
बिमला देवकोटा
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को मुल मन्त्र “सीप हुन्छ हातमा रोजगारी साथमा” भन्ने उद्धेश्य अनुरुप नेपालमा प्राविधिक शिक्षाको क्षेत्रमा कामगर्दै आएको एक मात्र स्वायत्त संस्था प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को स्थापना वि.सं २०४५ मा भएको हो । यसले देशको लागि आवश्यक प्राविधिक र सीपयुक्त मानवशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।
यसले नीति निर्माण, गुणस्तर नियन्त्रण, क्षमता–आधारित पाठ्यक्रम तयार गर्ने, विभिन्न व्यवसायका लागि सीप मापदण्ड विकास गर्ने, जनताको सीप मूल्यांकन गर्ने, विविध अनुसन्धान अध्ययन तथा प्रशिक्षण आवश्यकताहरू मूल्याङ्कन गर्ने जस्ता कार्यहरू सञ्चालन गदर्छ ।
देशमा रहेको आवश्यकतालाई परिपूर्ति गर्ने उद्धेश्य अनुसार मध्यम तथा निम्न स्तरका प्राविधिक जनशक्ति उत्पादन गर्ने उदेश्य अनुरुप स्थापना भएको ऋत्भ्ख्त् का ६६ वटा आङ्खिक शिक्षालय छन् भने साझेदारी तर्फ ५५ वटा रहेका छन् । त्यसै गरी सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) ६३९ र निजी ४२२ गरी जम्मा ११८२ प्राविधिक शिक्षालयहरु छन् भने नियमित कार्यक्रम तर्फ कूल भर्ना क्षमता ७५७२४ रहेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का आङ्खिक शिक्षालयहरुमा सवै भन्दा जेठो कर्णाली प्राविधिक शिक्षालय, जुम्ला रहेको छ भने सवै कान्छो शहिद विष्णुधनी बहुप्राविधिक शिक्षालय बारवर्दिया, बर्दिया रहेको छ । देश संघियतामा गए लगतै परिषदका सातैवटा प्रदेशमा प्रदेश कार्यालयहरु स्थापना गरी कार्य गर्दै आएको छ । यसरी परिषद प्रदेश कार्यालयहरुले त्यस प्रदेश कार्यालय अन्र्तगत रहेका आङ्खिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) र निजि शिक्षालयहरुको अनुगमन तथा समन्वय साथै परीक्षा प्रणालीमा सहयोग गर्दछन् ।
रोजगारको प्रत्यक्ष सम्भावना
परिषद अन्तर्गत डिप्लोमा कोर्सहरू रहेका छन् जस्तै इन्जिनियरिङ, कृषि, स्वास्थ्य, आईटी, वन, होटल व्यवस्थापन आदि विषयमा अध्यापन गराइने तथा प्रि डिप्लोमा तर्फ रहेका विषयहरु जस्तै इन्जिनियरिङ, कृषि, स्वास्थ्य, आईटी, वन, होटल व्यवस्थापन बाल बिकास तथा उद्यमशीलता बिकास जस्ता विषयमा अध्ययन अध्यापन गराईन्छ भने नेपालभरी ६१ वटा सीप परिक्षण केन्द्र रहेका छन् । त्यसैगरी परम्परागत हासिल गरेका सीप तथा ज्ञानलाई प्रमाणीत गर्न ३१४ वटा राष्ट्रिय व्यावसायिक सीप प्रमाणीका निर्माण गरी सीप परिक्षण तथा प्रमाणीकरण गरीन्छ । यसरी यी विभिन्न विषयमा सीप हासिल गरे पछि रोजगारीको अवसरका ढोकाहरु खुल्ने देखिन्छ ।
आत्मनिर्भर बनाउने क्षमता
यसरी विभिन्न विषय जस्तै विद्युतीय, प्लम्बिङ, कम्प्युटर र कृषि जस्ता सीपले रोजगार मात्र नभई व्यवसायिक अवसरहरू पनि खोल्छन् । यसरी आफ्नो व्यावसाय विस्तार तथा स्वरोजगारको अवसर पनि मिल्ने देखिन्छ । भने यस्ता सीप हासिल गरेका व्यक्तिहरुले आफ्नो सीप प्रर्दशन गरी इन्डस्ट्रीसँग सम्बन्ध विस्तार गर्न सक्दछन् । यसले ई–अपरेन्टिसशिप र औद्योगिक साझेदारीले विद्यार्थीहरुलाई व्यावहारिक सीप, इन्टर्नशिप र रोजगारीको बाटो देखाउँछन् ।
