काठमाण्डौं
मिति २०८०।०८।२७
तारकेश्वर नगरपालिकाको वडा नं ०९/११ बाईपासबाट फुटुङ्ग साङ्गला जानेबाटोमा पर्ने खहरे देखि खड्का टोलसम्मको बाटो बिगत डेढ बर्ष देखि अलपत्र छ खै कहिले बन्छ ? सम्बन्धित निकायको ध्यान कहिले पुग्छ यसमा । यो बाटो प्रयोग गर्ने म र म जस्तै धेरैको मनमा चासोको बिषय यहि हो ।
७९ सालको जेष्ठ तिर भद्रगोल पाराले खनेर ढल हालेको योबाटो डेढ बर्ष बितिसक्दा पनि पिच गरिएन किन होला ?
पैदल यात्रीको वेदना त छदै छ, स्कुटी र कारमा हिड्नेको ब्यथा के होला फेरि दायाँबायाँ पसल राख्नेले कति पटक बडार्छन होला यो त उनैले जानुन ।
धुलो उडेर हैरानी भएका सडक छेउका पसलेहरूले दैनिक बाटोमा हालेको पानीले हिउँदमा पनि बर्षामाझै हिलोमा हिड्नु पर्ने अबस्था कहिलेसम्म होला ?
यसरी गल्ठरो बाटो र हिलोमा चिप्लेर धेरै स्कुटी लडेर घाईते भएको आफ्नै आँखाले देखेको हो अनि केहिलाई उठाई दिएको पनि छु अरू त के भनौ ।
हुनत हामी यस्तो देशका जनता हौ ! जहाँ सरकारलाई कर तिर्ने अनि सुविधा चाहि केही नपाउने । थप सुविधाको त के आसा गर्नु र खै न्यूनतम सुविधा समेत नपाउने अवस्था छ ।
यो त हाम्रो आँखा अगाडि दैनिक देखिएको र यसबाट भोगेको प्रतिनिधि कथामात्र हो यस्ता कथा ब्यथा तपाईं हाम्रो वरिपरि बग्रेल्ती छन् । तर चिल्ला कार, हेलि र सुविधा सम्पन्न सवारीसाधनमा हिड्नेले कसरी बुझुन यस्ता ब्यथाहरू ।
बालाजु बाईपासबाट १ कि.मी.को दुरिमा पर्ने करिब करिब ५०० मीटर बाटो पिच गर्न कति बर्ष लाग्छ ? सम्बन्धित निकाय किन चुप बसेको होला ?