सिक्किम दार्जलिङ

यसपटकको दशै सकिए लगतै हामीले पुर्वाञ्चल भ्रमण गर्ने तय गर्यौ ।

२०८०.०७.१५ गते बिहान ५:०० बजे तय गरेको हाम्रो यात्रा पुर्वतिर जानको लागि अहिलेसम्मको छोट‍ो र सहज बाटो बनेपा बर्दिबासको बाटोतय गरि हामी त्यस तर्फ लागीयो ।
२०८० सालको बिजया दशमी मनाउन फिनल्याण्डबाट छोटो समयको लागि आएका छोरा बुहारि र नातिनीको  बिदावारी गरेर उनीहरूको न्यास्रो मेटाउन हामी पुर्वी नेपालको यात्रामा निस्केका थियौं ।
पहिलो दिन:  बिहान ५:०० बजे बालाजुबाट शुरू गरेको हाम्रो यात्रा करिव करिव ७:३० बजेतिर भकुण्डेबेसी पुगेको थियो  । हामीले भकुण्डेबेसीमा हल्का नास्ता गरेर फेरि यात्रा जारि गर्यौं ।
बाटोमा पर्ने सेतीदेवीको मन्दिरको दायाँ बायाँ भित्तामा ऐनै ऐना टाँसिएको देखिन्छ ।  यी ऐनाहरू त्यस रूटमा सबारि चलाउने चालकहरूले चढाएका हुन् । त्यहाँ देवी मन्दिरमा ऐना चढाए दुर्घटना न्यूनहुने किम्बदन्ति अनुशार  सवारि चालकहरूले त्यहाँ ऐना चढाउछन्  ।
ऐनाको प्रतिबिम्ब मा भूतप्रेत नलाग्ने भनाई पनि छ ।  देवीलाई  चढाएको ऐना भित्तामा टास्ने गरेका छन् ।

हाम्रो टोलि खुर्कोट , सिन्धुलीहुँदै घुर्मी तर्फ लाग्यो ।  नास्ता खाए पछि  खानाको लागि समय अलि छिट्टै थियो ।  हामीलाई त्यति भ‍ोक लागि सकेक‍ो थिएन । तर जयरामघाट तरे पछि  त्यहाँ भन्दा माथी खाना खाजाको लागि बाटोमा के कस्तो सुबिधा छ पाईन्छ पाईदैन अलि राम्रो जानकारी नभएको कारण हामीहरूले दालभात घुर्मिको थकाली होटलमा खायौं । 



हामी दिउसको मध्यान्नीमा  हलेसी महादेवको शरणमा पुग्यौ ।  सबै भक्त लाखा पाखा लागेको बेला भगबान शान्त भएर बसेको बेला खोटङ्ग जिल्लामा अबस्थीत पुर्वको पशुपति हलेसी महादेवको दर्शन पुजा पाठ  मन्दिर परिशर भित्र रहेक‍ो पत्थरबाट निर्मित साना साना द्वार पार गरेर हामी   बसाह गुफा  तिर लाग्यौ । करिब करिब २६ रोपनीमा फैलिएको यो  मनोरमा पाकृतिक छटालाई केहिवेर अंकमाल गरेर हामी त्यहाँबाट बिदा भयौ ।

हामीले लगभग ८ जिल्ला ( काठमाडौं, भक्तपुर, काभ्रेपलान्चोक, रामेछाप, सिन्धुली, उदयपुर,  ओखलढुङ्गा, खोटाङ्ग)  पार गरेर महादेव दर्शन गरेका थियौ । हामी  पुन घुर्मीकोबाटो हुँदै  तीन दम्पती र जीप चालक बिजयक‍ो  लामो यात्रा काठमाडौं  देखि हलेशी दर्शन  पछिको बास कटारिको माछापुच्छ्रे (नयाँ)  होटलमा भयो । 
दोस्रोदिन:   यसरी पहिलो दिनको लामो  (बालाजु देखि खोटाङ्ग) यात्रा गरी यात्रीको यात्रालाई जारिनै राख्दै टोलि फेरि कटारिबाट सबेरै उठेर गाईघाटमा मट्टका चियाको चुस्किको साथ मधेशको जेरीपुरी खाई टोलिको गाई र बाच्छासंगको तस्बिर कैद गरेर । 



