बिमला देबकाेटा २०८०.०१.१२
साहित्यकार रेणु अधिकारी (मौनता) द्वारा उत्सर्जित लघुकथा संग्रह “एक पोल्टो बादल” लाेकार्पण भएकाे छ । २०८० बैशाख १२ गते दिउँसो ३:३० बजे टोखा नगरपालिका वडा नं ०९ गङ्गबुको सभाहलमा लोकार्पण भएकाे थियाे । नेपाली साहित्यमा बहुप्रतिभाको खानी “मोनता” ले गजल ,मुक्तक, कविता र लघुकथा मार्फत अक्षरको खेती गर्दै आउनु भएको छ । उहाँ एक ससक्त र जुझारु साहित्यकार पनि हुनुहुन्छ ।
उहाँको जन्मोत्सबको अवसरमा लोकार्पण गरिएको लघुकथा “एक पोल्टो बादल” सार्बजनिक भएको छ । कार्यक्रम संचालन साहित्यकार तारा के. सी ले उत्कृष्ठ तरीकाले गर्नु भएकाे थियाे । उहाँले सष्ट्रा परिचय सहित सरस र सरल भाषामा संचालन गर्नु भएको थियाे । कार्यक्रममा सभाध्यक्ष श्री घन बहादुर थापा, प्रमुख अतिथि बरिष्ट साहित्यकार प्रा डा श्री कपिल देव लामिछाने , बिशिष्ट अतिथिहरूमा टोखा नगरपालिकाकाे नगर प्रमुख श्री प्रकाश अधिकारी, प्रा. डा. गार्गी शर्मा , बरिष्ट साहित्यकार डा. श्री दामोदर पुडासैनी, बरिष्ट साहित्यकार डा. श्री शैलेन्दु प्रकाश नेपाल, बरिष्ट साहित्यकार सीता ओझा, डा. सत्यराज थपलिया, बालसाहित्यकार श्री छायाँदत्त न्यौपाने, टोखा नगरपालिका वडा नं ०९ का अध्यक्ष रामभक्त घिमिरे र समासेबी श्री रिपुसुदनज्यूहरूकाे उपस्थिति थियाे ।
कार्यक्रममा अनुष्का अधिकारी र रेखा थापा के.सी. ले अथितिहरूकाे फुलमाला र खादाले स्वागत गर्नु भएकाे थियाे । भने स्वागत मन्तव्य कल्पलता द्वैमासिकका सम्पादक साहित्यकार दीपक बानीयाँले दिनु भएकाे थियाे । त्यसैगरि शुभकामना मन्तव्यहरू सीता ओझा, छायादत्त न्याैपाने, डा. शैलेन्द्रु प्रकाश नेपाल, डा. सत्यराज थपलिया, प्रा. डा. गार्गी शर्मा, वर्डा नं ०९ का वडा अध्यक्ष रामभक्त घिमिरे , डा. दामाेदर पुडासैनी, नगरप्रमुख प्रकाश अधिकारीले दिनु भएकाे थियाे । कार्यक्रम उद्घाटन पानसमा बत्ति बालेर प्रमुख अतिथि ज्युबाट भएकाे थियाे । उक्त कार्यक्रममा कृति समीक्षा स्रष्टा लघुकथाकार दीपक लाेहनी र स्रष्टा माधव बिडारी “चेतन पथ” ले गर्नु भएकाे थियाे । उहाँहरूले कृतिकारकाे असल र सुधारात्मक पक्षकाे राम्राे चित्रण गर्नु भएकाे थियाे । त्यसैगरि कार्यक्रममा मुक्तक वाचन: राजेन्द्र घिमिरे , उतम बिचार, उमेश पाण्डे र दिनेश पाण्डे ले गर्नु भएकाे थियाे।
कार्यक्रममा उपस्थितिको लागि सबै साहित्य प्रेमीहरुमा हार्दिक निमन्त्रणा गरिएकाे थियाे । कार्यक्रममा लगभग ८० जनाकाे उपस्थिति थियाे । नेपालकाे ईतिहासमा २०७२ साल बैशाख १२ गते महाँ भुकम्प गएकाे थियाे । बैशाख १२ गतेकाे दिनलाई कालाे दिनकाे रूपमा हेरिने गरिन्छ । तर आजबाट साहित्यकाे क्षेत्रमा नयाँ आयाम थपिएकाे छ साहित्यकार माैनताकाे शुभ जन्मदिन र उहाँकाे कृति “एक पाेल्टाे वादल” लघुकथा संग्रह लाेकार्पण भएकाेले यसलाइ सुखद दिनकाे रूपमा लिन सकिने छ भनी श्रष्टा दीपक लाेहनीले बताउनु भयाे ।
माैनताकाे यस संग्रहमा ४३ वटा गहकिला र चाेटिला लघुकथा छन् । गुडन्यूज काठमाडौं यस संग्रहमा उनीएका शव्दहारहरूले साच्चै नै पाठक दिर्घहरूलाई थप उर्जा मिल्ने छ भन्ने कामना सहित माैनताजीकाे साहित्यिक पाइलाहरू अझै अगाडि वढाेस भनेर शुभकामना व्यक्त गर्दछ । कार्यक्रममा कृतिकारले पाठक प्रतिकृया सल्लाह, सुझावको अपेक्षा गर्नु भएकाे कुरा बताउनु भयाे । कार्यक्रममा कृतिकारले यस कार्यक्रम आयोजना गर्ने कल्पलता द्वैमासिक परिवारका सबै सदस्यहरू: नर बहादुर बि सी , घन बहादुर थापा , तारा के सी , दिपक बानियाँ , सुदर्शन अधिकारी र अर्जुन बाबु तिवारी लगाएत सबै टिमलाई हार्दिक आभार ब्यक्त गर्नुभएकाे थियाे ।
यसरी नेपाली साहित्यकाे क्षेत्रमा विभिन्न बिधामा कलम चलाउने माैनताकाे कृति लाेकार्पण कार्यक्रम भव्य रूपमा पानसमा वत्ति बालेर उद्घाटन भएकाे थियाे ।लाेकार्पण पछि प्रमुख अतिथिकाे मन्तव्य पछि मायाकाे चिनाे हस्तान्तरण गरिएकाे थियाे । अन्तमा सभा अध्यक्षज्युबाट सभा बिर्सजका गर्नुका साथै केक काटेर कृतिकारकाे जन्मउत्सवकाे कार्यक्रम मनाईएकाे थियाे ।