बालाजु जात्राको ऐतिहासिक पक्ष

बालाजु बाइसधारा मेला (ल्हुँति पुन्ही )

ईतिहास केलाउदा काठमाडौं जिल्ला को वडा नं १६ रानीवनको काखमा रहेका २२ धाराहरूको महत्व छुट्टै किसिमको छ ।

 जयप्रकाश मल्लले ने.सं.८७५ मा २१ धारा निर्माण गरेका र रणबहादुर शाहले वि सं.१८५५ मा बीच एउटा ठूलो धारा निर्माण गरेपछि २२ धारा नाम रहेको भन्ने भनाई छ । उक्त २२ धारा भएकोठाउँमा बि.सं २०१८ सालमा राजा महेन्द्रले यहाँ पार्क निर्माण गरेपछि महेन्द्र पार्क पनि भनिन थालेको थियो ।

राज परिवारका सदस्यहरूले बुढानिकण्ठ दर्शन गर्न नहुने किम्बदन्ति अनुसार नेपाल सम्वत ७७५ मा प्रताप मल्लले यहाँ बुढानीलकण्ठ नारायण स्थापना गरेका थिए । वि.सं.१८२२ मा पृथ्वीनारायण शाहले ल्हुंतिकोट कब्जा गरेका थिए । नेपाल सम्बत ९९५ मा हारती अजिमा शितला माईको मन्दिर निर्माण गरि पुजाआजा गरिने चलन रहेको कुरा हाम्रो ईतिहासमा बताईन्छ ।

आदि कवि भानुभक्त आचार्यले उनको कबितामा वर्णन गरेेको यस स्थानमा पृथ्वीनारायण शाहको पालामा प्रथम साहित्य सम्मेलन पनि भएको थियो । नेवारीमा यस ठाउँलाई ल्हुंति भनिन्छ। यहाँ भेटिएको काल भैरवको मूर्ति हनुमानढोकामा राजा प्रताप मल्लको पालामा स्थापना गरिएको थियो ।

नेवारी समूदायले उपत्यकामा रहेका देवी देवताको नाममा मनाउने जात्राहरूमा छुट्टै किसिमको माैलिकता छ । विभिन्न जाती धर्म समूदाय बिशेषले मनाउने उपत्यका भित्र वा बाहिर विभिन्न चाडपर्व र रितिरिवाजमा एक किसिमको मौलिक बिशेषता रहेको छ ।

यसरी मनाउने पर्वहरू, ल्होसार, उभौलि, उघौलि, विभिन्न धर्म गुरुहरूको जन्म जयन्ति आदि रहेका छन् । २२ धारा पुर्णिमा जात्रा आसपासमा रहेका देवी देवताकोहरूको जात्रा जस्तै: मनमैजु, लौरी विनायक, गणेश गोलढुङ्गा र बाईधाराका चार रथहरू पुर्णिमाको ४ दिन पछि सिदुरे यात्रा सहित रथ जुधाउने चलन छ ।

यसरी रथ जुधाए पछि जात्रा विसर्जन हुन्छ । विसर्जन पछि देवि देवताहरूलाई देवता घरमा राखिन्छ । यहि विशिष्ट धर्म संस्कृति रितिरिवाजका कारण विश्वमा हामी नेपालीहरू को पहिचान छुट्टै छ ।

बिमला देवकोटा २०७९.१२.२७