हामीहरूले त्यहाँबाट पनि सिधै चतरा निस्कने छोटोबाटो तय गर्यौं  । बिहान ९:०० बजे बराहक्षेत्र धाममा परेको हाम्रो पाईला कोशी स्नान, कोशीमा स्नान गर्यौ ।
यसरी स्नान गर्दा मिलेको अद्धभुत आनन्दलाई आफ्ना जीवनकालमा देखेका समुन्द्री तट र किनारा अनि कोशीमा चलेको मोटर बोटसंग तुर्कुबाट स्विडेन र तालीन जान चढेका १८/२० तलाका पानी जहाजको याद आयो  मनमा यस्तै यस्तै यादहरू राखेर  बराह क्षेत्रमा भगवान बराहको दर्शन गर्यौ ।

चतरा धाम घुमेर लगभग १०:३० बजेतिर टोली धरान तर्फ लागेको थियो । टोली धरान हुदै धनकुटामा रहेको पर्यटकिय संगम भेडेटार पुग्यौ ।
मेरा साथीभाईहरूको जानकारी अनुशार भेडेटार पुगेपछि थुक्पा स्वाद लिनै पर्ने भएकोले हाम्रो दिउसको खाना मीठो थुक्पा बन्यौ । 



यसरी भेडेटार को धुमाई र थुक्पाक‍ो स्वादसगै टोली पुनः धरानमा रहेको प्रख्यात मन्दिरहरू;  बुढासुब्बा, पिण्डेश्वर, दन्तकालिको दर्शन गरेर  ईटहरि हुँदै सुरूङ्गामा  मीठो चियाँको चुस्कीसगै फेरि अगाडि बढियौ हाम्रो यस दिनको  गन्तब्य  झापा धुलाबारिमा थियो ।  मीठो आथित्य सत्कारका साथ हाम्रो दोस्रो दिनको यात्रा दाताराम खनालज्यू ( लोकराज भिनाजु र रन्जु दिदी ) को घरमा पुगेर विश्राम गरीयो।



तेस्रो दिन : तिर्थ पनि भ्रमण पनि गर्ने उद्देश्य अनुरूप हामीहरू नेपालका धार्मिक तिर्थस्थलहरू र  भारतका पर्यटकिय तथा धार्मिक स्थलहरू घुम्ने क्रममा दोस्रो दिन धुलाबरीमा बास बसेका थियौ । हामीहरूले सिक्किम र दार्जलिङ्गको बारेमा टेलिभिजन, सिनेमा, लेख कथा अनि विभिन्न व्यक्ति जो हामी भन्दा पहिला त्यस तर्फ गएका थिए उनीहरूले हामीलाई सुनाएको  लेख तथा कुनै न कुनै कृतिमा ल्याएका कुरा उनीहरूको अनुभव हेर्न लालाईत थियौ ।



हामीहरूलाई रमाईला र रमणीय स्थानको अवलोकन त गर्नुनै थियो  त्यसमा पनि  केही दिन अगाडि हिमताल फुटेर टिष्टा नदिमा गएको बाढी त्यसबाट भएको जनधनको क्षती  अनि केन्द्र सरकार र प्रान्त सरकारको उद्दारको अवस्था आफ्नै नजरले नियाल्नु पनि थियो ।

