विलोम अभ्यास – २ सम्पन्न

नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पु¥याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को दोस्रो अभ्यास सम्पन्न भएको छ ।

 ‘विलोम’को उद्देश्य अनुरूप दोस्रो भेटघाट मूलतः कविको पहिचान बनाउनुभएपनि आख्यान विधाका समेत सशक्त हस्ताक्षर कणाद महर्षिसँग भएको हो ।

लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा दोस्रो कुराकानी अन्तर्गत श्री महर्षिसँग झण्डै चार घण्टा लघुकथा के हो र कस्तो हुनुपर्छ भन्ने देखि लघुकथा लेखनमा देखा परेका प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध पक्ष बारे र उहाँको लघुकथा लेखनका बारेमा पनि विस्तृत कुराकानी भएको थियो ।

लघुकथाकार त्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत दोस्रो अभ्यास २०८० जेठ १८ गते सम्पन्न भएको हो । यसको पहिलो अभ्यास २०७९ फागुन ३ गते गरिएको थियो ।

२०८०।०२।१८