दुलही झै सिंगारियो मनमैजु

प्रत्येक वर्षको चैत्र शुल्क पूर्णिमाको दिनदेखि ४ दिनसम्म मनमैजुमा बिस्का जात्रा मनाइन्छ । यस वर्ष पनि बैशाखको दोस्रो हप्ता ईन्दायणी अजिमा मनमयजु जात्रा धुमधामका साथ मनाइयो ।


जात्राको पहिलो दिन करिव १०० फिट अग्लो लिङ्गो मनमैजु मन्दिर परिसरमा ठडाई जात्राको सुरुवात गरियो ।

देउता घरबाट देउतालाई खटमा राखी मन्दिर बाजागाजा र झाँकी सहित मनमैज’ मन्दिर परिक्रमा गर्ने प्रचलन छ । यस अवसरमा दुधे बच्चाहरुलाई गुठियारहरुव्दारा मोरजा खुवाउने र जात्रालुहरुलाई साखदी अर्थात सखरपानी ख’वाउने प्रचलन रही आएको छ ।

मनमैजु जात्राको अवधिमा युवा समूहले साँस्कृतिक कार्यक्रम पनि गर्यो भने जात्राको अन्तिम दिन सिन्दुरे जात्रा मनाई जात्रा सम्पन्न गरियो ।

यतिखेर मनमैजु बस्ती पुरै दुलही घर झै झिलिमिली बनेको छ । दिउँसोको समय जात्रामा गुठीयार र उनीहरुका नातागोताको बाहुल्यता रहेको देखिन्छ भने बेलुकी समय मनमैजु आसपासका बासीहरु र ठमेल आसपासका मानिसहरु जात्रामा आन्तरिक पर्यटक बनी रहेका छन् ।