हामी धुलाबारिबाट कत्ति पनि ढिला नगरि काठमाडौंको ६ जना टोलिमा लोकराज भिनाजु र रञ्जु दिदीको जोडि थप गरेर उहाँहरूको घरमा मीठो चिया नास्ता खाएर उताको  लागि खर्च भारती रूपयाँको व्यबस्था गरि अगाडि बढ्यौं ।
काठमाडौंबाट लगेको जीप धुलाबारीमा होल्ड गराएर उताको लागि अर्को  ८ सिट भएको जीप लियौं । नेपाली गाडि लानु परेमा भारतीय दुतावासबाट ईजाजत पत्र लिनु पर्छ । धुलाबारीबाट लिएको जिप ईजाजत प्राप्त र सोही रूटमा चल्ने थिय‍ो । हामीहरू काकडभित्ता, पानी ट्याङ्कि, मेचिपुल सिमानामा आफ्नो परिचय खुल्ने कागजपत्र देखाई  सिलिगुडी हुँदै  छिमेकि मुलुक तर्फ प्रस्थान गर्यौ । सिलिगुडी सिमानाका मध्ये प्रख्यात नाका पनि हो ।  अलि पहिलासम्म नेपालीहरू सपिङ गर्न सिलगुडी जाने गरेका थिए । हामी अगाडि बढ्दै बाटोमा पर्ने उत्तम होटेलमा चिया नास्ता खाएर  अगाडि बढ्यौ ।


ग्यान्तोकका मानिसहरू नेपाली भाषी अलि लवज मात्र फरक रमणीय दृष्यहरू प्रकृतिक बातावरणहरू कतै क्यामरामा त कतै मनमा कैद गर्दै गर्दै ऐतिहासिक नेपालको सिमाना (बहादुरशाहको पालमा अंग्रेजहरूसंग लड्दै बिस्तारीत) टिष्टा नदि पार गरियो । हामीले पढेको ईतिहास (पश्चिम किल्ला कांगडा पुर्वमा टिष्टा पुगेथ्यौं कुन शक्तिको सामुमा कहिले हामी झुकेथियौ ) । यसरी हामीहरूलाई पुर्वको टिष्टा नदि पार गर्ने अवसर प्राप्त भयो ।
गएको असोज दोस्रो साता हिमताल फुटेर यो नदिमा ठूलो वाढी आएको थियो । भिषण भाडी र पहिरोको कारण सिक्किममा ठूलो धनजनको क्षती भएक‍ो थियो ।  
यसरी हामीले यो नदि किनाराको बाटो छेउछाउमा भएको क्षतीको र त्यहाँको सरकारले गरेको उद्धार कार्यको अवस्था हेर्दै हेर्दै  उकालो लागियो ।


