स्थानीय सरकारको उपलब्धि मुलक कार्य
बितग लामो समय देखि अवरुद्ध रहेको तारकेश्वर नगरपालिकाको वडा नं ३ को तिनपिप्ले, आठमाइल,ठुलागाउँ तथा वडा नं ५को ओसो तपोवन, मुड्खु, रानीवन, वैखु, नाकनडोल त्यस्तै गरी वडा नं ४को हुदै काठमाण्डौं महानगर पालिकाको वडा नं १६ वाईपास सम्मका स्थानीय जनताले लामो समयदेखि भोग्दै आएको यातायातको कठिनाई अव फेरि सुचारु भई पुनः पहिलाको अवस्थामानै संचालन हुने भएको छ ।
तारकेश्वर नगरपालिकाको वडा नं ३ का वडा अध्यक्ष श्री परशुराम अर्याल र वडा नं ५ का वडा अध्यक्ष श्री शम्भु फुयाल तथा ३ र ५ को जनताले भोग्नु परेको कठिनाईलाई महसुश गरी यी वडा कार्यालयहरुको पटक पटको प्रयास पश्चात नगरपालिका अन्तर्गत संचालनमा रहेका बालाजु यातायात प्रा.लि., तारकेशवर यातायात प्रा.लि.र जितपुर चिसापानी यातायात प्रा.लि. संग मिति २०७९।११।२३ को संयूक्त वैठकले मिति २०७९ चैत्र ०१ गतेबाट लागूहुने गरी तिनपिप्ले, आठमाइल, ठुलागाउँ तथा वडा नं ५को ओसो तपोवन, मुड्खु, रानीवन, वैखु, नाकनडोल, वाईपास हुदै रत्नपार्कसम्म सवारी साधन संचालन गरिने भएको छ । यसरी दैनिक चारवटा वसले बिहान ५:०० बजे र ८:०० वजे तथा साँझ ६:०० बजे र ६:४५ बजे गरी जम्म चारवटा वसले सेवा दिने भएका छन् । यसरी दैनिक विहान दुई र साँझ दुई भए पनि दैनिक वजारसम्म सम्पर्क गर्ने यात्रुहरुलाई धेरैनै राहत हुने महशुस गरिएको छ ।
यद्यपी आजदेखि संचालनमा आएको यो यातायात परिक्षणको रुपमामात्र भए पनि स्थानीयहरु धेरैनै खुशि भएका छन् । goodnewskathmandu.com को सम्वाददाताले यस विषयमा स्थानीयहरुसंग लिएको जिज्ञाषा यस प्रकार छन् ।
स्थानीय पर्यटन व्यवसायि श्री राजु फुयालकाे भनाई ।
तारकेश्वर नगरपालिका काठमाडौं जिल्लाकाे उत्तरीभेगमा रहेकाे छ । यस नगरपालिकाे मुड्खु, आठमाईल, ठुलागाँउ, तिनपिप्ले भएर नुवाकाेटकाे त्रिशुली जाेड्ने पासाङ्गलाम्वु सडक धेरै पुरानाे सडक हाे । यहाँका वासिन्दाहरू यहि राजमार्ग भएर ओहाेर दाेहाेर गर्ने गरका थिए ।
छाेटाे रूट तिनपिप्ले , रानीपाैवासम्म र लामाे रूट त्रिसुली नुवाकाेट तथा रसुवाका धेरै स्थानहरूमा सार्वजनिक यातायात चल्ने गरेका थिए । तर गएकाे ५/६ वर्ष देखि नगर पालिकाकाे वडा नं. ३ र ५ का मुख्य गरि मुड्खु ठुलाेगाँउ, आठमाईल डाडागाँउका बासिन्दाहरू सार्वजनिक यातायातबाट बन्चित हुन पुगेका थिए । कुनै समय मुड्खु काठ भेगको लागि यातायातकाे हवनै थियाे । वरपरका सबै मानिसहरू यतैबाट ओहाेर दाेहाेर गरेपनि अहिले याे स्थान ओझेलमा परेकाे र यसले गर्दा यहाँकाे व्यवसायमा पनि असर परेकाे कुरा उहाँले वताउनु भयाे ।
