नागार्जुन मा.बि का पूर्व बिद्यार्थीको चासो शैक्षिक सुधारमा

२०८० साउन २० गते शनिबार,

गोलढुङ्गा काठमाडौं ।

श्री नागार्जुन मा बि का २०४६ साल एस.एल.सी समूहले आज बिद्यालयको शैक्षिक सुधारको लागि गरेको जमर्को महत्वपूर्ण रह्यो ।

उक्त समूहकी संयोजक बिमला देबकोटाको संयोजनमा नेपालको शिक्षा क्षेत्रमा बिशेषज्ञता हासिल गरेका प्रतिष्ठित व्यक्ति डा. रामहरि लामिछानेलाई श्रोत व्यक्तिको रूपमा बोलाई  बिद्यालयको शैक्षिक उन्नयनको लागि योगदान गर्नु भयो । डा. लामिछानेको  मार्गदर्शनले पक्कै पनि यस बिद्यालयमा शैक्षिक सुधार हुनेछ ।

संयोजक बिमलाको आफ्नो बिद्यालय प्रति देखिएको उदारताको बिद्यालय प्रशासनले मुक्त कण्ठले प्रशंसा गरेको थियो ।

डा. लामिछानेको आजको Session Teaching Learning for 21st Century ले पक्कै पनि बिद्यालय व्यबस्थापन, बिषयगत शिक्षकहरू तथा कर्मचारिहरूलाई हौसला प्रदान गरेको थियो  ।

उक्त कार्यक्रममा तारकेशवर नगरपालिका वडा नं ५ का अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री शम्भु फुयालज्यू, वडा सदस्य अनन्त मणि आचार्यज्यू , बि.व्य.स का पूर्व अध्यक्षज्यू  श्री प्रमोदा पौडेल आचार्यज्यू, स्थानीय बुद्धिजीवी श्री दामोदर अर्यालज्यू लगाएत लगभग  ३५ जनाको उपस्थिति रहेको थियो । हप्तामा एक दिन शनिबार त्यहिपनि बिद्यालयले बोलाउदाँ सबै काम थाति राखेर भए पनि  शिक्षक तथा कर्मचारिहरूको राम्रो  उपस्थिती थियो । कार्यक्रम  बिद्यालय हाताभित्र सम्पन्न भएको थियो । कार्यक्रम बिहान ११:०० बजेदेखि साँझ ४:०० बजेसम्म संचालन भएको थियो ।   कार्यक्रममा श्रोत व्यक्ति   डा. रामहरि लामिछाने , बिमला आचार्य देबकोटा तथा कृष्ण फुयाल हुनुहुन्थ्यो ।

डा.  लामिछानेले Teaching Learning for 21st Century , बिमला आचार्य देबकोटाले Teaching Learning Methodology   र कृष्ण फुयालले ICT Knowledge  सम्बन्धी  session लिनु भएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक श्री रामकुमारी पौडेलले यस्ता कार्यक्रमहरू बिद्यालमा निरन्तर रूपमा गर्नु पर्ने ईच्छा व्यक्त गर्नु भएको थिय‍ो । यस्तो महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा पुर्व बिद्यार्थी बिमला देबकोटालाई हार्दिक धन्यबाद प्रदान गर्नु भएको थियो । रामशरण फुयालले कार्यक्रमको उद्घाेषण गर्नु भएको थियो । कार्यक्रममा सबै जनाको सकृय सहभागिता थियो ।

धन्यबाद