सिक्कीमको राजधानी ग्यान्तोक जानका लागी टिष्टा नदी पार गरेपछि केही वेरमा उकालो बाटो शुरु हुन्छ हामीले उकालोको लागेको केही समय पछि खाना खाएर सिक्कीमको प्रख्यात विश्वविद्यालय सिक्कीम मणिपाल यूनिर्भसिटिको अवलोकन गर्दै गर्दै उकालो लागियो ।
हामी ८ जना  दिउसको मध्यान्नमा ग्यान्त‍कको फेदि देउरालीमा पुग्यौ । त्यहाँ पुग्ने वित्तिकै  ढिला नगरी घरै पिच्छे बनेका होटलहरू हामी जस्तै पाहुनाको पर्खाईमा थिए । टिष्टामा आएको बाढीपछि त्यहाँको पर्यटन व्यबसायहरू धारासाहि थिए । ८ जनाको समूहलाई होटलवालाले प्याप्प पारिहाले यो प्राकृतिक प्रक‍ोप पछि हाम्रा चालक भाईलाई पनि त्यति ज्ञान रहेनछ  नौलो ठाउँ एकछिन बिलखबन्दमा परियो ।  मनमा एक किसिमको खुलदुली चल्न थाल्यौ भाषा धर्म संस्कृती रहन सहन उस्तै लागेता पनि आफ्नो माटो र अर्काको माटोको भिन्नता यहि त छ फरक आखिरमा हामीपनि त्यहाँ त पर्यटक त भयौ । यसरी बिदेशी भूमीमा टेकेका हाम्रा पाईलाहरुले त्यहाँको माटोलाई स्पर्श गर्यौ त्यहाँ पाकृतिक मनमोहक दृश्य हेर्न लालायित हाम्रा पाईलाहरूलाई गुलावीहावाले तान्यौ ।शहरको फेदी देउराली ठ्याक्सी पार्क नजिकैको होटलमा झोला विसाई दुई जोडी एउटामा दुई जोडी एउटामा गरेर दुई ट्याक्सी भाडामा लिएर महत्वपूर्ण पर्यटकिय स्थल अवलोकन गर्न निस्कि हालीयो । उच्च पहाडी भागमा पहाड खोपेर बनाएका घरहरू सागुराबाटो तर अति व्यवस्थीत शहर लाग्यो सिक्किम ।  विभिन्न पुरातत्वका महत्व बोकेको शहरमा यी पर्यटन बिन्दुमा नाचगान, भिडियो र तस्विरहरू कैद गर्दै अगाडी बढ्यौ ।
हामीहरूले त्यहाँको घुमाईको भरपुर आनन्द लिदै लिदै  प्रख्यात पर्यटक स्थल MG Road मा साँझको खाना तथा सडक यात्रा गरीयो । हामीसंग यूर‍ोप, वेलायत, अमेरिका र अष्ट्रेलिया घुमि सकेको टोली भएता पनि यहाँको छुट्टै  आनन्द लियौ ।
कारण सबैले MG Road लाई आफू घुमेको  शहरसंग तुलना गरीयो फुलको सवावट हेर्दा दुवाहिको मिराकल गार्डेन जस्तै थियो । 
सफार ढुङ्गा बिच्याएको देख्दा न्यूर्योक सिटि जस्तो पनि लाग्ने । भूबनौट  जर्मनीको स्विविसहल जस्तो लाग्ने फराकिलो सडक उच्च स्थानमा रहेक‍ो शहरमा मीठो चिया सगै केही बेरको घुमाई पछि ।
लाग्दैन धुलो गोडैमा,
खिरिलो कम्मर चौबंदी चोली निधारमा टिकी टिलिक्कै,
गाजलु आँखा झिमिक्क पार्दै भुइँतिर हेर्यौ पिलिक्कै !
एम. जी. रोडैमा,

लाग्दैन धुलो गोडैमा …
साच्चिकै धुलो नलाग्ने MG रोडको सुन्दर सडक र आकर्षक बगैचा !
यसरी भरपुर आनन्द लिएर सिक्किमकै अर्को आकर्षक नाम्ची (चारधाम)
(बद्रीनाथ, रामेश्वरम, द्वारका, जगन्नाथ) को प्रतिकृति (नक्कल), बाह्र जोतिर्लिंङ्ग र भगवान शिवको मूर्ति, वनझाक्री झरना, विभिन्न गुम्बाहरू, टाशी भ्यु पोइन्ट, गणेशटक, हनुमानटक लगायतका विभिन्न पर्यटकीय स्थानहरू, त्यहाँका मृदुभाषी मानिसहरूको आतिथ्य अविस्मरणीय रह्यौ | हाल छ्याँगु ताल र नाथुला पास जान पाइएन |
मीठो स्वादको सब्जी रोटी खाएर बास बस्न होटलतिर पैदल लागियो लगभग ४० मीनेटको पैदल य‍ात्रा पछि हामी होटल  पुगियो ।भोलि सबेरै सिक्किमको नान्ची भन्ने ठाउँमा रहेको चारधाम दर्शन गरि दार्जिलिङको  पेलिङ्गमा बासवस्न जाने सल्लाह अनुसार करिब करिब १०:०० बजे हामी सुतियो ।
चौथो दिन :
काठमाडौंबाट हिडेको चौथो दिनमा फिरन्तेहरू नान्सीमा रहेको चार धाम दर्शन गर्नका लागी ग्यान्तोकबाट सबेरै उठेर त्यस तर्फ लाग्यौ ।  फिरन्तेको समस्या संसार भरी एउटै गोजा पैसा भयो त खान चाहिँ स्वाद र रुचि अनुसारको मिल्यौ  फाल्न गारो । छोरामुन्छे लाई त जसो तसो महिलालाई धेरै कठिन तर के गर्नु कतै प्रकृतीसंग लुकामारी कतै गौडा र ख‍ोल्सा खोल्सीबाट गर्जो टार्नु पर्ने यस्तै बाधा अड्चन फुकाउ धारामा टेक्दै  चारधाम जनाको लागि बाटोमा पर्ने सुकिया पोखरी र सानो म्यूजियम हेरेर लागीयो चारधाम तिर ।


