लघुकथा असुरक्षित

लघुकथा
#असुरक्षित
दीपक लोहनी

हुर्किसकेका दुई छोरीहरू छन् ।यसै समयमा श्रीमतीजीलाई वाकवाकी लाग्यो । डाक्टर देखाएँ । गर्भवति भइछिन् ।

पर्यो फस्साद !

हामी जोईपोई लाग्यौं – गर्भपतन केन्द्रमा ।
गर्भपतन केन्द्र एक पुरानो घरको माथिल्लो तलामा थियो ।

# हामी भर्याड्.गहरू चढ्दै उक्लियौं ।
– भर्याड्.गहरू मक्किएका थिए ।
# हामी रेलिड्.गहरू समाउदै उक्लियौ ।
– रेलिड्.गहरू हल्लिएका थिए ।
# हामी तलाहरू गन्दै उक्लियौ ।
– तलाहरु खुइलिएका थिए ।

डर, त्रास, सरम र असुरक्षा बोकेर हामी बल्लतल्ल माथिल्लो तलामा पुग्यौं ।त्यहॉ ठूल्ठूला अक्षरहरूमा लेखिएको थियो –
‘सुरक्षित गर्भपतन’ ।

०००

कुरिलो घर
काठमाण्डौ ।