बुढानिलकण्ठ नारायण स्थान
(नारानथान)
पुष्कर प्रसाद अर्याल
असार २९
काठमाण्डौ
बुढानिलकण्ठ नारायण स्थानको उत्पत्ति र प्राचिनता बारे विभिन्न धारणा पाइन्छन, जल शयन नारायणको पसश्चिम पट्टि एउटा पाषण शीला लेख छ (stone inscription) छ । त्यहाँ जाने भक्तजन रदर्शनार्थीहरुले त्यो अभिलेखको कुनै महत्त्व नबुझि त्यही धुप बत्ती बालेर तेलले कालो र मैलो बनाएका छन्।
व्रह्मी लीपिको परिवर्तित श्वरुप लिच्छवी लिपिमा पाषणमा उत्किर्ण (engraved) गरि लिच्छबी राजा विष्णु गुप्तले ई. सातौ सताब्दीमा राखेको (chartered) सो अभिलेखले नारायण स्थानको प्राचिनता बारे प्रकाश पार्दछ ।
त्यो अभिलेखले गोदाबरी ( दक्षिण कोलीय ग्राम) देखि थुन्तुरी द्रङ्ग ( हालको ठाउँ) सम्म ठूलो पाषण( ढुङ्गा) घिसारेर लेराई मुर्ती बनाउन सहयोग गर्ने डुईया जातीले कस्ता कस्ता गहना लाउन पाउने भनी उल्लेख गरेका छन्।
कालान्तरमा भूकम्प र अन्य कारणले सो मूर्ती पुरिएर रहेकोमा पछि कुनै एक किशानले खेती गर्न त्यो ठाउंमा कोदालीले खन्दा नारायणको मूर्तीको भेटिएको र किसानको कोदालिले भगवानको पाउको वुढी ओैला ताछिएको भन्ने किम्बदन्ति छ ।
जुन हामीले अहिले देख्न सक्छौ।