साउन २२,
GoodNews-काठमाण्डौं
बिमला देबकोटा
मुलुकको एक मात्र पुरानो तथा जेठो विश्व विद्यालय त्रिभुवन विश्व विद्यालय अन्तर्गतको लैङ्गिक अध्ययन विभागले आफ्नो १२औं स्थापना दिवस मनायो ।
IIDS (Institute for Integrated Development Studies) काठमाण्डौ उक्त विभागले आफ्नो स्थापना दिवस मनाएको थियो ।
कार्यक्रमको प्रमुख आथित्य मानविकि तथा समाजशात्र संकायको नेपालको ईतिहासमानै पहिलो महिला डिन प्राध्यापक कुशुम शाक्यज्यूबाटभएको थियो । विशेष अथितिहरू अर्थशात्री डा. मिना आचार्यज्यू र IIDS का प्रमुख डा. विश्वास गाेचनज्यू हुनुहुन्थ्याे । कार्यक्रमकाे उत्घाटन प्रमुख अथितिज्यू र विशेष अथितिज्यूहरूले संयूक्त रूपमा पानसमा वत्ति वालेर गर्नु भएको थियो । लैङ्गिक अध्ययन विभागको विभागिय प्रमुख तथा उप- प्राध्यपक जमुना शिवाकाेटिज्यूले स्वागत मन्तव्य दिनु भएको थियो ।
नेपालमा महिला अध्ययन र लैङ्गिक अध्ययन विषयको अध्यापन कसरी, कसको पहलमा, कहिलेदेखि, र किन शुरू भयो भनेर भर्चुवल रूपमा जोडिएर प्राध्यापक चन्द्रा भद्रा घलेज्यूले यसको ईतिहास र आैचित्य पुष्ट्याई गर्नु भएको थियो । त्यसैगरि प्रा. लक्ष्मी केशरी मानन्धरज्यूले यो कार्यक्रम कसरी स्थापना भयो ? एक बर्षे महिला अध्ययन पाेष्ट ग्रयाजुयट डिप्लाेमादेखि बर्तमानमा अवस्थामा विद्यावारीधि सम्मको अध्ययन कसरी र किन ? ल्याईयो भन्ने अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रममा १०० जना भन्दा बढि सहभागिहरूको उपस्थिती थियो । जसमा एक दर्जन भन्दा बढि प्राध्यापकज्यूहरू, पूर्व विद्यार्थीहरू तथा विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिती थियो । पूर्व विद्यार्थीकोतर्फबाट श्री संयोग ठकुरिज्यूले पाठ्यक्रम तथा यसकाे महत्वको विषयमा छलफल गर्नुभएको थियो । उहाँले पाठ्यक्रमको परिमार्जन गर्न आवश्यक रहेकाे र “Queer Theory” को बारेमा थप अध्यापन गराउनु पर्ने र हामी किन सधैं “Gerda Lerner” , Simone De Beauvoir” काे ईतिहास मात्र किन पढ्छौ ? किन हामी ” Rita Shah”, “Rukushama Kapali”, “Pranika Koyu” र ” Asmita Badi ” को बारेमा पाठ्यपुस्तकमा राखेर अध्ययन गर्दैनाै । उहाँले लैङ्गिकताको मुद्धालाई अभियान र प्राज्ञिक वहसमा ल्याउनु पर्छ भनी आज सम्मकाे अवस्थामा ल्याउने सबै अंग्रजहरू प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।
त्यसै गरि अर्का पुर्व विद्यार्थी श्री युक्ता पाैडेलज्यूले आफुले याे विषय किन पढ्न आएको केले वढि प्रवाहित बनायो र म आज यहाँ कसरी उभिएकि छु । ” जब म व्याचलर पास गरेर काम गर्न गए म गएका दुर्गम गाउका महिलाको कथा र म वसेको शहरको महिलाको कथा फरक रहेछ मलाई ती महिलाको महाँनी व्यथा अनि समस्या सुनेर कहाली लाग्यो ।” र साेचे मैले केही गर्नै पर्छ साेहि साेचेर म अध्ययन गर्न आए । जब यो विषय अध्ययन गर्न आढए अनि मैले साेचे मैले सहि निर्णय गरे र मेराे साथमा एक्लै पक्कै छैन । म मेरा दाजु दिदिहरूलाई पूर्व बिद्यार्थी संगठन बनाउ र हामी यस्ता मुद्धामा खुलेर वहस गराैं । समाजमा रहेको समस्या पहिचान र समाधानकोसनिचाेडमा हामी पुगौ भन्ने कुरा बारे प्रकासपार्नु भएको थियो।
त्यसै गरि यस विषयमा विद्यावारिधि गर्दै गरेकि सारा देवकाेटाले आफ्नै मातृभूमिमा यो किसिमको शिक्षा पाउँदा पाउदै हामी किन जाने विदेश भनेर समय, पैसा र सामाजिक सम्वन्धको वारेमा महत्वपूर्ण जानकारि दिनु भएको थियो ।
IIDS का निर्देशक डा. विश्वास गाैचनज्यूले लैङ्गिक अध्ययन विभागसंग IIDS शैक्षिक क्षेत्रमा सहकार्य गर्न तयार रहेको कुरा जानकारि गराउनु भयो । कार्यक्रममा मा ७ औं व्याजकि श्री अस्मी काेईरालाले आफ्नो शाेधपत्र प्रस्तुत गर्नु भएको थियो । जसमा लैङ्गिक अध्ययन पूरा गरे पश्चातको अवस्थाका वारेमा अनुसन्धान गर्नु भएको थियो। जसमा यो अध्ययन पछि मैले आफ्नो पहिचान पाए र म के हो ? मेरो भूमिका के हो ? भनी आफ्नो धारणा सहित विषयगत पुष्ट्याई गर्नु भएको थियो ।
कार्यक्रम को समापन डिन प्रा. कुशुम शाक्यले लैङ्गिक अध्ययन विभागले उठाएका मुद्धामा अाफु सकारात्मक रहेकाे यो विषयको अध्यापन गराउने देश नेपाल दक्षिण एसियामानै पहिलो रहेको र नयाँ पुस्ताको यस अध्ययन प्रति चासो बढ्दै गएको र भाेलि यसैमा वकालत गर्ने र यसरी वकालत गर्दा गर्दै विकशित मुलुक फिनल्याण्ड र न्यूजल्याण्डमा जस्ताे महिलाहरू राज्यकाे प्रमुख अंगमा रहेर शासन चलाएको हेर्न चाहेको कुरा वताउनु भएको थियो । आफुले यसको लागि अावश्यक पहल कदमी चलाउने प्रतिव्द्धता समेत जनाउनु भयो ।
कार्यक्रममा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई प्रशंसा पत्र र अध्ययन अध्यापनको लागि विभिन्न क्षेत्रमा योगदान पुर्याए बापत प्राध्यापकज्यूहरू तथा कर्चारिज्यूहरूलाई मायाको चिनाो उपहार दिएकाे थियो ।