सजिएका  नगर महानगर

असार ०८ काठमाण्डौं
असारे बिकासलाई नजिकबाट नियालि रहेको छु  हेरि रहेको  छु तारकेश्वर नगरपालिकाकाे मेयर साहेवको घर अगाडि र नजिक निकै राम्रा गेटहरू र फाल्चाहरू बनेका छन् ।


बाईपास देखि नेपालटार हुँदै फुटुङ्ग जाने मूलबाटो नेपालटार पुलदेखि डाडागाउँ खड्का टोल सम्म अलपत्र भएको भर्खर दुई बर्ष भयो । सायद यसले अर्क‍ो चुनाव पर्खेको होला ।  तर यहि पुलमा जम्मा ५५ लाख खर्चमा  गेट सजिदै छ । त्यो  जिर्ण पुललाई त्यो सजिसजाउ गेटले कति गिजाउछ ह‍ोला  कुन्नी ।


बाटो र पुलको अलपत्रमा सजिएको गेट र दैनिक आवतजावत गर्ने  के सोच्दै होलान अनि  डाडागाउँ बासिहरू पनि यति वेला ।  मुलबाटोबाट आवत जावत  गर्दा पोशाक र पाउपोश रोपाई जात्रा सकेर फर्केका किसानको जस्तै हुन्छ  । मुलबाटो प्रयोग गर्न नसके पछि  विकल्पको रूपमा रोजेका शाखाबाटोहरू पनि तीन महिना देखि अलपत्रै छ ।  किन होला यसरी सबै तिर भताभुङ्ग , बाटो त खनेर अलपत्र पारेर आवत जावतमा अवरोध सिर्जना गरेको ? खानेपानीका पाईपहरू चटाचुण्ड पारेर भद्रगोल पारिएको सायद यो विना ईन्जिनियरिङ्ग प्लान  अनुसारको बिकास  जस्तो  लाग्छ ।  यो बिकासले आक्रान्त भएका टोलबासिहरू खानेपानि   जुन  बाच्नका लागि अपरिहार्य र अनिवार्य नै छ तर बिडम्वना त्यसैबाट बंञ्चित हुनु परेको छ ।
खानेपानिको मेन सप्लाईभन्दा शाखा पाईप ठुला राखियो र सिमित घरहरूमा मात्र खाने पानी सप्लाई भयो । सुनेको थिए ११ नं वडा अध्यक्षले चुनावको वेला भोट किनेकारे त्यहि गुन उनले  अहिले तिरेकारे ।
न्यूनतम आधारभुत आवश्यकता  के के रहेछ  कुन्नि नगर महानगर हुनलाई अनि टोल बिकासका  अन्यौलनै छ । यस्तै अन्यौलमा नै बितिरहेको छ समय ।
संघिय कानुनले के गर्दै छ कुन्नि ? कहिले सम्म यस्ता ज्याजति सहने होला महानगर नरपालिकाको ज्याजती   नगरबासिहरूले  ।
अर्को तर्फ डाडाँका टुप्पामा बनेका खर्चिला भ्यूटावर र  सजिसाउका गेट यस्तो बिकास  निर्माणमा चलेको होडवाजि कहिले सम्म होला  खै यो कहिले रोकिन्छ  ।


नगर सजाउनु हरियाली बिकास गर्नु , पुरातात्विक महत्व रहेका सम्पदा जोगाउनु त राम्रै कुरा हो । तर यसको साथसाथै  खानेपानि ढल  स्वास्थ्य उपचार ,बाटो घाटो , पुल बिजुलि, टेलिफोन तथा ईन्टरनेट को सर्वशुलभतामा पनि ध्यान दिने कि ?
चुनावि घोषणा पत्र र जनताको बाच्ने अधिकारलाई बिचार गर्ने कि ? गाउँ  गाउँमा सिहदरवार भनेको यहि त होलानि ठुला ठुला दरवार जस्ता वडा कार्यालय र पालिका कार्यालयहरू आखिरमा यस्ता खर्चिला कार्यालयहरू र ती कार्यालयमा महंगा फर्निचरले सजाउनु भन्दा  त्यो पैसाले अस्पताल बनाईदिएको भए  केहिले सुलभ उपचार र केहिले  रोजगार पाउथें  होला हुनत मेरो वुझाई  गलत पनि हुन सक्छ  तर जनताले भोगेको सास्ती भने सहि हो ।  बिकासको मुल फुटेको यहि होला ?


आसा गरौ अब अर्को चुनावको वेलामा यीनै नेताहरू नयाँ बिकास लिएर आउने छन् हामी लामबद्ध अनुशासित  भएर ढ्याम्म स्टयाम लगाउछौ ।  निकास खोज्छौ वस हामीले नयाँ बिकास यहि हो ।