काजी दामोदर पाँडेको २१९ औँ स्मृति दिवस

काठमाडौँ

काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले मिति २०७९ साल चैत्र ०३ गते शुक्रवारका दिन काजी दामोदर पाँडेको २१९औँ स्मृति दिवस मनायो । कार्यक्रम विसाल नेपालको एकिकरण अभियानमा महत्वपूर्ण योगदान पुर्याउनु हुने काजी दामोदर पाँडेको हत्या भएको निकट स्थान भद्रकाली मन्दिरको पूर्व पटि सडक छेउ त्रिकोण आकारको खालीठाउँमा प्रतिष्ठानद्धारा विहान ७:०० वजे देखि ८:०० बजे सम्म काजी दामोदर पाँडेको स्मृत्ती दिबस मनाइएको थियो ।  

काजी दामाेदर पाँडे

स्मृति सभामा काजी दामोदर पाँडेको स्मृत्ती दिबसको सन्दर्भमा काजी दामोदर पाँडेको तस्विरमा माल्यार्पण गर्नुका साथै ३:०० मिनेट मौनधारण गरी मनाईको थियो । उक्त स्मृति सभामा काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका सचिव श्री भक्त प्रल्हाद पाण्डले प्रेस विज्ञप्ती वितरण गर्नु भएको थियो । स्मृति सभामाको अध्यक्षता काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका अध्यक्ष श्री पवन बहादुर पाँडेले गनु भएको थियो ।

यसरी काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आफ्ना पुर्खाहरुको योगदान र स्मृतिमा यस्ता कार्यक्रम गर्दै आएको छ ।

काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठान

अध्यक्ष पवन वहादुर पाँडे

पवन बहादुर पाँडे

शुक्रबार ‘काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठान’ले काठमाडौँको भद्रकालीमा पाँडेको तस्वीरमा माल्यार्पण गरी दिवस मनाएएको हो।

पाँडेले नेपाल एकीकरणमा गरेको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली गरिएको प्रतिष्ठानका महासचिव भक्तप्रल्हाद पाँडेले बताए ।  काजी कालु पाँडेका कान्छा छोरा दामोदरको जन्म बि.सं १८०८ वैशाखमा गोरखामा भएको थियो ।

बि.सं १८५९ कात्तिकमा नायवी प्रथाको अन्त्य भई मुख्तियारी प्रथाको शुरू भएको र प्रथम मुख्तियारमा दामोदर पाँडे नियुक्त भएको प्रतिष्ठानले स्मृति दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बहादुर शाहले चौबिसी राजासँग लडाइँ गर्दा दामोदर पाँडे गोरखाली सेनाको प्रधानसेनापति रहेको र उनको अगुवाइमा नेपाल सीमा काली नदी कायम भएको प्रतिष्ठानले जनाएको छ ।

त्यसपछि उनी नेपाल–चीन युद्धमा सेनापति भई युद्ध लडेको र बेत्रावती सन्धि गर्न विशेष भूमिका निभाएको उल्लेख गरिएको छ । तत्कालीन शासकले बि.सं १८६० सालमा हाल भद्रकाली मन्दीर रहेको‍ स्थानमा पाँडेको हत्या गरेको बताइएको छ ।

“हाम्रो पुर्खा काजी दामोदर पाँडेको पूर्णकदको सालिक हत्या स्थलमा राख्ने योजना छ, ” महासचिव पाँडेले भने, “त्यस्तै उहाँको सम्मानमा भद्रकाली–माइतीघर सडकको ‘दामोदर पाँडे’ राख्ने पनि पहल गरिरहेका छौँ ।” 

२०७९ चैत्र ३, शुक्रबार

काजी दामोदर पाँडे (वि.सं. १८०८–१८६०) को २१९औँ स्मृति दिवसका सन्दर्भमा काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानको प्रेस विज्ञप्ती

काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठान

महासचिव भक्त प्रल्हाद पाँडेले

भक्त प्रल्हाद पाँडे

काजी कालु पाँडेका कान्छा छोराको रूपमा वि.सं. १८०८ वैशाखमा गोरखामा जन्मेका काजी दामोदर पाँडेलाई १७ वर्षको उमेरमा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा सालिन्दा ५०१ रूपैयाँको जागिर दिएको इतिहासबाट उनी बालिग हुँदा नहुँदै महŒवपूर्ण जिम्मेबारी प्राप्त गरिसकेको, २१ वर्षको उमेरमा दुधकोशी पूर्वका राज्यहरूलाई नेपालमा गाभ्ने अभियानमा सेनापति अभिमान सिं बस्नेत समेतले कन्काई नदीसम्म सिमा बिस्तार गर्ने अभियानमा दामोदर पाँडे गोरखाली फौजको दलमुख भैसकेका थिए । पृथ्वीनारायण शाहको छत्रछायाँमा हुर्केका दामोदर पाँडे रण कोशल, कूटनीतिक चातुर्य भएका र राजनीतिक दाउपेच गर्ने खुबीवान थिए ।

