्थित पशुपतिनाथ चाहिँ सबै द्वादशलिङ्गहरूकेा सामूहिकरूप र केदारनाथकेा शिर:स्वरूप मानिन्छन् र पशुपतिनाथकेा दर्शन नगरिकन द्वादशलिङ्गकेा र खास गरेर केदारनाथकेा दर्शन पूर्ण मानिन्न ।पशुपतिनाथ पञ्चवक्त्र या पञ्चमुखी मानिन्छन ।उनका पाँच मुखहरू हुन्-पूर्वपट्टिकेा तत्पुरुष,पश्चिमफर्केकेा सद्येाजात ,दक्षिणकेा अघेार ,उत्तरकेा वामदेव वा अर्द्धनारीश्वररूप र माथि फर्केकेा ईशान ।दूध दही घृत र महले र सबै मिलाएर यी मुखहरूकेा पूजा हुन्छ ।
भगवान् शिव समन्वयवादी देवता भएकाले इनकेा परिवारमा सर्प मूसा बाघ र बसाहा साँडे मिलेर वसेका र वसाइएका छन् ।इनकेा परिवारमा भीत र भीषक छछैनन् वा हुदैनन् ।यहाँ कसैले डराएर पनि वस्नुपर्दैन र कसैलाई डर दिएर पनि वस्न पाउँदैन । शिवजी या पशुपतिनाथ गृहस्थकारूपमा देखिनुहन्छ ।वहाँका दुई छेारा गणेश र कार्तिकेय मानिन्।छन् ।उनका छेरीहरू पनि थिए र ती तीनवटी थिए भनिन्छ -अशेाकसुन्दरी,ज्येाति या ज्वालामुखी र मनसादेवी वा वासुकी ।पार्वतीकेा एकाकीपनलाई समाप्त पार्न अशेाकसुन्दरीकेा जन्म मानिएकेा छ ।पार्वतीकेा एकाकीपनलाई समाप्त पारेकीले यी अशेाक सुन्दरी भइन् ।
इनकेा विशेष पूजा भारतकेा गुजरातमा हुन्छ ।ज्येाति शिवपार्वतीकेा ललाटकेा तेजबाट जन्मेकी हुन ।इनलाई ज्वालामुखी पनि भनिन्छ ।तमिलनाडूमा इनकेा विशेष पूजा हुन्छ ।मनसादेवी कुनै कारणले उपेक्षित थिइन् भनिन्छ ।यसै कारण इनी क्रेाधमूर्ति भइन् र विना मूर्ति इनकेा पूजा हुन्छ ।बंगालमा इनकेा पूजा गरिन्छ भन्ने सुनिन्छ ।तीन आँखा हुनु,नीलक्ठता,जटाधारण,भस्माङ्गता,व्यघ्राम्वर ,नागेन्द्रहार,डमरु र त्रिशूल लिनु र नन्दीश्वर आदि इनका विशेषता हुन ।यसै कारण इनकेा पूजा र सम्मानका लागि शिवरात्रीपूजा हेा ।
शिवरात्रि फाल्गुनकेा कृष्णपक्षकेा चतुर्शीका दिन पर्दछ ।शिवजी एकादशरुद्रकेा रूपमा मानिएकाले एघारैां महिना इनलाई प्रिय भएकेा हेा ।सबै महिनाका चतुर्दशीहरू शिवरात्री हुन ।भारतीय पञचाङ्गहरूमा यस दिनलाई शिवरात्री नै लेखिएकेा पाइन्छ ।यस कारण फाल्गुनकेा कृष्णचतुर्दशी चाहिँ महाशिवरात्रि हेा ।यसलाई शिवप्राकट्यदिन ,शिवप्रिय दिन भएका कारण र व्याधा आदिले ज्ञानप्राप्त गरेकेा दिन पनि भएकेाले येा महाशिवरात्रि हेा ।
