असारको पहिलो साता मल आउने

करषि तथा पशुपन्छि विकासमन्त्री महेन्द्र राय यादवले असारको पहिलो साताभित्र रासायनीक मल किसानले पाउने बताउनु भयो ।विश्व खाद्य कार्यक्रमले आयोजना गरेको कार्यक्रममा भागलिन मन्त्री यादव यतिखेर भारतमा हुनुहुन्छ । उहाँले आफ्नो समकक्षी रसायन तथा मल मन्त्री मनसुख मण्डलवयासंग भेटेर मल आयतको बारेमा छलफल गर्नु भएको छ । नेपालले गतवर्ष नै फेब्रुवरीमा नै भारतसरकारसंग जीटुजी मल खरिद गर्ने बिषयमा एम.ओ.यू. भएको थियो ।टेन्डर प्रकृया केही लेन्दी भएको कारण मन आयतमा ढिलाई भइरहेको हो । अब असारको पहिलो साताभित्रै ३० हजर मेट्रिक टन मल आउँदै छ । २२ हजार मेट्रिक टन मल नेसनल ट्रिनिङ्गले ल्याउँदै छ ।स्मरण रहोस् – हामीलाई वार्षिक ५ लाख मेट्रिक टन मलको आवश्यकता छ ।