बर्मा गए कर्मसंगै भनेझै चारधामको आनन्दित वातावरण ले पनि जति तान्यौ फाल्ने समस्याले  उतिनै हतारो लगायो ।
चारधाम सबै भगवानको दर्शन पुजापाठ गरेर त्यहि पुण्य भूमीमा शाव्दबिक भोजन गरि दार्जलिङ तर्फ लागीयो ।  सिक्किम घुम्न जति लालाईत थियौं त्यति नै अब दार्जिलिङको पालो आएको थियो ।   सिनेमाको सुटिङ्ग, राजपरिवारको अध्ययन अनि बच्चावेलामा बोर्डिङ स्कूलमा दार्जलिङका मास्टर्स भनेपछि वहुतै चार्मिङ थियो । यति महत्व राखेको दार्जलिङ कस्तो होला भन्ने कौतुहलता जाग्यो र चौथो दिनको सयर दार्जलिङ  पेलिङ र चियाबगानहरू घुम्दै  भाषिक बिबिधता ले गर्दा बोल्दा लवजमा पूरा र डल्लै थेगो मिसिएका भाषा अनि एउटै देशमा राज्य अनुसार फरक फरक नितीनियमको बारेमा जानकारी लिदै लिदै भए गरेका बिकास निर्माणलाई नियाल्दै नियाल्दै कतै सललल त कतै वुमवुम गर्दै भौगोलिक अवस्थितीको कारण बाटोमा राम राम पनि धेरै पटक वोलियो होला । यो दिन पनि हामी गन्तब्यमा  पुगियो  । बाँस वस्ने होटमा झोला विसाएर अब घुम्ने  पालो आयो चौरस्ताको ।
चौरस्ताको घुमाई घ‍ोडा दौडाई सडकमा खानाको परिकार चिया मानिसको भिड मलाई कता कता सत्बिज छर्ने वेलामा पशुपतिनाथ कैलाशमा भएक‍ो जात्रा र दहि चिउराको याद आयो । सिक्किम तिर वाढी आएको कारण सबै फिरन्ते जति दार्जलिङनै आएका रहेछन् ।
यहाँ पनि हामी चौरस्ता नजिकैको होटलमा  झोला बिसाएर आफ्ना लालाईत आँखालाई निमेसभर नझिम्काई समयको पावन्दिलाई बिचार गरेर  हामी चौरस्ताको घुमाई र शनिबासरिय साँझको रमझममा रमायौ । धपक्क बलेको सडक त्यसमा बिभिन्न परिकारहरू स्वाद अनि  प्रख्यात दार्जलिङ्गे  स्कुसको मःमः सस्तो र स्वास्थ्य बर्दक भ‍ोजनले पेट तातो पारेर फेरि भोलिका घुमाई र यात्रालाई स्मरण गर्दै गर्दै बासबसेको होटमा १० बजे फर्केर निन्द्रा देवीकोकाखमा अलप भयौ ।
पाचौ दिन :
हामीहरूको यात्रा अझै जारी थियो । दार्जलिङको घुमाईमा छुटाउन नहुने ठाउँहरू बाँकिनै थिए , यात्रा सरल र सहज पनि बनाउनु थिय‍ो । काठमाडौं छोडेको पाँच दिन भई सकेको थियो यात्राका केही दिन अझै बाँकि थिए । तर समयको सहि सदुपयोग पनि गर्नुनै थिय‍ो ।


