पुष्कर अर्याल
काठमाडौं ।
आज दर खाने दिन दर पुरुषहरुको लागि होइन । हिन्दु परंपरामा तीजमा, महिलाहरू बिवाहित भए आफ्नो पतिको आयु वृद्धि र उन्नती प्रगतिको लागि र अविवाहित भए ,असल पति पाउं भनेर ३० घण्टा भन्दा वढी केही नखाई ( निराहार) वस्ने व्रत हो।
यसरी लामो समय व्रत बस्दा मधूमेह,न्यून रक्तचाप र अल्सर रोगवाट पिडित महिलाहरु मूर्छित हुन सक्दछन् । स्वस्थ्य महिला पनि सिथिल हुन पुग्दछन् । त्यो अवस्थामा पति र परिवारलाई कति पीर हुन्छ,पतिले उपचार देखि सम्पूर्ण घर हेर्नू पर्यो । कसरी उसको आयू वृद्धि हुनु, वरु आयू क्षय हुन्छ। पतिको आयू वृद्धि त मीठो बोली गरि उनको उचित हेरविचार गरे मात्र हुन्छ।
ब्रत वस्ने अघिल्लो दिन मध्य रात अघिसम्म महिलाले विभन्न परिकार वनाई दर खान्छन्,यसरी खानाले लामो समय ब्रत बस्दा त्यो खानाले शक्ति दिन्छ भन्नको लागि हो दर खाने चलन चलेको ।
तर अहिले त १५/२० दिन अघि देखि दर खान सुरु गरिन्छ । यसरी लगातार गरिष्ठ भोजन सहितको दर खानाले ,पाचन प्रणाली नै बिग्रेर कति महिला बिरामी हुन पुग्छन । खाने र नाच्ने कामले गर्दा घर फर्कदा अबेर हुन्छ । बच्चा कहिले आमा आउलिन् र खान पाईएला भनेर कुरेर वसेका हुन्छन,आमा थाकेर आएकी हुनाले यति कामनी नगर्ने भनेर पतिलाई खै गर्न थाल्छिन्,र कति घरमा झगडा पनि हुन्छ भनौ घर कलह पनि शुरू हुन थाल्छ ।
हाम्रो समाज धर्म द्वारा निर्देशित समाज हो,धर्म बास्तबिकता भन्दा कल्पना र आस्थामा चलेको हुन्छ । माता पार्बतीले महादेव स्वामी पाउ भनेर निराहार बसेको ब्रत नै हरितालीका तीज हो माता पार्बतीले दरको नाममा तीन अञ्जुलि पानी पिएर बसेको व्रत हो । भोलि पल्ट ब्रत बस्न गारो नहोस् भनेर केही केही आडिलो भोजन खानु राम्रै कुरा हो तर यहाँत माम्शाहारी भोजन पनि गर्ने चलन छ यो त धर्म बिपरित नै हो तर धर्म भनेर अन्न पानीमा बाँचेको शरीरलाई लामो समय निराहार बसी दुःख दिनु हुदैन पानी,काडा,दू:ध,फलफूल ,जीवनजल खाएर ब्रत बस्नु पर्दछ। शरीर रहे सवैथोक छ, नत्र केही पनि छैन।
संसार भर छरिएर रहेका नेपाली नारिहरूलाई हरितालिका तीजको हार्दिक शुभकामना!!