लक्जरीयस् बृद्धाश्रम खोल्ने कर्ण शाक्यको सोच
१८ भाद्र, काठमाडौं ।
पाँचतारे Luxury old days house खोल्ने सोचमा पुगेका छन् सफल उद्यमी तथा सोचका प्रवर्तक कर्ण शाक्य ।
कर्ण भन्छन् –
‘बाबुको मुख हेर्ने दिन जेष्ठ नागरिक कार्यक्रममा भाग लिदैं गर्दा एउटा उद्यमशिल सोच फुर्यो। अब कलेज,अस्पताल, होटल हैन, ५ तारे Luxury बृदाश्रम खोल्ने समय आयो। यसमा लगानी धेरै पर्दैन। ५०-६० जना पार्टनर मिलेर खोल्न सकिन्छ। माग कमी हुंदैन, दिनहौं बढ्छ। धनाध्य प्रबासि मात्र हैन, छोराछोरी देखी वाक्क दिक्क भएका स्वाभिमान आमाबाबुहरू पनि यस बृद्धाश्रम पर्यटनको ग्राहक बन्न आउंछ । एक्लो न्यास्रो जीवन बाँच्नुभन्दा आफु बसेको ठुलो घर बेचेर वा भाड़ामा लगाउंदा पनि किफ़ायत हुन्छ !!!’
कर्ण शाक्यले थप कुरा फेसुक मार्फत यसरी अपील गर्रेका छन् – ‘Ifyou are interested please read some beautiful comments in the comment box by experienced people. Thanks.’
कर्ण शाक्यका अधिकाम्स साथीहरूले उनको यो नयाँ परियोजनालाई साथदिने भएका छन् । साथीहरूको नाम संकलन, भेला र लगानीको मोटामोटी अनुमान गर्न कर्णले आफ्ना एक साथी दिवाकर राजर्णिकारलाई जिम्मा लगाएका छन् ।
पाँचतारे अत्याधुनिक वृद्धआश्रम कर्णको टिमले काठमाडौंको व्यस्त शहरभन्दा केही पर प्राकृतिक छटामा खोल्ने सोच बनाएका छन् ।
स्मरण रहोस्, कर्ण शाक्य सोचका धनी हुन् । उनका चेन होटलहरू देशका मुख्य मुख्य पर्यटकीय स्थलरूमा रहेका छन् ।