दार्जिलिङका रमणीय स्थानहरू ऐतिहाँसिक महत्व बोकेका गोरखा मेमोरियल पार्कमा रेलसंग जम्का भेट गर्नु थियो । 
ईष्ट ईण्डिया कम्पनीको पालामा भित्ता खोपेर बनेका शहरहरू ,  श्री ५ बिरेन्द्र वीर बिक्रम शाहादेवले अध्ययन गरेको St. Josep School   पनि हेर्नू थियो र कंचनजंघा हिमाललाई नजिकैबाट अनुभुत गर्नु थिय‍ो । हिमाल चढ्नको लागि बनाएको रक क्लाईमीङ तेन्जिङ रक  (प्राकृतिक रूपमानै तयार भएको अजंघको ढुङ्गा )  प्राकृतिक मन‍‍ोरम मिरिकमा रहेको ताल र फुल बगैचालाई नियाल्नु थियो । फेरि मनको कौतुहलता पनि मेटाउनु थियो । यस्तै कल्पनामा हाम्रा पाईलाहरू मिरिकतिर लाग्यो ।  मिरिकलाई फनक्क फन्को  मारिय‍ो  ।
यहाँ रमाईलो भयो
मिरिकमा राम्रो बैगैचा थियो त्यो बगैचाको मूल गेटमा धेरै प्रकारका फुलका  बिरूवाहरू बेच्न राखेको थियो  म ती बिरुवा हेर्न र मूल्य सोध्न तिर लागेकी थिए अरू ७ जना खुरू खुरू अगाडि जानू भए छ । फर्केर हेर्दा देखिन सायद यहि बगैचामा पस्नु भयो ह‍ोला भनेर  खुरू खुरू भित्र गए सुरक्षामा खटिएकाले टिकट माग्दै थिए मैले मेरा साथीहरूले लिईसके म ८ जनाको समूह हो भनेर बगैँचा भित्र पसें हामीसंग एउटा मात्र फोन थियो  जुन मसंग थियो उहाँहरू म हराए भनेर खोज्न थाल्नु भएछ म पनि उहाहरू त्यहि बगैचामा कतै हुनुहुन्छ भनेर खोज्दै घुम्दै गरि केही समय पछि श्रीमानज्यूलाई बाहिर देखें र हतार हतार बाहिर आए भरे थाहा भयो त्यो बगैँचा भित्र शूल्क लाग्ने भएर बाहिरबाटनै हेर्ने भनेर टिकट नलिनु भएको रहेछ मसंग भारती रूपयाँ थिएन मत त्यो बगैँचा निःशूल्कनै घुमेर प‍ो आएछु ।
यसरी हामीले मिरिकमा रहेको रमणीय ताललाई फन्का मारेर  जगजित होटलमा दिउसको खाना खाई  उकालो लागीयो ।
यात्रामा खासै केही नकिनेका हामीहरूले दार्जिलिङमा अलिकति चिया र मिरिकमा वुढावुढीले बिर्के टोपी किनियो ।
मिरिकबाट पशुपति नगर निस्कने बाटोको चिया बगानमा एकछिन मोटर रोकेर दुईचार फोटा र भिडियो मोबाईलमा कैद गरेर टोलि अगाडि बढ्य‍ो ।
भारतको पश्चिमबंगाल र सिक्किम घुमेर नेपालको कन्याममा रहेको चिया बगानपनि त घुम्नुनै थियो । यो बगान हाम्रो लागि चौथो पटक थियो भने दिदी भिनाजुको लागि पहिलो पटक थियो । 
कन्याममा कुतकुती
कन्यामको चियाबगान घुम्दा हामीहरूको मनमा आएको आनन्दले कुतकुतीनै लागे झै भयो । कन्याममा घुमेर चार आलि निस्केर बुधबारेमा रहेको अर्जुनधारामा महादेव दर्शन गरेर त्यो दिनको खाना थकाली होटलमा खाई पुन दिदिहरूको घर धुलाबारीमा बास वस्न पुगियो ।
छैटौ दिन