चेतनाप्राप्ति र लक्ष्यप्राप्तिका लागि जागरण समेत गर्नुपर्दछ भन्ने शिक्षा दिन पनि शिवरात्रिकेा प्रचलन हेा । शिवरात्रि जस्तै सुखरात्रि,कालरात्रि र माहरात्रि पनि ती ती लक्ष्यप्राप्तिका लागि प्रसिद्ध छन् ।यसमा निर्जलव्रत,रात्रिजागरण , चार प्रहरकेा पूजा शिवलिङ्गमा पञ्चामृताभिषेक आज हुन्छ र गर्नुपर्दछ ।भगवान् शिव सुर र असुर दुबैका देवता भएकाले इनीबाट दुबै उपकृत र वरप्राप्त छन् ।शिवले राम र रावणलाई एवं शुक्राचार्य र भस्मासुर आदिलाई यसै कारण वर दिएका हुन् । -नेपालका शिवालयहरू र विशेष गरेर पशुपतिनाथ मन्दिर हिन्दुशिल्पकला र बैाद्धवास्तुकलाकेा अनैाठेा मिश्रणले बनेकेा छ ।
यस कारण पनि महाशिवरात्रीमा विदेशबाट पनि यसकलाकेा दर्शनका लागि पनि भक्त र प्रकृतिपिपासु यहाँ आउने गर्दछन् ।यस मन्दिरमा नेपालका लिच्छवीकालका राजा देखि शाहवंशका राजाहरू सम्मकेा लगानी र सम्वर्धन रहेकेा छ यसकेा आन्तरिक पूजा देखि बाह्यसंरचनाकेा निर्माणमा समेत इनकेा सकारात्मक सहयेाग छ ।यसै कारण येा पशुपतिनथ मन्दिर यस स्थितिमा पुगेकेा हेा ।यसकेा स्थापना प्रचण्ड देवले गरे ।देवलनिर्माण सुपुष्पले गरे ।पञ्चामृतले नै पशुपतिकेा स्नान हुनुपर्ने विधान पृथ्वीनारायणले गरे ।वर्तमान मूर्तिकेा निर्माण जयदेव सिंहले गरे ।महास्नान गराउने चलन अभय मल्लले चलाए ।
मरणाशैाच आदिमा पनि पूजा अविच्छिन्न हेास भनेर भारतीय भट्ट पूजारी राख्ने स्थिति यक्ष मल्लले बनाए ।नेपाल राष्ट्रका राष्ट्देव मान्नुपर्ने चलन अंशु वर्माले चलाए ,स्वर्णमय मन्दिर भास्कर वर्माले बनाए ।यसरी राजाहरूकेा पनि ठूलेा येागदान भएकेाले पनि मन्दिरकेा कलाकैाशल हेर्न पनि जनता आउने भएकाले नेपाल र पशुपतिनाथकेा महाशिवरात्री भव्य र आकर्षक हुने गर्दछ ।
शिवपूजा त हामी के गर्न सक्छैां र यत्ति क्षमायाचनासम्म गर्न श्रीशङ्कराचार्यकेा भाषामा गर्न सक्छैां-करचरणकृतं वाक्कायजं कर्मजं वा स्मरणनयनजं वा मानसं वापराधम् ।विहितमविहितं वा सर्वमेतत् क्षमस्व जय जय करुणाब्धे श्रीमहादेव शम्भेा । मेरा हातबाट नाम्रेा काम भएकेा हेाला त्यसकेा, चरण वा खुट्टाबाट गलत ठाउँमा गइएकेा हेाला त्यसकेा,वाणी र शरीरबाट,मेरा नराम्रा कामबाट गलत र तामसीदेवताकेा स्मरणबाट नयनहरूकेा गलत वस्तुहरूकेा दर्शबाट भएका र मनले समेत गरेका अपराधहरूलाई समेत हे करुणाका सागर महादेव शम्भु क्षमा गरिदिनुहेाला ।तपाईकेा जय जय हेास ।