बिमला देबकोटा
कार्तिक , २०८१
सामान्यतया माध्यामिक शिक्षा परीक्षा भनेको १४/१५ बर्षको उमेरमा दिईन्छ । तर कुनै कुनै यस्ता आश्चर्य चकित पार्ने कुरा पनि हुन्छन जसले हजुर हामी सबैमा कौतुहलता जगाएका हुन्छन् ।
गोरखा जिल्लाको केराबारी (सिरानचोक) मा पिता लक्ष्मी कान्त रेग्मी तथा माता कौशिला देवी को तेस्रो सन्तानको रूपमा बि. सं. २०१९ सालमा मञ्जु देबकोटाको जन्म भएको थियो ।
परिश्रमको फल मीठो हुन्छ भने झै मञ्जु देबकोटाले बिगत तीन बर्ष देखि लगातार नयाँ बजार स्थित श्री नमूना महिला बैकल्पिक बिद्यालयमा जोस जागरका साथ धाउनु भयो । उहाँले एस.ई.ई. मा ३. ४७ जिपिए ल्याई सफलताको बाजि मार्नु भयो ।
उमेर तीन दशक पुगेको घरको जिम्मेवारी छदैछ बानियाँटारको बसाई स्कुल नयाँबजार उहाँको जोस जागरलाई सबैले मुक्त कण्ठले प्रशंसा गर्नै पर्छ ।
उहाँको बि.सं २०३५ सालमा लिंगलिंग राउतेपानिका लक्ष्मीश्वर देवकोटासंग बिवाह भएको थियो । उहाँका २ छोरा (जगदिश, परमेश्व) र १ छोरी (सृजना) छन् । भने उहाँ तीन नाति नातिनाको हजुर आमा पनि भई सक्नु भएको छ ।
यसरी उमेरले नेटो काट्नै लाग्दा हजुरआमा को यति ठूलो उपलब्धि को सम्मान गर्दै कार्तिक १० गते शनिबार नयाँ बजार स्थित आधारशिला कलेजमा लिगलिग राउतेपानी महिला समुहकी सदस्य उहाँलाई सम्मान स्वरूप समूहकी अध्यक्ष श्री प्रतिभा देबकोटाले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा उहाँले आफुलाई यो उमेरमा पढ्ने जोस जागर र हौसला कसरी मिल्यो र अझै पनि जागर नमेटिएको कुरा बताउनु भयो । आफ्ना तीन सन्तानलाई बिद्यालय छोड्न जाँदा ती कलिला बालकहरूले आमा हजुर पनि हामीसगै बसेर पढ्नु न भनेका कुरा सुनाउदै भक्कानिनु भएको थियो ।
यो आशु हर्षका थिए । उहाँले यसरी जागर गर्नु र ६१ बर्षको उमेरमा यस. ई. ई. परीक्षाको नतिजा पनि उत्कृष्ठ ल्याउनु भयो उहाँ हामी सबैका लागि प्रेरणा हुनुहुन्छ ।
कार्यक्रम बिद्यालयकी प्रमुख तथा समूहकी कोषाध्य धन कुमारी न्यौपाने ( कल्पना न्यौपानेले ) संचालन गर्नु भएको थियो । उहाँको यो सफलतामा जीवन साथीले दिनुभएको साथ सहयोग अनुसरणीय छ । सार्वजनिक सवारी साधनको रूट नपर्ने तथा दैनिक जाँदा डेढ घण्टा फर्कदा डेढ घण्टा गरि तीन घण्टाको हिडाई अनि थकाई पछिको पढाइ कुनै वेला उहाँका श्रीमानलाई यसरी यो उमेरमा पढ्ने हौसला दिएर मैले कतै उनी माथी अन्याय त गरेको छैन जस्तो लाग्यो भनेर उहाँले सुनाउनु भयो ।
आफ्नो जीवन साथी नाति नातिना खेलाएर घर बस्ने बेलामा राति अबेर सम्म पढेको देखेर उहाँ आफै पनि वेला वेला हर्षले गद गद हुनुहुन्थ्यौ ।
उहाँले प्रायजसो श्रीमतीलाई बिद्यालय लाने ल्याउने आजभोलि चलेको पठाँओ जस्तै गरि पुर्याउन लिन जानू भयो र घरमा खाना सधै आफै बनाउनु भयो । यति नभएर स्कुलमा गएर श्रीमतीको पढाईको अवस्था अविभावकले जस्तै कमजोरि पत्ता लगाई घरमा ट्यूसनको व्यवस्था पनि गर्नु भयो ।
उहाँ एक उदाहरणीय अविभावक र श्रीमान् पनि हुनुहुन्छ । हरेक मानिसको सफलतामा घर परिवारको साथ सहयोग अपरिहार्य त छदै छ त्यसमा त झन महिलाको सफलताको लागि असल जीवन साथी भएमात्र सफलता हासिल गर्न सकिन्छ त्यसोत जीवन साथीको साथ मात्र भएर हुदैन ईच्छा शक्ति पनि महत्वपूर्ण कुरा हो ।
उहाँको यो उमेरमा देखिएको जोस जागरनै हामी सबैलागि उत्प्रेरणाको श्रोत हो ।