टोलिमा म मात्र कामकाजी कारण दाजुभाउजु  र श्रीमान सेवा निवृत्त दिदी भिनाजु  बिदामा आउनु भएको मेरो अफिसबाट ताकेता आउन थाल्यो अबको हाम्रो गन्तव्य जनकपुर जानकी मन्दिर थियो । मलाईसगै गएको साथीहरूसगै आउन मन थियो तर मलाई कार्यालयमा २० गते सोमबार देखि Gender Equality & Social Inclusion  को तालीम चलाउनु थियो । उक्त तालीमको संयोजक म आफै थिए । फेरि साथ गएका टोलीसंग जानकी मन्दिर धनुषा धाम पनि घुम्नु थियो । तै पनि  तालीमको व्यवस्था हुन्छ की ?  सहकर्मी साथीलाई फोन गरी रहेको थिए उनको फोन उठी रहेको थिएन । मलाई यति वेला सामाजिक जिवन र पेशागत जिवनलाई कसरी समानान्तरमा लाने भनेर चिन्ताले सतायो । श्रीमान्ज्यूले भद्रपुरवाट हवाई जहाजमा जाऊ भन्न थाली सक्नु भएको थियो । मलाई भने संगै गएको टोली छोड्न पटकै मन थिएन । यस्तै दोधारमा परेको मनलाई शान्त पार्न फोन नउठेको साथीलाई म्यासेज गरें । उनले मलाई सहयोग गर्ने जानकारी पाए पछि म दंग परे र यो जानकारी टोलीलाई गराई हाले ।
यसरी मैले कार्यालयवाट सहमती पाए पछि हामीहरु सवेरै धुलाबारीबाट राजविराजमा विराजमान सखडा देवी छिन्मस्ता भगवतीको दर्शन गरेर जनकपुर तिर लाग्यौ । जनकपुर जानपाउने भए पछि मैले गएको असारमा तालीम दिएका सहभागीहरुलाई फोन गरे उनीहरुको स्वागत, सत्कार र सद्भाव अनि उहाँहरुको परिवारबाट पाएको आत्मियता वयान गर्न नसकिने नै थियो । हामी लगभग ३ः०० बजेको हाराहारीमा जनकपुर पुगेर उहाँहरुको आथित्यमा झोला र थकित शरिरलाई आराम दिएर जानकी मन्दिरतिर पुजाआजा र  आरती सकेर पुनः  उहाँहरुको घरमा खाना खाई बास वस्यौं ।  
सातौ दिनः  
जनकपुरबाट राती ३:३० बजे यात्रा शुरुगरेका हामीलाई सिन्धुलीको रातामाटे डाँडामा सूर्य नारायण भगवानले दर्शन दिनु भयो । दुम्जामा रहेको कुशेश्वर महादेव तथा गोरखनाथ भगवानको दर्शन गरेर पूर्व शर्तबमोजीम सानोठिमी कार्यालयमा विहान ११:०० बजे आई खाना पछिको तालीम संचालन गरीयो यसरी हाम्रो सिक्कीम दार्जलिङको घुमाई समापन भएको थियो ।
(हाम्रो यो यात्रा  सिन्धुली मार्गहुंदै खुर्कोट हलेसी महादेव , घुर्मी , कटारी, गाईघाट  कोशी स्नान वराहक्षेत्र भगवान दर्शन  धरान भेडेटार दन्तकाली, पिण्डेश्वर, वुढासुव्वा सुव्विनी, ग्यान्तोक  MG Road, गणेश भगवान, नाम्सीमा रहेको चारधाम, दार्जलिङको चौरस्ता,  मिरिक,  पशुपति नगर, कन्याम, अर्जुनधारा सहित फर्कने समयमा सखडा भगवती जानकी मन्दिर हुंदै कुशेश्वर महादेवको समेत दर्शन गर्ने मौका पाइयो।

यात्राका सहयात्रीहरू तीन दम्पती
सुशिल दाजु, रोहिणी भाउजू
सनद भिनाजु, सरिता दिदी
हामी दुई कृष्ण बिमला
धुलाबारी देखि धुलाबारी सम्म
लोकराज, रञ्जु
रञ्जु दिदी काठमाडौं  सम्म ।
यात्राका चालक भाइ विजय थापा क्षेत्रीलाई  हाम्रो  यात्रा सुरक्षित गराउनु भएकोमा धेरैधेरै धन्यवाद ! )