तारकेश्वरमा नगरपालीकाले गर्यौ आ.व.२०८० /०८१ को लागि योजना तर्जुमा छलफल तथा सुझाव संकलन कार्यक्रम
असार ०३ गते आईतबार
तारकेश्वर नगरपालिकाले आ.व.२०८० /०८१ को लागि योजना तर्जुमा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख आथित्य क्षेत्र नं ०६ का माननीय सांसद शिशिर खनालले गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा क्षेत्र नं ७ का माननीय सांसद गणेश पराजुली विशिष्ट अथिति हुनुहुन्थ्यौ ।
प्रदेश सांसद माननीय हरिप्रभा खड्की तारकेश्वर नगरपालिका मेयर कृष्ण हरि महर्जन उप(मेयर सृजना वुर्लाकोटी तानपाका प्रमुख कार्यकारि अधिकृत साथै तारकेश्वर नगरपालिकामा रहेका सामूदायिक बिद्यालयका प्रधानाध्यापकज्यूहरु विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यसक्तहरु स्थानीय प्राज्ञहरू तथा बुद्दिजिबीहरू नेपालसरकारका उच्च पदमा रहेर सेवानृबृत्त भएका बिशिष्ट व्यक्तिहरूको राम्रो उपस्थिति थियो । कार्यक्रममा तारकेश्वर नगरपालिकाको ११ वटै वडाका अध्यक्षज्यूहरू तथा जनप्रतिनिधिहरूको राम्रो उपस्थिती थियो । नगरपालिकाको हलमा भएको कार्यक्रममा लगभग १५० जनाको उपस्थिती थियो ।
कार्यक्रममा विज्ञको तर्फबाट सुरेन्द्र वाग्लेले नगरको विकास योजनाको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले प्रस्तुत विषयमा प्रकास पार्नु भएको थियो ।
“शिक्षा स्वास्थ्य पर्यटन र प्रविधिः तारकेश्वरको सम्वृद्धि”
१. कृषि तथा पशुपन्छिशपालनको विकास मार्फत र्आिथक समृद्धि हासिल गर्नु ।
२. धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।
३. गुणस्तरीय स्वास्थ्य तथा शिक्षा र समाजको आधार तयार गर्ने ।
४. विकासकालागि अपरिहार्य सम्पूर्ण भौतिक पूर्वाधारको दिगो र सन्तुलित विकास गर्ने ।
५. पर्यावरणीय सन्तुलन कायम गरी वातावरण संरक्षण गर्ने ।
६. सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई असल शासन स्थापति गर्नु ।
उहाँले लगानि र स्रोत अनुमान र बाँडफाँट को पनि राम्रो चित्रण गर्नु भएको थियो ।
उहाँले आन्तरिक स्रोत प्रदेश तथा सघिय वजेटबाट स्रोतको विनियोजन गनुपर्ने वताउनु भएको थियो ।
कार्यक्रममा विभिन्न विधाका विज्ञहरुले विचार राख्नु भएको थियो जस्तैः नगरपालीकाको आम्दानीको स्रोत करनै भएको हुनाले करको दायरा वढाउनु पर्ने जसको कारण जनताहरु कर तिर्न ईच्छुक हुन्छन् ।
विज्ञहरुले नगर पितालाई घोषाणा पत्र अगाडि राखेर काम गर्नुपर्ने र मैले यति गरे भनेर आफ्नो मूल्याकंन गर्नुभन्दा अरुले यति काम गर्यौ भन्ने बन्नु पर्छ भन्ने सुझाव दिनु भएको थियो ।
कार्यक्रममा विज्ञहरुले तारकेश्वर नगरपालिकाको सम्पति प्रति जग्गा यसको लेखाजोखा गरी उचित ब्यवस्थापन र कृषि भूमिको लेखाजोखा शिक्षा स्वास्थ्य जस्तो जनताको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा सुधार गर्नु पर्छ भन्नेमा सवै बिज्ञहरुको जोड थियो ।
युवा पुस्तालाई विदेशजान रोकि स्वदेशमानै अवसर दिने सन्दर्भलाई सवैजनाले जोड दिनु भएको थियो ।
उत्पादन – कार्यक्रममा उत्पादनलाई सेवासंग जोड्ने जमिन वाझो राख्न नपाउने एक बर्षमा एउटा कुरामा आत्म निर्भर हुने तिर ध्यानदिनु पर्छ । श्रम बजारको व्यबस्था खेर गएका वस्तुको उपयोग रिथिरिवाज र वातावरणलाई बिचार गरि कार्य गर्ने । प्राकृतिक श्रोत साधन दुरूपयोग रोक्ने । जस्ता साझा सवालहरु थिए ।
कालिदेवि मा.वि.का प्राधानाध्यापक कृष्ण ओझाले शिक्षामा लगानि गर्ने भनेको राज्यले सम्पति कमाउनु हो । शिक्षालाई श्रमसंग जोड्नु पर्छ र शिक्षामा लगानी गर्न राज्य पछि पर्नु हुदैन भन्नु भएको थियो । उहाँले २२ वटा सामूदायिक बिद्यालयलाई एउटै बास्केटमा नराखियोस र वजेट कनिका छरे जसरी नछरियोस भन्नु भएको थियो ।
शिशिर खनाल
माननीय सांसद
आवधिक योजना वनाउने काम अति राम्रो तर यो कर्मकाण्डिय प्रकृयाजस्तो नहोस भन्नु भयो । आफु शिक्षामा काम गरेको र आफुमा शैक्षिक सुधारको लागि विज्ञता रहेको हुनाले आफुलाई विज्ञका रुपमा उपयोग गर्न नगरपालिकाले सम्झेमा आफू तयार भएको कुरा बताउनु भयो ।
गणेश पराजुलि
माननीय सांसद
राम्रो काम यसलाई सबै कमिटिका संयोजकसंग सल्लाह गरेर गर्नु पर्छ । डिजिटल मिडियामा अगाडि वढेको अवस्थामा डाटावेस प्रणालीबाट अगाडि बढ्नु पर्ने बताउनु भयो । गुणस्तरिय शिक्षा को विकल्प छैन, सम्पदा मासेर विकास नगरौं खोला छोपेर योजना नवनाउने ढल प्रसोधन गरेर मात्र खोला मा खसाल्ने जस्ता कुरा बताउनु भयो ।
उप मेयर
सृजना वुर्लाकोटि अर्याल
बिकास पुर्वाधार बिकास योजना तर्जुमा आफ्नो टोल समूह योजना अनुगमनको संयोजक अनुगमन मूल्याकंन गर्न विज्ञ राखेको र आफु पुर्वाधारको क्षेत्रमा काम गरेको ९ बर्ष भएको छ अहिले भएका विकास निर्माणका कामहरुमा आफु अनुगमनमा खटिएको र गुणस्तरिय काम भएको दावि गर्नु भएको थियो । उहाँले राज्यको ढुकुटि सबैको हो त्यसैले यसको उचित परिचालन र व्यवस्थापनको लागि सवै पक्ष जिम्मेवार हुनु पर्छ ।
कृष्ण हरि महर्जन
नगर प्रमुख
धन्यबाद ज्ञापन
नगरपालिकाको काम चुस्त दुरूस्त र यसलाई नमूना नगरपालिका वनाउने यसको लागि योजना तर्जुमा गर्नु पर्ने वताउनु भयो । नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउनु मुल उद्देश्य हो । हारजितको कुरा भन्दा आफुले के गरे भन्ने कुरा ठुलो हो भनि कार्यक्रमको विर्सजन गर्नु भएको थियो ।