मेयरले २० मिनेटमै नागरिकको काम गरिदिने

तारकेश्वर नगरपालिकाको नवनिर्वाचित मेयर कृष्णहरि महर्जनले तारकेश्वरको विकास र सुशासनको लागि सकारात्मक प्रयासहरूको सुरुवात गर्नु भएको छ । उहाँले कर्मचारीहरूलाई चुस्त दुरुस्त बनाउन कर्मचारीहरूलाई भेला गरी नगरबासीहरूको काम छिटो छरितो गर्न निर्देशन दिएका छन् । नगरपालिकाको जिन्सी सामाग्रीहरूको हालत के कसो छ ? सम्पूर्णको लेखा राख्नु भएको छ ।व्यवस्थापन पढेका युवा मेयर कृष्णहरि महर्जनले नगरपालिकाको हाताभित्र बिचौलियाहरूको भूमिकाहरूलाई अन्त्य गरि नागरिकको सकारात्मक कामलाई २० मिनेटसम्म सम्पन्न गरिसक्ने प्रतिवद्धता साथ काम सुरु गरेका छन् । मेयर कृष्णहरि भन्नुहुन्छ -“म काम गर्न आएको हूँ । मलाई नागरिको काम फटाफट हुनुपर्छ ।”स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र नगरबासीहरूलाई उद्यमशील बनाउने कार्यक्रमहरूलाई नगरपालिकाले राखेको पनि मेयर कृष्णहरि महर्जनले बताउनु भयो ।