मठमन्दिरमा रङ्गिएको भित्तेचित्र

मठमन्दिरमा रङ्गिएको भित्तेचित्र

 शम्भु श्रेष्ठ

 नेपालमा चित्रकलाको इतिहास पुरानो छ।यसमा तीन प्रकारका चित्रकला विशेष गरी ग्रन्थचित्र,भित्तेचित्र र पौभाचित्र आदि देखा पर्दछन्।हुन त भित्ताहरुमा कोरिएका चित्रलाई भित्तेचित्र भन्ने प्रचलन छ।

लिच्छविकालदेखि राजदरबारमा चित्र लेखाउने परम्परा थियो।यसबारे विदेशी यात्रीहरुले नेपाल भ्रमण गरेको विवरणमा पाइन्छ।काठमाडौं उपत्यकाका प्रमुख मठमन्दिरमा भित्तेचित्र आज पनि देख्न सकिन्छ।यहाँ चित्र लेख्नुभन्दा अघि पूजा गरेर सुरु गर्ने हाम्रो प्रचलन छ।यो तयार भइसकेपछि क्षमा पूजा गरेर भोज खाने परम्परा रही आएको छ।अझ कतिपय ठाउँमा कोरिएका चित्र हेर्न आज पनि गोप्य राखिएका छन्।

काठमाडौं उपत्यकाका प्रमुख मठमन्दिरमा भित्तेचित्र आज पनि देख्न सकिन्छ।यहाँ चित्र लेख्नुभन्दा अघि पूजा गरेर सुरु गर्ने हाम्रो प्रचलन छ।

ती भित्तेचित्र विदेशीहरुले प्रकाशन गरेका पुस्तकमा राखिएका हुन्छन्।तर त्यो हेर्न र फोटो खिच्न हामीलाई नै वर्जित गरिएकाले अनुमान गर्नुपर्ने अवस्था छ।त्यसको संरक्षण र संवर्धन गर्ने हामी नै भएकोले त्यो एकादेशको कथा जस्तो नहोस्।भोलि फेरि त्यसको फोटो हामीसँगै नभएर विदेशी गुहार्ने दिन नआओस्।