सामाजिक मान्यता सुधार गर्ने सम्भावना
देशले त्ख्भ्त् को मूल्याङ्कन सुधार गर्ने प्रयास गरिरहेको छ; अन्तर्राष्ट्रिय दक्षता प्रतियोगिता, रोजगार सुनिश्चित कार्यक्रम र सामाजिक विज्ञापनहरूले यो क्षेत्रलाई सम्भावना बृद्धि गरिरहेका छन् ।
चुनौतीहरू
शैक्षिक क्यालेण्डरमा सुनिश्चितता नहुनु वर्तमान अवस्थामा यूवापुस्ताहरुको क्भ्भ् पछि वैदेशिक अध्ययनमा जाने लहर तथा SEE पछि १० जोड दुई अध्ययनमा वढेको आकर्षण पनि तीन वर्षे शैक्षिक क्यालेण्डर पनि एक चुनौती रहेको छ । साथै अध्ययन पछिको अवस्थामा अन्यौलता हुनु ।
पाठ्यक्रम र शिक्षणको सान्दर्भिकता नपुग्नु
धेरै पाठ्यक्रमले उद्योगको आवश्यकतालाई सम्बोधन गर्न सकेका छैनन् पर्याप्त मात्रामा औजार उपकरण मेसिन, फर्म, फूड प्रोसेसिङ जस्ता नयाँ क्षेत्रमा पहुँच न्यून हुनु का साथै शिक्षक र पूर्वाधार कमी पनि अर्को समस्या देखिन्छ । यसका लागी प्रशिक्षित शिक्षकहरू तथा प्रयोगशाला र उपकरणहरू पर्याप्त छैनन् भने सम्वन्धित विषयका विषयगत शिक्षकहरू भरपर्दो नभएका कारण गुणस्तर प्रभावित भएको देखिन्छ ।
भेदभाव र पहुँच समस्या
ग्रामीण क्षेत्र, दुर्गम क्षेत्र, लैगिंक समानता तथा महिला र पिछडा वर्गका लागि पहुँचको सुनिश्चितता नहुनु । साथै नोकरी र उद्यमशीलता अवसर कमजोर भएका कारण पनि यसको अध्ययनमा प्रश्न उठेको छ । तर रोजगारी तथा नोकरी र दीर्घावधि रोजगार दर स्नातक—२९%, प्रि डिप्लोमा ६१%, डिप्लोमा ६६% रहेको छ । भने उद्यमशीलतालाई पाठ्यक्रममा समावेश नगर्नाले स्वरोजगारमा समस्या देखिएको पाईन्छ ।
सम्पर्क अभाव (Industry Academia Gap)
औद्योगिक र शैक्षिक संस्थाबीच ठोस साझेदारी अभावका कारण शैक्षिक प्रमाण पत्र तथा सीप प्रमाण पत्रको मान्यताको कमी र इन्डस्ट्री अनुरूप तालिमको अभाव भएका देखिन्छ ।
यसका लागी केहि विषयगत र समाधानका उपायहरू पनि छन् जसका कारणहरु विषयगत समस्या पाठ्यक्रम समानुकुल परिमार्जन हुनु तथा नियमित रूपमा उद्योगसँग परामर्श गरेर नयाँ पुस्तक र प्रविधि समावेश गर्ने सकेमा यसको आकर्षण वढ्ने देखिन्छ । यसमा शिक्षक क्षमता अभिवृद्धि गर्नका लागी प्रशिक्षकहरुलाई मासिक/त्रैमासिक व्यावसायिक तालिम, औद्योगिक अनुभव गराउने तथा संस्थाको पूर्वाधार सुधार गर्न अपरिहार्य देखिन्छ । सरकारी/निजी साझेदारीमा प्रयोगशाला रउपकरणहरू स्थापना गर्नुका साथै इन्डस्ट्री साझेदारी गरी इन्डस्ट्रीसँग एप्रेन्टिसशिप, इंटर्नशिप जस्ता रोजगार सुनिश्चित सम्झौता गर्ने । उद्यमशीलता प्रवर्धन पाठ्यक्रममा व्यापार र साना व्यवसाय सञ्चालनका सीप समावेश गर्ने । सामाजिक जागरुकता ग्रामीण तथा महिला विद्यार्थीलाई लक्षित गरी अभियान, पुरस्कार प्रतिस्पर्धा आयोजना गर्ने जस्ता कार्यक्रमहरु
निष्कर्ष
SEE पछि प्राविधि।क शिक्षा उचित मार्ग निर्देशन, स्रोत र व्यावसायिक समावेशीकरणको साथमा अवसर बन्न सक्छ । हाल रहेका ‘चुनौतीहरू छन् जस्तै पाठ्यक्रम, शिक्षक र पूर्वाधारको कमी, सामाजिक पूर्वाग्रह र रोजगारी सम्बन्धी प्रतिबन्ध । तर, समस्या समाधानका लागि कदम चालिएमा यो युवाहरूलाई रोजगार र आत्मनिर्भर बनाउने शक्तिशाली साधन बन्न सक्छ ।