२०८०.साउन ३१ गते बुधबार ।
बागमती प्रदेश, हेटौडा ।
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी मन्त्रालयले गर्यो प्राङ्गारिक मल उत्पादकहरूसँग व्यापक छलफल तथा अन्तक्रिया कार्यक्रम ।
माननीय कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. राजेन्द्र मान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा हेटौंडा उप-महानगरपालिका प्रमुख श्री मिना कुमारी लामा विशेष अथिति हुनुहुन्थ्यौ ।
कार्यक्रममा विभिन्न प्राङ्गारिक मल उत्पादकहरू तथा उत्पादक समूहहरूका सदस्यहरू साथै मलको गुणस्तरको बारेमा खोज तथा अध्ययन गर्ने अनुसन्धान कर्ताहरू, विज्ञहरू , मलको उपभोग गर्ने किसानहरू तथा नेपाल सरकारका माटाे परिक्षण विज्ञहरूको राम्रो उपस्थिति थियो । कार्यक्रम बिहान ११:०० बजे देखि ४ः १५ बजे सम्म चलेको थियो । उक्त कार्यक्रममा मल उत्पादन र बजारिकरणको क्षेत्रमा रहेको चुनौतिको बिषयमा व्यापक छलफल भएको थियो ।
मलको बिषयमा उत्पादक र किसान बिच साझा समन्वयको कमि अथवा सहजकर्ताको कमिको कारण उत्पादन र बजारको तालमेल नमिलेकोमा सबैको एकै मत थियो । उत्पादकको उत्पादन प्रयोग गर्ने किसानकोमा उचित मूल्य र गुणस्तरिय उत्पादन पुग्नु पर्छ भन्नेमा सबैको साझा अबधारणा थियो ।
कार्यक्रममा विभिन्न ब्राण्डका उत्पादन तथा अनुसन्धान गरेका व्यक्तिहरूले आ-आफ्नो धारणा राख्नु भएको थियो । धारणा राख्ने क्रममा उहाँहरूले मलको बजारमा प्रतिष्पर्धा रहेको र यसको लागि सबै एक मत हुनु पर्छ भन्ने थियो ।
प्रदेश मन्त्रालयबाट निमन्त्रणा पाएपछि कार्यक्रममा सहभागी हुन साःगा मुड्खुको तर्फबाट दीपक लोहनी र बिमला देबकोटा जानू भएको थियो ।
कार्यक्रममा लगभग ५२ जनाको उपस्थिति थियो । कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा उत्पादकहरूले उत्यादन, बिक्रीवितरण बजार व्यबस्थापन र सरकारि अनुदानमा रहेको अस्वस्थ प्रतितिस्पर्धाको बारेमा व्यापक छलफल भएको थियो । मल उत्पादकले सहि मूल्य नपाएको किसानले गुणस्तरीय मल नपाएको अवस्थामा यसको तालमेल नमिलेको कुरा बताउनु भयो ।
मन्त्रालयको तर्फबाट माननीय मन्त्रीज्यूको सचिवालयका जनार्जन खड्काले बागमती प्रदेशको बालीनाली र माटोको अवस्थाको बारेमा जानकारि दिनु भएको थियो । उहाँले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख भए अनुसार बागमती प्रदेशको कृषिभूमिमा भएको माटोमा अम्लियपन वढी भएको वताउनु भएको थियो । कार्यक्रममा विभिन्न बिज्ञहरूले आफ्नो खाेजपत्र प्रस्तुत तथा विभिन्न धारणा राख्नु भएको थियो ।
अतिथि प्रा. डा. केशव खड्काले देशमा रहेको मलको हाहाकार परिपूर्ति र प्राङ्गारिक मलमा आत्मा निर्भर हुन सक्छौं यसको लागि उत्पादक र किसानहरू बिचको समन्यव नै ठूलो कुरा हो भन्ने कुरा बताउनु भयो ।
विशेष अतिथि मिना लामा, प्रमुख हेटौडाले नगर सफागर्ने र फोहोरबाट मल उत्पादन गर्ने प्रबिधिको विकास गर्न आफू सधै अग्रसर रहेको बताउनु भयो ।
मन्तब्य राख्ने क्रममा नेपालमा उत्पादनको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरिरहनु भएका विज्ञ नारायण श्रेष्ठले मल भनेपछि रसायनिक मल बुझिने र सट्टामा प्रयोग गरेको मल वोटबिरूवामा राख्दा बोटबिरूवा नसप्रने र घाँसमात्र सप्रने अबस्था रहेको भनी आफ्नो अनुभव वताउनु भएको थियो ।
कार्यक्रममा किसानको तर्फबाट दीपक पुडासैनीले मल उत्पादक र किसान बिचको तालमेल नमिलेको र रसादि, विषादि प्राङ्गारिक मल रसायनिक मल सबैको बारेमा आफुमा रहेको तितामिठा अनुभव सुनाउनु भएको थियो । उहाँले कृषि उपजहरूमा उत्पादनको लागि रसादि र विषादि बरावर राख्नु पर्ने र यसले उपभोक्तामा पुग्नु पहिला त किसान आफैले पनि त्यो ग्रहण गर्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा सबैलाई आफ्नो बिचार र अनुभव राख्ने अवसर दिईएको थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव डा.शरण कुमार पाण्डेले उत्पादकलाई गहकिलो तरिकाले सम्बोधन गर्नु भएको थियो । उहाँ तपाईहरूले गर्नु भएकोकामको एकदिन अबश्य बाटो लिने छ भन्नू भएको थियो ।
माननिय मन्त्रीज्यूले सबैको भावनालाई कदर गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो । मन्त्रीज्यूले आफू निर्वाजित भएदेखिनै डेटौंडामा प्राङ्गारिक मल कारखाना खोल्ने बिचारमा रहेको र यसकोलागि कसरी व्यवस्थापन गर्ने भन्ने पक्षमा रहेको बताउनु भएको थियो ।
यसको लागि नयाँ कार्यबिधि बनाउनु पर्छ ।
उहाले आफ्नो समापन मन्तव्यमा साःगा प्रबिधिबाट मल उत्पादन गर्ने साःगा प्राङ्गारिक मल उत्पादन समूह तथा अर्गानिक लाईफ फार्मिङ्ग एक्जिविसन एण्ड ट्रेडका दीपक लोहनीलाई धन्यबाद दिनु भयो । उहाँले आफू नेवार नभए पनि यस्तो प्रविधि अपनाउनु भए छ यसको लागि हार्दिक आभार भन्नू भयो । साःगा मुड्खुका प्रतिनिधिलाई माननीय मन्त्रिज्यूले आफू मुड्खुको मल संकलन केन्द्र हेर्न छिट्टै आउने बताउनु भयो ।
बिमला देबकोटा
धन्यबाद !