वि.सं.१८३१ मा राजा भएका प्रतापसिंह शाहको पनि उनी विश्वासपात्र भारदार थिए । श्री ५ मुमा बडामहारानी राजेन्द्रलक्ष्मीका पालामा काली पारिका चौबिसी राजाहरू लत्री सकेकोमा वि.सं.१८४३ पछि बहादुर शाहले काली पारिका चौबिसी राजाहरू उपर लडाईँ छेड्दा काजी दामोदर पाँडे गोरखाली सेनाको प्रधान सेनापति बनेको र उनको अगुवाईमा नेपालको सिमा काली नदी कायम भैसकेको थियो । यसपछि क्रमशः नेपाल भोट र नेपाल चीन युद्धमा दलमुख (सेनापति) भई युद्ध लडेको र प्रख्यात बेत्रावती सन्धी रच्नमा विशेष भूमिका निभाएको पाइन्छ ।

तत्पश्चात् विभिन्न प्रशासनिक र सैन्य गतिविधिमा संलग्न भई भौगोलिक एकतालाई प्रशासनिक मजबुती दिलाउन अथक प्रयत्न गर्दै रहेका र वि.सं.१८५४ मा बहादुर शाहको हत्यापछि यी गतिविधिमा केही संकुचन आएपनि आफ्नै बलबुताले वि.सं. १८५९ कार्तिकमा नायबी प्रथाको अन्त भई मुख्तियारी प्रथाको सुरु भएको र प्रथम मुख्तियार (प्रधानमन्त्री) काजी दामोदर पाँडे नियुक्त भएको इतिहास साक्षी छ । त्यसैले आधुनिक नेपाल अधिराज्यको पहिलो प्रधानमन्त्री दामोदर पाँडेनै मानिन्छ ।

विशेषगरी राजा रणबहादुर शाहको उतारचढाव गतिविधिका कारण एकीकरण अभियान टुटेको, शासन व्यवस्था खलबलिएको र दरबारका भारदार बिच मनोमालिन्य र षड्यन्त्रात्मक गतिविधि बढेको फलस्वरूप काशीबासबाट फर्किएका रणबहादुर शाहलाई स्वागतार्थ थानकोट पुगेका मुख्तियार दामोदर पाँडेलाई अनर्गल आरोप लगाई पक्राउ गरी नेल ठोकी लुमडी भद्रकालीको सत्तलमा बन्दी बनाई राखिएको, सँगै समातिएका प्रवल रानाले भागी ज्यान बचाउन दिएको सल्लाह समेत नमानी भाग्दा पुनः राज्य खण्डीत हुने ठानी अदम्य देशभक्ति दर्साइ राष्ट्रिय एकताको रक्षार्थ गर्दन थाप्न मन्जुर भई आफू र आफ्ना २ भाइ छोरा र केही अन्य भारदार समेत लुमडीको मसानमा बलिवेदीमा चढी मर्म स्पर्शी उत्सर्ग गरेको थाहा पाउँदा उहाँका हामी सन्ततीहरूले गर्भानुभूति गरेका छौँ र उहाँ र अन्य पाँडे पुर्खाको पदचापलाई पछ्याउँदै ढिलै भएपनि हामीमा कर्तव्य बोध हुन आएको छ । साथै ति वीर पुर्खालाई राज्यको तर्फबाट उचित सम्मान नपुगेपनि हामी सन्ततीहरूको सतत् प्रयासबाट काजी दामोदर पाँडेको पूर्णकदको सालिक हत्या स्थलमा ठड्याउने र सँगैको भद्रकाली माइतीघर सडकको नामाकरण उहाँको नाममा गराउन अथक प्रयत्न जारी राखेबाट उहाँप्रति थोरै उऋण हुने जमर्को गरेका छौँ ।

आज उहाँको २१९औँ पुण्यतिथि र स्मृति दिवस पनि भएकाले उहाँको आत्माको शान्तिको कामना र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वार्षिक रूपमा स्मृति दिवस मनाउने प्रण गर्दछौँ । अस्तु

काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठान

इति सम्वत् २०७९ चैत्र ३ गते शुक्रबार शुभम् ।