विगतमा यहाँका बासिन्दाहरूले अन्य कुनै पनि ठाउँमा यातायातको सुबिधा नहुँदा तीनपिप्ले आठमाईल मुड्खु हुँदै बालाजुसम्म सार्वजनिक यातायातकाे सुबिधा लिने गरेका थिए ।
अहिले फुलबारी गेट गाेलढुङ्गाबाट रत्नपार्क जाने यातायातकाे सुविधा तथा त्रिशुली जानेबाटाे गल्छी देवीघाट र टाेखा छहरेबाट खुलेका कारण यस क्षेत्रका बासिन्दा साच्चै अप्ठ्याराेमा परेका छन् ।
यहि कारण धेरै वहस र सराेकारवालाहरूसंगकाे छलफलबाट
पुनः यहि चैत १ गते यहि राजमार्गकाे तीनपिप्ले, आठमाईल, डाँडागाउँ, ठुलागाउँ, मुड्खु, बैखु बालाजु हुँदै रत्नपार्कसम्म चल्ने भएकाे छ। यसरी पुनः यातायात सुचारू हुनुले यहाँकाे आन्तरिक पर्यटनकाे लागि भ्यूटावर तथा धार्मिक पर्यटनकाे लागि विशेष महत्व राखेका मन्दिरहरू तारकेश्वर मन्दिर, भुवनेश्वरि मन्दिरकाे दर्शन गर्न धार्मिक पर्यटनहरूलाई धेरै सहजहुने तथा यातायातकाे शुरूवातले ओझेलमा परेका धार्मिक स्थानहरूले अब साच्चै महत्व पाउने छन् भन्ने कुरा उहाँले वताउनु भयाे ।
तारकेश्वर ३ र ५ का वडा अध्यक्षहरूले यसमा विशेष पहल गरेको कुरा पनि ठुलागाउँका स्थानीय पर्यटन व्यवसायि तथा बासिन्दा श्री राजु फुयालले बताउनु भयाे ।
वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले याे सार्वजनिक यातायातकाे बारेमा व्यवसायीहरूले गरेकाे सम्झाैंता अनुसार १ महिना परिक्षणकाे रूपमा यातायात सन्चालन गर्ने । याे परिक्षण यात्रुहरूकाे चाप हेरेर निरन्तरता दिने वा नदिने बताउनु भयो । स्थानीयहरू धेरै पछि यातायात सुचारू भएकाे भएकाे खवरले ज्यादै हर्षित छन् ।
स्थानीय श्री कृष्ण प्रसाद आचार्यकाे भनाई ।
काठमाडौं जिल्लाकाे उत्तरीभेगमा रहेकाे तारकेश्वर नगर पालिकाकाे वडा नं. ३ र ५ का मुख्य गरि मुड्खु ठुलाेगाँउ, आठमाइल डाडागाँउका बासिन्दाहरू बिगत ५, ६ बर्ष देखि सार्वजनिक यातायातबाट बन्चित हुन पुगेका थिए । याे काठ भेगको त्यसमा पनि वरपर सबै मानिसहरू ६, ७ बर्ष पहिला त्यहि बाटाे भएर ओहाेर दाेहाेर गर्ने गरेका थिए । यहाँका बासिन्दाहरूले अन्य कुनै पनि ठाउँमा यातायातको सुबिधा नहुँदा यस ठाउँबाट तीनपिप्ले आठमाइल मुड्खु हुँदै बालाजुसम्म सार्वजनिक यातायातकाे सुबिधा लिने गरेका थिए ।
अब फेरि यहि चैत १ गते पुन यहि मार्ग तीन पिप्ले मुड्खु बालाजु हुँदै रत्नपार्कसम्म चल्नेभएकाे छ।तारकेश्वर ३ र ५ का वडा अध्यक्षहरूले यसमा विशेष पहल गरेको मुड्खुका स्थानीय बासिन्दा कृष्णप्रसाद आचार्य बताउनु हुन्छ ।वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले याे सार्वजनिक यातायातकाे बारेमा व्यवसायीले १ महिना परिक्षणकाे रूपमा यातायात सन्चालन गर्ने । परिक्षण यात्रुहरूकाे चाप हेरेर निरन्तरता दिने वा नदिने बताउनु भयो ।